अनुहारको चायाँ पोतो यसरी हटाउनुहोस्



Download our app to get more features

स्वस्थ र सुन्दर अनुहार होस् भन्ने चाहना सबैमा हुन्छ । तर, चायाँ, पोतो, डण्डीफोर सुन्दर र स्वस्थ मुहारको बाधक बन्ने गर्छ । अनुहारमा चायाँ, पोतो किन आउँछ र यसको निराकरण कसरी गर्ने भनेर छालारोग विशेषज्ञ डा. प्रविन ढकालले यस्ता सुझाब दिएका छन् । प्रस्तुत छ अनुहारको चायाँ पोतो हटाउन डा. ढकालले दिएका सुझाब :— 
तुलनात्मक रुपमा हिउँदमा भन्दा वर्षायाममा छालामा बढी समस्या देखिने गर्छ । त्यसमध्ये एक हो, अनुहारमा आउने चायाँ पोतो वा कालो खैरो दाग । यस्ता दागले अनुहारको सौन्दर्यमा कमी त ल्याउछ नै मानसिक तनाव समेत दिने गर्छ । यसर्थ सफा, मुलायम र चम्किलो अनुहारलाई स्वस्थ शरीरको प्रतिक मानिन्छ ।

यसकारण आउछ चाया पोतो 

तुलानात्मक रुपमा चायाँ पोतो १५–१६ वर्षदेखि ३८–४० वर्षका महिलामा बढी देखिन्छ । यसको अर्थ अन्य उमेर समूहका महिला र पुरुषमा नदेखिने भने होइन् । यस उमेर समूहका महिलामा हर्मोनको उतार चढाव बढी हुन्छ । त्यसको प्रभावले अनुहारमा चायाँ पोतो आउन सक्छ । 
साथै पेटको समस्या, कलेजो वा अन्य अंगको समस्या, अनिन्द्रा, घाममा बढी समय बस्नु, पानी कम पिउने, चर्को बत्तीको उज्यालोमा बस्ने, सौन्दर्यको लागि गुणस्तरहिन सामग्रीको प्रयोग, सन्तुलित खानाको कमी वा जंक फुडको बढी प्रयोग गर्नाले पनि अनुहारमा चायाँ पोतो आउँछ ।

बच्ने उपाय 

  • अनुहारलाई सूर्यको प्रत्यक्ष किरणबाट बचाउने ।
  • घाममा निस्कदा गुणस्तरीय सन्स क्रिम प्रयोग गर्ने ।
  • ग्याष्ट्रिक लयायतका पेट सम्बन्धी रोग भए उपचार गर्ने ।
  • सफा र शुद्ध पानी प्रशस्त मात्रामा पिउने ।
  • जंक फुडको प्रयोग नगर्ने ।
  • अनुहारमा डण्डीफोर लगायतका घाउ खटिरा आए जथाभावी नकोट्याउने । 
  • घर बाहिरबाट आएपछि सफा पानीले मुख धुने ।
  • क्षणिक सौन्दर्यको लागि जथाभावी सौन्दर्य प्रदायक सामानको प्रयोग नगर्ने । 
  • लामो समयसम्म पनि चायाँ पोतो नहटे छाला रोग विशेषज्ञसँग परामर्श लिने ।
Last modified on 2018-05-23 20:19:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts