आँखाको लेन्स उत्पादनको लागि तिलगंगा आँखा अस्पताललाई सरकारले १० करोड दिने



Download our app to get more features

काठमाडौं, ११ वैशाख । तिलगंगा आँखा अस्पताललाई आँखाको लेन्स उत्पादन कार्यको लागि सरकारले १० करोड रकम अनुदान दिने निर्णय गरेको छ । 

मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले तिलगंगा आँखा अस्पताललाई १० करोड रकम दिने निर्णय गरेको हो । 

लेन्स उत्पादनको लागि तिलगंगा आँखा अस्पतालमा छुट्टै ल्याब रहेको छ । अहिलेसम्म विश्का ५० देशमा गरी ५० लाख वटा उत्पादित लेन्स अस्पतालले निर्यात गरिसकेको छ । अस्पतालमा उत्पादित आँखाको लेन्स विश्वको उत्कृष्ट लेन्समध्ये पर्छ । ल्याबमा बार्षिक ५ लाख लेन्स उत्पादन हुँदै आएको छ । 

नेपालमा उत्पादित ‘इन्ट्राअकुलर लेन्स’ अष्ट्रेलिया, न्युजिल्यान्ड जस्ता विकसित देशसँगै अफ्रिका, म्यान्मार, कम्बोडिया, भियतनाम लगायतका विकासोन्मुख देशमा समेत निर्यात हुन्छ ।

Last modified on 2018-04-25 08:53:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts