यसकारण हुन्छ दम

(भिडियोसहित)



Download our app to get more features

दम के कारणले हुन्छ भन्ने निश्चित नभए पनि अत्यधिक धुवाँ धूलोमा धेरै समय बस्ने मानिसमा यसको जोखिम उच्च रहन्छ ।  यस बाहेक छातीका अन्य समस्याले पनि दम हुन्छ । दम श्वास प्रश्वास सम्बन्धी रोग हो । यो जुनसुकै उमेर समूहका मानिसमा हुनसक्छ । दमको उपचार लामो समयसम्म गर्नुपर्ने हुन्छ । दम वंशाणुगत पनि हुन्छ । सिनियर कन्सल्टेन्ड एवं चेष्ट फिजीसियन डाक्टर नविनप्रकास शाहले दम के कारणले हुन्छ, यसबाट कसरी जोगिने भनेर केही सुझाव दिएका छन् ।

कारण 

  •  धुम्रपान गर्ने मानिसमा दमको सम्भावना उच्च हुन्छ । 
  •  दमको अर्को मुख्य कारण धुवाँ धूलो र वायूप्रदुषण हो । 
  •  धुवाँ आउने चुलोमा खाना पकाउने मानिसमा पनि दम हुने सम्भावना धेरै हुन्छ ।
  •  अल्फावान एन्टिट्रिप्सिन डिफिसेन्सी भएकामा पनि दम हुन्छ ।

लक्षण 

  • श्वासप्रश्वासमा हुने समस्या नै दमको मुख्य लक्षण हो ।
  • लामो समयसम्म खोकी लाग्नु ।
  • खकारमा रगत देखा पर्नु ।
  • छातीमा घ्यार्र घ्यार्र आवाज आउनु ।
  • ज्वरो आउनु ।
  • छाती दुख्नु

यसरी पत्ता लगाउन सकिन्छ दम

  • छातीको एक्स रे गर्ने ।
  • पल्मनरी फङ्सन टेष्ट गर्ने ।
  • रगत परीक्षण गर्ने ।
  • छातीको सिटीस्क्यान गर्ने । 

दमबाट जोगिने उपाय

  • चिसोबाट बच्ने ।
  • सकेसम्म फ्रिजमा राखेको चिसो नखाने ।
  • माक्स सधै लगाउने ।
  • धुवाँ धुलोबाट बच्ने ।
  •  दैनिक व्यायाम गर्ने ।

 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-12-16 15:38:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts