नेपालमा क्यान्सरको उपचार ! हामी कहाँ छौं ?



Download our app to get more features

नेपालको औसत आयु ७० पुगेको समाचारले हाम्रो स्वास्थ्य सेवामा सुधार आएको देखाउँछ । आजकल झाडा पखाला, मलेरिया, टिबी आदि रोगहरू धेरै जसो अवस्थामा नियन्त्रणमा आउँछन् । उच्च रक्तचाप, मुटु रोग, सुगर रोगहरूका निकै आस लाग्दा औषधीहरू आएका छन् , जसले गर्दा यी रोगहरू ज्यान लिने रोगबाट बिस्तारै दीर्घरोग भएका हुन् ।

अहिलेको स्वास्थ्य विज्ञानको प्रगति हेर्ने हो भने सयौं प्रकारका क्यान्सरहरू मध्ये केही क्यान्सरहरू निको हुन थालेका छन् , धेरै जसो क्यान्सरहरू नियन्त्रणमा राखेर दीर्घ रोग जस्तै हुन थालेका छन् भने केही क्यान्सरहरू अझै पनि ‘ज्यान लिने क्यान्सर’ भनेर चिनिन्छन् ।

भर्खरै प्रकाशित एउटा अध्ययन अनुहार हामी मध्ये ४० प्रतिशतलाई कुनै उमेरमा पुगेर क्यान्सर हुनेछ । महिलामा केही कम ९३७।८५० र पुरुषहरूमा अलि कति बढि ९४३।३५० रोग लाग्ने सम्भावना भएको क्यान्सरको उपचार जटिल छ, महँगो छस समय मै पत्ता लगाउन सकिएन, उपचार गर्न सकिएन भने मृत्युको कारण बन्छ ।यो अमेरिकाको डाटा हो, हामी कहाँ यो अझै बढि छ सायद, किन भने हामीकहाँ धेरै मान्छेले चुरोट, खैनी सेवन गर्छन् , हामीले खानेकुरामा विषादी प्रयोग बढि हुन्छ र हामीकहाँ क्यान्सर हुन नदिने गरि उपचार गर्ने सुविधा नै छैन ।

पश्चिमी देशहरूमा ७०५ क्यान्सरका बिरामीहरूले त्यो डरलाग्दो रोगलाई जितेर अगाडि बढ्छन्, हाम्रोमा यो पनि निकै कम छ । न त हामी कहाँ क्यान्सरको उपचारलाई पुग्ने अस्पताल छन् न त पुग्ने गरि विशेषज्ञ नै । ३ करोडको जनसङ्ख्याको लागी ३० जना जति क्यान्सर रोग विशेषज्ञले कसरी पुग्थ्यो र ?

क्यान्सरको उपचारमा लगानी गर्न सरकार कहिल्यै अगाडि आउन सकेन, सायद उसको प्राथमिकताबाट जीवनजल र सिटामोल हट्नै सकेन । नेपालका दुई क्यान्सर अस्पतालहरू, भक्तपुर र भरतपुरमा थोत्रा भएका मेसिन छन् जसले ‘कानो मामा’ बनेरै भए पनि सक्दो गरेका छन् । नेपालमा क्यान्सर उपचारको लागी नभइ नहुने मेसिन (लिन्याक) भरतपुर क्यान्सर अस्पतालको लागी किनिएको नै १५ वर्ष नाघ्यो । त्यस पछि सरकारले क्यान्सर उपचारलाई फर्केर हेरेन । किनिएका ती २ मेसिन पनि अहिले जीर्ण भएका छन् ९ छिन मै बन्छन् छिनमै बिग्रिन्छन् र त्यही बन्ने र बिग्रिने क्रममा बिरामीको स्वास्थ्य पनि अड्किएको हुन्छ ।

निजी अस्पतालहरूले क्यान्सरको उपचारको लागी केही पहलहरू गरेका छन् तर त्यो निकै न्यून छ । हरिसिद्धिमा निकै आशा लाग्दो क्यान्सर अस्पताल खुलेको छ, अहिले सम्मकै सबैभन्दा राम्रो उपचार गर्न सकिने गरी विज्ञहरूको टोली छस तर पनि पुरा उपचार गर्न चाहिने लिन्याक मसिन आउन सकेको छैन । अर्को अस्पताल काठमाडौँ उपत्यकाको पूर्वी कुनामा खुलेको छ जसले लिन्याक मसिन किनेको छ र क्यान्सर उपचार यही महिनामा सुरु गर्छ होलास त्यो दिन नेपालमा क्यान्सर उपचारको लागी एउटा अर्को महत्वपूर्ण दिन हुनेछ ।

काठमाण्डौ क्यान्सर सेन्टरको नाममा भक्तपुरको जगातीमा खुलेको अस्पतालले अत्याधुनिक प्रविधिका साथ उपचार गर्ने तयारी गरेको छ ।आशा गरौं अत्याधुनिक प्रविधिसहित खुलेका अस्पतालले क्यानसरको जोखिम रोकथामका साथै परीक्षण र उपचारमा महत्वशाली योगदान गर्नेछन् । 

हरेक हप्ता नयाँ औषधीहरू आउँदैछन्, हरेक नयाँ औषधीले हामीलाई अलिकति मात्र भए पनि अगाडि लगिरहेका छन् । म आशावादी छु, कुनै दिन यस्तो औषधी आउने छ जसले क्यान्सरलाई सदाका लागी दीर्घ रोग बनाइदिनेछ । तर त्यो दिन नआउँदा सम्म हामीले पनि दुनियाँ सँग सँगै हिँड्न जरुरी छ । नेपालमा कसैलाई पाठेघरको क्यान्सर हुन्छ भने वहाँले पनि उत्तिकै निको हुने सम्भावना पाउनु पर्छ जति एक जना वेलायतमा भएकी महिलाले पाउँछिन् । त्यसका लागी थप क्यान्सर अस्पताल, थप क्यान्सरका डाक्टर र स्वास्थ्यमा सरकारी लगानी बढाउन जरुरी छ ।

Last modified on 2016-05-18 16:19:15

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts