हात खुट्टा झमझमाउँछन्? यस्ता छन् कारण
हातखुट्टा नझमझमाउने मानिस सायदै होलान् । मानिसको उमेर, उसको स्वास्थ्य अवस्था र रोगप्रतिरोधात्मक क्षमताको कमीलगायत विविध कारणले हातखुट्टा झमझमाउने गर्छ । कहिलेकाही हातखुट्टा झमझमाउनु कुनै रोगको संकेत पनि हुनसक्छ । तर, सामान्यतया यी कारणले हातखुट्टा झमझमाउने गर्छ :
शरीरमा पोषणको कमी हुँदा नसामा रहने सेललाई चाहिने अवश्यक तत्व प्राप्ति हुँदैन। जसले गर्दा नसाले सहज रुपले काम गर्दैन र झमझमाउँछ ।
स्नायु नशामा आघात : चोटपटक वा प्रोल्याप्स्ड डिस्क (मेरुदण्डको हाडमा क्षति हुनाले हुने समस्या) जस्ता समस्यामा स्नायु नसामा आघात पुग्न गई निदाउने र झम्झमाउने गर्छ ।
लामो समयसम्म एउटै स्थितिमा बसिराख्दा : साँघुरा कपडा लगाउदा, एकै ठाउँमा धेरै समय बस्दा पनि शरीरका विभिन्न अंग झमझमाउने हुन्छ ।
चोटपटक : चोटपटकबाट शरीरका नशामा क्षति पुग्न गए । मधुमेह : रगतको चिनीको मात्रा नियन्त्रण नभए पनि हात र खुट्टा वा हात र खुट्टाका औंला झम्झमाउने हुन्छ ।
औषधिहरूको दुष्प्रभाव : औषधिको दुष्प्रभावका कारण स्नायुतन्त्रमा हानि हुन गई शरीरका विभिन्न भाग निदाउने तथा झम्झमाउने हुन्छ ।
भिटामिनको कमी : पनियिस एनिमिया (एक प्रकारको रक्तअल्पता) का रोगी तथा बिशुद्ध शाकाहारी मानिसमा भिटामिन बी १२ को कमीले रक्ताल्पतासँगै शरीर निदाउने र झम्झमाउने हुन्छ । हृदयघात, ब्रेन ट्युमर, मल्टिपल स्क्लेरोसिस आदिका कारण पनि हात खुट्टासहित शरीरका विभिन्न अंग झमझमाउँछन् । यद्यपि निदाउने तथा झम्झमाउने रोगका लागि यो समस्या विरलै हुने गर्छ ।
कस्तो बेला चिकित्सकको सहयोग लिने
हातगोडा झमझमाउनुका साथै आकस्मिक रुपमा हातगोडा कमजोर भएमा, आवाज बसे, बेहोश भए, वा लडेमा, दिसापिसाबलाई नियन्त्रण गर्न नसकिए, दृष्टि धमिलिए वा अँध्यारो देखिए तत्कालै अस्पताल जानुपर्छ । साथै हातगोडा निदाउने र झम्झमाउने दोहोरिइ रहे पनि चिकित्सकको सल्लाह लिनुपर्छ ।
बच्ने उपायहरू
- कपडा कसेर नलगाउने ।
- गह्रौं समान नउचाल्ने ।
- असजिलो आसनमा नबस्ने ।
- काम नगर्दा पनि नियमित रुपमा विश्रान्ति लिने, योग, व्यायाम गर्ने ।
- हात–खुट्टा हल्लाउनु, औंलाहरु चलाउनु।
- बसिरहेको या अप्ठयारोसँग नसुत्ने ।
- धुमपान र अत्यधिक मादक पदार्थ सेवन नगर्ने ।
- जथाभावी औषधिको सेवन नगर्ने ।
- मधुमेह रोगीले रगतमा भएको चिनीको स्तर नियन्त्रण र नियमित व्यायाम र स्वास्थ्य परीक्षण गर्ने ।
- चिकित्सको सल्लाह अनुसार नियमित फिजियोथेरापी गर्ने ।
येदि तपाईं लाई माथिको समस्या छ भने टिचिङ अस्पतालमा गैइ डा घनस्याम खरेललाइ भेट्नु होस । निको हुन्छ १००%