भिडियोमा हेर्नुस् डा.रुइतले पद्मश्री पुरस्कार पाएको क्षण 



Download our app to get more features

काठमाडौं, २५ चैत । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारत सरकारले १९ चैतमा पद्मश्री पुरस्कार प्रदान गरेको थियो । भारतको राष्ट्रपति कार्यालयमा विशेष समारोहका बीच भारतीय राष्ट्रपति रामनाथ केविदले डा.रुइतलाई पद्मश्री पुरस्कार प्रदान गरेका थिए । 

डा.रुइतले विकास गरेको इन्ट्राअकुलर लेन्स विश्वभरी नै लोकप्रिय छ । मोतीविन्दुको अपरेशनपछि आँखामा लगाउने यो लेन्स पहिले निकै महँगो पर्दथ्यो । करिब १ सय अमेरिकी डलर पर्ने यो लेन्स पहिले अविकसित राष्ट्रको पहुँचभन्दा बाहिर थियो ।

 सन् १९९७ मा डा. रुइतले नेपालमै उक्त लेन्सको उत्पादन शुरु गरेपछि ४ डलरमा उपलब्ध भएको थियो । नेपालमा उत्पादन भएको ४० लाख इन्ट्राअकुलर लेन्स विश्वभरीमा मानिसमा आँखामा राखिएको छ ।  

सन् २००६ मा डा. रुइतले फिलिपिन्सको प्रतिष्ठित रोमन म्यागासासे पुरस्कार पाएका थिए ।  डा.रुइतले हरेकबर्ष नेपालका दुर्गम गाउँमा गएर आँखा शिविर समेत गर्दै आएका छन् ।  पद्मश्री पुरस्कार भारत सरकारले दिने चौथो ठूलो पुरस्कार हो ।

भिडियोमा हेर्नुस् डा.रुइतले पद्मश्री पुरस्कार पाएको क्षण

Last modified on 2018-04-11 14:19:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts