परिवर्तन जीवनशैलीका निम्ती फिजियोथेरापी प्रभावकारी
(भिडियासहित )
डा. नविना श्रेष्ठ
न्यूरो फिजियोथेरापिस्ट
निदान हस्पिटल
सामान्यतया कम्मर, घुडा, जोर्नी, दुखाईलाई कम गर्ने तरिका नै फिजीयोथेरापी हो । उमेर बढदै जाने क्रममा बिस्तारै मांसपेशी कमजोर हँुदै जान्छ र तिनीहरूको काम गर्ने क्षमता कम हुन थाल्छ । त्यसपछि ढाड दुख्ने, ढाडको मांसपेशी कमजोर हुन थाल्छ । यस्तो अवस्थामा फिजियोथेरापीले निकै राहत प्रदान गर्छ । साथै हातखुट्टा भाँच्चिको, मर्केको, छातीको इन्फेक्सन भएका बिरामीलाई समेत फिजियोथेरापी प्रभावकारी हुन्छ ।
सबै उमेर समूहका लागि उपयोगी फिजियोथेरापी
उमेर अनुसार मस्तिष्क विकास नभएका, शारीरिक विकास सुस्त भएका बालबालिकाको लागि पनि फिजियोथेरापी निकै उपयोगी हुन्छ । यस्तै शिशु जन्मदा अक्सिजन नपुगेका, पक्षघात भएकाहरूका लागि पनि फिजियोथेरापी अत्यन्त आवश्यक हुन्छ ।
जवान युवायुवतीका लागि पनि फिजियोथेरापी निकै फलदायी हुन्छ । जवान व्यक्तिले नियमित फिजियोथेरापी गरेमा चाडै ढाड कुप्रिने समस्या हँुदैन ।
गर्भवतिका लागि पनि फिजियोथेरापी जरुरी हुन्छ । गर्भावास्थामा कसरी सुत्ने, बस्ने, दुखाई भएमा कसरी कम गर्ने, बच्चा जन्माएपछि प्रिनेटर, पोस्चर, नेटल तीन ओटै एक्ससाइज फिजियोथेरापी अनुसार गर्न जरुरी हुन्छ । कम्युटरमा काम गर्नेहरूको हड्डी खिइने नशा च्याँपिने समस्या धेरै हुन्छ । उनीहरूका लागि पनि फिजियोथेरापी जरुरी छ ।
बिलासी जीवनशैली हुनेहरूको मांसपेशी अन्यको तुलनामा चाडै कमजोर हँुदै जान्छ । अत्याधिक शारीरिक श्रम, दुर्घटनाका कारण लागेको भित्री चोट ठीक गर्न पनि फिजियोथेरापीले मद्दत गर्छ ।
फिजियोथेरापी कति दिन गर्ने ?
फिजियोथेरपी कति दिन गर्ने भन्ने निश्ति हँुदैन, डाक्टरको सल्लाह अनुसार परीक्षण गर्नुपर्ने हुन्छ । के कारणले दुखेको हो सो पत्ता लागएर उपचार थाल्नु पर्ने हुन्छ । कसैलाई एक दुई सातामै ठीक हुन्छ भने कसैलाई एकदुई महिना पनि लाग्न सक्छ । पक्षघातका बिरामी छन् भने दुईतीन वर्ष पनि लाग्न सक्छ ।
एक दिन फिजियोथेरापी गर्दैमा अब आफैलाई आउँछ भन्ने भ्रम पाल्नु हँुदैन । फिजियोथेरापीको कुनै निश्चित समय हुँदैन । फिजियोथेरापिस्टसँग सल्लाह गरेर मात्र उपचार गर्नु राम्रो हुन्छ ।
फिजियोथेरापीको प्रभावकारिता
केही सयमयता नेपालीको जीवनशैली निकै परिवर्तन भएको छ । परम्पराग कृषि पेशामा लागेका मानिसहरू पनि आधुनिकतातर्फ उन्मुख भइरहेका छन् । अन्य पेशा व्यवसायमा पनि आधुनिकताले छोइसकेको छ । जसले गर्दा शारीरिक परिश्रम घट्दै गएको छ । त्यस्ता शारीरिक श्रमले पनि एक प्रकारको फिजियोथेरापी कै काम गरिरहेको हुन्थ्यो । जस्तैं, जातोमा पिठो पिस्ने जुन फिजियोथेरापीमा फोजन सोल्डर भनेर गराइन्छ । जसले गर्दा ढाड दुख्ने समस्या कम हुन्छ । औषधिको साइडइफेक्ट नहुने, विशेषगरी नसर्ने रोगहरूका लागि फिजियोथेरापीको प्रभावकारिता महत्वपूर्ण मानिन्छ ।
भिडियो हेर्नुहोस्: