नाकको एलर्जी : बेवास्ता नगरौं, दम होला 

(भिडियोसहित) 



Download our app to get more features

वातावरणीय प्रदुषणका कारण मानव स्वास्थमा विभिन्न प्रकारका समस्याहरू देखिने क्रम बढ्दो छ । विशेषगरी प्रदुषणका कारण श्वासप्रश्वासजन्य समस्याबाट शहरी क्षेत्रमा बस्ने मानिसहरू बढी पीडित भइरहेका छन् । यसर्थ, ग्रामीण भेगमा बस्नेलाई पनि समस्या नभएको भने होइन । वातावरणीय प्रदुषणका कारण शरीरका जुनसुकै अंगमा एलर्जी हुने क्रम बढ्दो छ । त्यसमा पनि नाकको एलर्जी बढी देखिहरेको छ । नाकको एलर्जी किन हुन्छ ? यसबाट जोगिन के गर्ने ? वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. काशीराज ज्ञवालीको सुझाब यस्तो छ :–

वातावरणलाई शरीरले सहजै स्वीकार गर्न नसक्नु वा शरीरको प्रतिरक्षा प्रणाली संवेदनशील भएर वातावरणसँग घुलमिल हुन नसक्दा हुने समस्या एलर्जी हो । शरीरलाई आवश्यक अक्सिजन नाकमार्फत लिने हुँदा प्रदुषणयुक्त वातावरणसँग नाकको पहिलो सम्पर्क हुन्छ भने समस्या पनि सबैभन्दा पहिला नाकमा हुन्छ । प्रदुषणका कारण सबै भन्दा बढी नाकमा एलर्जी हुनसक्छ । नाकको एलर्जीलाई बेवास्ता गरे यसले दम रोग समेत निन्त्याउन सक्छ । यसकारण एलर्जीको लक्षण देखिना साथ चिकित्सकसँग परामर्श लिनुपर्छ ।  

के हो नाकको एलर्जी ?
हावामा भएका प्रदुशित कणहरू हाम्रो शरीरले रुचाउँदैन । शरीरभित्र पसेका यस्ता कणलाई नाकले बाहिर फ्याल्न खोज्छ जसले गर्दा हाँछ्यू आउने, नाक थुनिने, श्वसाप्रश्वास बढ्ने, पातालो सिंगान बग्ने, घाँटी खसखस गर्ने हुन्छ । यस्तो हुनु नै नाकको एलर्जी हो । 

लक्षण

  • नाक बन्द हुने ।
  • स्वाँ स्वाँ बढी हुने ।
  • पतलो सिंगान बग्ने । 
  • हाँछ्यू आउने । 
  • लामो समयसम्म एलर्जी भइरहे पिनास हुने, टाउको दुख्ने, नाकभित्र मासु पलाउने ।
  •  बच्चाहरूमा दुखाई हुने, सुत्न गाह्रो हुने ।

प्रमुख कारण

  • प्रदुशित वातावरण ।
  • वंशाणुगत गुण । 
  • नाकमा कुनै समस्या ।

बच्ने उपाय
यो समस्या जोसुकै व्यक्तिलाई जुनसुकै बेला पनि हुनसक्छ । एलर्जीलाई सदाको लागि हटाउन भने सकिदैन्, नियन्त्रणमा राख्ने मात्रै हो ।

  • शरीरलाई अनुकुल नहुने वातावरणमा नबस्ने ।
  • स्वच्छ वातावरणमा बस्ने ।
  • बाहिर निस्कदा वा धुँवाधुलो भएको ठाउँमा जाँदा माक्सको प्रयोग गर्ने ।
  • यस्तो समस्या आए निको भैहाल्छ भनेर बस्नु हुन्न । 

भिडियो हेर्नुहोस्:
 

Last modified on 2018-05-23 14:22:02

1 Comments

  1. Mero pINAS ko samsya nikai vako xaina dr sahab.ma chitwan diatric ko Bhartpur ma medical la technology padhdai ra nak ko samsya bata grasit xu!sarkari Hspital ma dekhaye,cancer Hspital madekhaye,kehixaina vanxa!ani nazoline nasal spray rakhda chahi purai nak clear hunxa? Tpai afno adress dinu ma samarpark garxu?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts