आँखा तिरमिराउने, धमिलो देखिने हुन्छ ?
सबै उमेर समुहका मानिसमा आँखाको दृष्टि धमिलो देखिने वा तिरमिर देखिने समस्या हुनसक्छ । यसलाई कतिपयले सामान्य सम्झेर हेलचेक्र्याईं गर्ने गरेको पनि पाइन्छ । यस्तो समस्या उमेर बढेसँगै बढी देखा पर्दछ । तर पछिल्लो समय कम उमेर वा बच्चा बेलादेखि नै आँखा धमिलो देखिने समस्या बढ्दै गएको छ । यस्तो समस्या किन देखिन्छ र कसरी जोगिने आँखा रोग विशेषज्ञ डाक्टर निशा श्रेष्ठका सुझाव:
यही कारणले मात्र आँखा धमिलो वा तिरमिराउने हुन्छ भन्ने छैन । यसका धेरै कारण छन् । यस्तो समस्या उमेर अनुसार फरक पर्न पनि सक्छ । तर चिकित्सकीय भाषामा अल्छे वा कमजोरी आँखा हुनु नै आँखा धमिलो हुने प्रमुख कारण हो ।
आँखा धमिलो हुँदा सामान्यतया यस्ता लक्षण देखिन्छन्:
- सुरुसुरुमा आँखा चिलाउने ।
- आँखा दुख्ने ।
- आँखा रातो हुने ।
- आँखा धमिलो हुने ।
- टाउको दुख्ने ।
- आँसु बगिरहने ।
आँखा धमिलो हुने कारण:
- कमजोर आँखा ।
- आँखामा संक्रमण हुनु ।
- मोतिबिन्दु हुनु ।
- जलबिन्दु हुनु ।
- आँखाको पर्दामा चोटपटक लाग्नु वा अन्य समस्या आउनु ।
- आँखाको नशामा समस्या आउनु ।
- वंशाणुगत गुण ।
आँखा धमिलो हुनबाट बचाउने उपाय :
- आँखालाई स्वस्थ राख्न सँधै सचेत हुने ।
- सम्भव भएसम्म धुँवा धुँलोबाट बचाउने ।
- उच्च रक्तचाप तथा चिनी रोगका बिरामीले समय समयमा आँखा परीक्षण गराउने ।
- मोतिबिन्दु लगायतका रोग लागेका लक्षण देखिए तुरुन्त उपचार गराउने ।
- स्वस्थ आँखा भए पनि कम्तिमा वर्षको एकपटक आँखाको परीक्षण गराउने ।
- सन्तुलित र स्वस्थ खानामा ध्यान दिने ।
आँखा संवेदनशील अंग भएकाले कुनै पनि समस्या आए हेलचेक्र्याईं गर्नुहुन्न । तुरुन्त परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ । थोरै मात्र ध्यान नदिँदा पनि सदाको लागि दृष्टि गुम्न सक्ने खतरा हुन्छ । समयमै सचेत हुनु बुद्धिमानी हुन्छ । (डा.निशा श्रेष्ठसँगको कुराकानीमा आधारित)