केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र



Download our app to get more features

मोटोपनाको समस्याको लागि जीराको दाना
तरिका १:
१ गिलास पानीमा १ चम्चा जीराको दाना राख्नुहोस् र उमाल्नुहोस्।
पानी उम्लिएर खैरो रङ्गको भएपछि ग्यास बन्द गरेर भाँडोलाई छोप्नुहोस्।
त्यसपछि हलुका चिसो भएपछि त्यसलाई दिनको ३ चोटि पिउनुहोस्। यसले पाचनप्रक्रियामा राहत दिनुको साथै सामान्य पेट दुखेको समस्यालाई पनि समाधान गर्दछ।

तरिका २:
२ चम्चा जीराको दानालाई एक गिलास पानीमा राख्नुहोस् र त्यसलाई छोपेर रातभरी भिज्न दिनुहोस्।
विहान त्यस पानीलाई चिसै अथवा उमालेर पिउनुहोस्।
पिउँदा जीराको दानालाई पनि चपाउनुहोस्। यसले शरीरमा भएका अनावश्यक बोसोलाई हटाउँदछ।

तरिका ३:
१ गिलास दहीमा १ चम्चा जीराको धूलो राख्नुहोस्।
चिनी नराखी, त्यस मिश्रणलाई दिनको एकचोटि खानुहोस्। यसरी नियमित सेवन गर्दा पनि तौल घटाउन मद्दत गर्दछ।

तरिका ४:
१ चम्चा जीराको धूलो र आधा चम्चा महलाई पानीलाई मिसाएर दिनहुँ पिउनुहोस्।
यसरी पिउँदा पनि तौल नियन्त्रण गर्न सहज हुन्छ।

तरिका ५:
थोरै शुद्ध र सफा पानीमा गाँजर, काउली र बन्दा काटेर मिसाउनुहोस् र त्यसलाई बफाउनुहोस्।बाफिइसकेपछि त्यसमा लसुनको १/२ पोटि काटेर राख्नुहोस् र कागतीको रस पनि मिसाउनुहोस्।त्यस मिश्रणमा १/२ चम्चा जीराको धूलो मिसाउनुहोस्। यसलाई खाना खानेबेलामा दिनहुँ खानुहोस् र २ हप्ताभित्र जादु हेर्नुहोस्।

Last modified on 2016-03-05 17:17:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts