विश्व मानसिक स्वास्थ्य दिवस

मानसिक स्वास्थ्य समस्याको कारण बन्दै आधुनिक जीवनशैली

(भिडियोसहित)



Download our app to get more features

आधुनिक जीवनशैलीका कारण मानसिक समस्या तिव्र गतिमा बढ्दै गएको छ । देखासिकी, अस्वस्थ प्रतिस्पर्धा लगायत गतिविधिले मानिसमा मानसिक समस्या बढाइरहेको छ । साथै एक्लोपना, असन्तुष्टिका कारण पनि मानसिक अवस्था कमजोर बनिरहेको छ । विशेष गरि निम्न गतिविधिले मानसिक रोगलाई बढावा दिइरहेको छ :-  

लक्ष्यविहिन यात्रा : लक्ष्यविना नै काम गरिरहँदा यसले निम्त्याउने परिणामबाट मानिस दुःखी बन्ने गर्छ । त्यसैले कुनै पनि काम गर्दा अल्पकालीन वा दीर्घकालीन योजना बनाई गर्नुपर्छ । 

असन्तोषी मन : जीवनमा खुशी हुन् मनलाई सन्तुष्ट राख्नु जान्नुपर्छ । आनन्दित मनले मात्रै मानिसको मानसिक अवस्था स्वस्थ राख्छ । यसको साथसाथै एकअर्कामा सहयोगी भावना समेत राख्नुपर्छ । 

अस्वस्थ प्रतिस्पर्धा :  अहिले सबै जना प्रतिस्पर्धामा छन् । हरेक समय कसरी प्रगति गरौं भन्ने मात्रै उनीहरू केन्द्रित छन् । यसको लागि उनीहरू अस्वस्थ प्रतिस्पर्धामा समेत उत्रेका छन् । अस्वस्थ प्रतिस्पर्धाले मनलाई बेचैन बनाउँछ । यसले मनको सन्तुलित अवस्थालाई विकृत बनाउने गर्छ । 

नशालु पदार्थको सेवन :  जाँड, रक्सी र  लागूपदार्थ सेवनले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ । विभिन्न तनावका कारण नशालु पदार्थको सेवन गर्दा यसले अनेक दुर्घटना समेत निम्त्याउँछ । जसको कारण मानसिक सन्तुलनमा असर पर्छ । 

दिग्भ्रमित विज्ञापन :  अहिले विज्ञापनको जमाना छ । हरेक चीज बिक्रीको लागि कम्पनीले विज्ञापन गर्ने गर्छन । वस्तु धेरै बिकाउने उदेश्यले कम्पनीहरूले झुठो विज्ञापन पनि गर्छ जसको पछि लाग्दा व्यक्तिको मानसिक अवस्था नै बिग्रन सक्छ । विज्ञापनका कारण मानिसलाई कुन ठीक वा बेठीक भन्ने समेत छुट्याउन गाह्रो पर्छ । यसले मानिस दिग्भ्रमित भई उसको मानसिक अवस्थामा समेत असर पर्न जान्छ । 

अनुपयुक्त सम्बन्ध बनाउने :  कोही कोही युवायुवती लहलहैमा अनैतिक सम्बन्ध बनाउन समेत गर्छन । यसले उनीहरूको जीवनमा तनाव ल्याइदिन्छ । यसले परिवारिक कलह पैदा गर्छ जसको कारण अनावश्यक मानसिक पीडा भोग्न बाध्य हुन्छन् । 

वैदेशिक रोजगारी :  कामको लागि अहिले कयौं युवायुवती विदेश गइरहेका छन् । खाडी मुलुक, कोरिया, युरोप, अमेरिकाका विभिन्न देशमा समेत कामका लागि नेपाली पुगिरहेका छन् । उनीहरू कामको लागि विदेश पुग्दा घरमा रहेका परिवारका सदस्यहरू चिन्तित हुन्छन् । यस कारण पनि मासिनमा नैराश्यता र एक्लोपनका कारण मानसिक स्वास्थ्यमा असर गर्छ । 

शारीरिक अभ्यासको कमी :  अहिले प्रायः मानिस सुविधाभोगी भएका छन् । सकेसम्म कम शारीरिक परिश्रम गरेर धेरै कुरा आर्जन गर्न रुचाउँछन् । उनीहरू प्रायः कार्यालयको टेबुलमा बसेर गर्ने काममा खोजिरहेका हुन्छन् । शरीरमा आउने निष्क्रियताका कारण उनीहरूको मानसिक स्वास्थ्यमा समेत असर पर्ने हुन्छ । यस्तो व्यक्तिमा उच्च रक्तचाप, मोटोपनाको समस्या हुनेगर्छ । 

सामाजिक सञ्जालमा भुल्ने बानी : प्रायः युवायुवती सामाजिक सञ्जालमा व्यस्त हुने गरेका छन् । कतिपयको कामै छोडेर पनि मोबाइल ल्यापटप चलाएर बस्ने बानी हुन्छ । बालबालिकामा समेत मोबाइलमा गेम खेलेर बस्ने बानी बढ्दो छ । यसले उसमा हुने व्यक्तिगत विकासमा समेत बाधा पर्छ भने उनीहरूको मानसिक स्वास्थ्यमा समेत प्रतिकूल असर पर्नेगर्छ । 

भिडियो हेर्नुहोस्:


Last modified on 2018-10-10 16:34:26

3 Comments

  1. Bhakta bahadur machamasion Tue, Jun 19 2018 07:38 PM

    My friend dhana ratna that is great news. I am agree with you.

  2. Nice ininformation sir...

  3. Precise listing of the factors that lead to rise of mental illness and disorders among the public.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts