विश्व थाइराइड दिवस

थाइराइडका बारेमा यति बुझ्नै पर्छ

 (भिडियो सहित)



Download our app to get more features

थाइराइडका बारेमा हाम्रो समाजमा धेरै भ्रम रहँदै आएको छ । थाइराइड एक प्रकारको ठुलो रोग हो । यो लागेपछि कम मात्र खानु पर्छ । यो लागेपछि निको हुदैन्, भन्ने धेरै भ्रामक बुझाई छ । के हो थाइराइड ? यसका कस्ता लक्षण हुन्छन् ? र यसबाट कसरी जोगिने ? मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा.प्रियादर्शनी योञ्जनसँग गरिएको कुराकानीको सम्पादित अंश:

के हो थाइराइड ?

थाइराइड कुनै रोग हैन । यो एउटा ग्रन्थी हो । यो घाँटीको अगाडीको भाग वा रुद्रघण्टीको तल रहेको हुन्छ । थाइराइड ग्रन्थीले थाइरोक्सिन् टी २० र र्टाइआयोडो थाइरोनीन टी ४० हर्मोन उत्पादन गर्छ ।  यो हाम्रो शरीरमा धेरै आवश्यक छ । यसले हाम्रो शरीरलाई स्वस्थ राख्न वा मेटाबोलिजमलाई सन्तुलनमा राख्ने काम गर्दछ ।

थाइराइडमा किन समस्या आउँछ ?

विविध कारण थाइरोईड हर्मोन बढी हुँदा पनि समस्या आउँछ भने कम हुँदा पनि । हर्मोन बढी भएर आउने समस्यालाई हाइपर थाइरोडिज्म् भनिन्छ भने कम भएर हुने समस्यालाई हाइपो थाइरोडिज्म् भनिन्छ । 
 

थाइराइड रोग हुने मुख्य कारणहरु यस्ता छन् :

थाइरोइड हर्मोनको असन्तुलन यही कारणले हुन्छ भन्ने छैन् । यो शरीरको अटो इम्युनको कारणले हुने गर्दछ । यसको साथै वंशाणुगत गुण,क्यान्सर ,मुटु,मृगौला लगायतका रोगको लामो समय औषधि सेवन गर्दा, रुघा खोकी लामो समय लाग्दा पनि यो थाइराइड हुनसक्छ । 

थाइराइडका लक्षणहरु निम्नानुसार देखिन्छ :

  • अस्वभाविक तौल बढ्नु । 
  • गलगाड आउनु ।
  • घाँटी दुख्नु ।
  • कसैलाई भोक धेरै लाग्छ भने कसैलाई खाना अरुची हुन्छ ।
  • आलस्य हुनु ,थकाई लाग्नु ।
  • महिलाहरुमा गर्भ नबस्नु ।
  • गर्भ खेर जानु ।
  • महिनावारी गडबड हुनु ।
  • पुरुषहरुमा वीर्य कम हुनुको साथै यौनइच्छामा कमी आउनु ।
  • स्मरण शक्तिमा कमी आउनु ।
  • मन स्थिर नहुनु ।
  • बच्चाहरुमा थाइराइड भए विकास र वृद्धिमा असर पुग्नु ।  
  • अनिन्द्रा आदि ।

थाइराइड सबै उमेर समुहका मानिसमा देखिन सक्छ । तुलानात्मक रुपमा पुरुषको तुलनामा महिलामा बढी हुन्छ । महिनावारी वा गर्भवतीको समयमा हर्मोनमा उतारचडाव आउने हुँदा थाइराइड हुने संभावना बढी रहन्छ । 

थाइराईडबाट बच्न यस्ता कुरामा ध्यान दिनुपर्छ ।

यो अटो इम्युन को कारणले हुने भएकाले सबैभन्दा पहिला के गर्दा थाइराइडमा समस्या आउँछ सो बुझनु पर्दछ । यी कुरा गर्यो भने थाइराइडबाट बच्न सहयोग पुग्छ ।  

  • चिनि लगायत गुलियो कुरा कम खाने ।
  • आयोडिनयुक्त नुन खाने ।
  • स्वस्थ खानपानमा ध्यान दिने ।
  • धुम्रपान, मद्यपान नगर्ने ।
  • स्वस्थ व्यक्तिले पनि कम्तिमा वर्षको एकपटक थाइराइड परीक्षण गराउने ।
  • कुनै पनि लक्षणको शंका लागेमा तुरुन्त परीक्षण गराउने । 
  • गर्भवती तथा दीर्घ रोगीहरुले चिकित्सकको सल्लाह बमोजिम थाइराइडको समय समयमा परीक्षण गराउने ।

भिडियो हेर्नुहोस्:

Last modified on 2018-05-26 09:37:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts