पुरुषभन्दा महिलाको धड्कन तिव्र



Download our app to get more features

हालै गरिएको एक अध्ययन अनुसार महिला पुरुषभन्दा चाँडै थाक्ने थाक्ने गरेका छन् । अध्ययनमा भनिए अनुसार महिलाको शरीरको घडि पुरुषको शरीरको घडीको तुलनामा १.७ देखि २.३ घण्टा तिव्र चल्ने गर्छ । जस कारण महिलाहरु पुरुषको तुलनामा चाँडै थाक्छन् र साँझ पर्ने वित्तिकै उनीहरुलाई निद्रा लाग्न थाल्छ । 

यो अध्ययन क्यानडा स्थिति ल्याकेस्टर यूनिभर्सिटी मेडिकल स्कूलका अध्ययनकर्ताहरुले गरेका हुन् । अध्ययनमा भनिएको छ, ‘पुरुष र महिलाको शरीर एकदमै फरक–फरक प्रक्रियाले काम गर्छ । पुरुषको तुलनामा महिलाको शारीरिक घडी १.७ देखि २.३ घण्टा छिटो चल्ने गर्छ । उनीहरुको धड्कन पनि पुरुषको तुलनामा बढी तिव्र गतिमा चल्ने गर्छ ।’ अध्ययनकर्ताहरुले यसको प्रमुख कारण महिलाहरुको सेक्स हर्मोन भएको बताएका छन् । 

विशेषज्ञहरुका अनुसार, सेक्स हर्मोनका कारण हामी परेला झिम्काउँछौँ, हाम्रो पाचनक्रियाले काम गर्छ, धड्कन चल्छ र कपाल सेतो अर्थात् फुल्ने हुन्छ । त्यस कारण महिलालाई पुरुषको तुलनामा चाँडै थकान महशुस हुन्छ । महिला र पुरुषमा हर्मोनको मात्रा पनि छुट्टा–छुट्टै हुनाले धेरै काम क्रियाकलाप भिन्न–भिन्न हुन्छन् । जस्तैः पुरुषमा पाचनक्रिया, महिलाको भन्दा छिटो हुन्छ, पुरुषको कपाल महिलाको भन्दा छिटो बढ्ने गर्छ । 

तिव्र गतिमा चल्छ महिलाको धड़्कन  
महिलाको मुटु पुरुषको भन्दा सानो हुन्छ । पुरुषको मुटु १८० ग्रामको हुन्छ भने महिलाहरुको मुटु मात्र १२० ग्रामको हुन्छ । पुरुषको भन्दा महिलाको मुटु आकारमा सानो भएको कारणले महिलाको मुटु तिव्र गतिमा धड्कने गर्छ । अर्थात् पुरुषको मुटु एक मिनेटमा ७० देखि ७२ पटक धड्किन्छ भने महिलाहरुको मुटु एक मिनटमा ७८ देखि ८२ पटक धड्किन्छ ।  

यो पनि... 
नोटिन्घम यूनिभर्सिटीका अध्ययनकर्ताका अनुसार महिलामा एस्ट्रोजनको मात्रा बढी हुन्छ । जसले गर्दा पुरुषको तुलनामा महिलाको परेलापनि धेरै पटक झिम्किने गर्छ ।  यूनिभर्सिटी अफ मिसौरीको अध्ययन रिपोर्टमा महिलाहरुमा नशालु पदार्थको असर किन चाँडै हुन्छ भन्ने पनि खुलाएको छ । 

अध्ययन रिपोर्टका अनुसार महिलाको शरीरमा अल्कोहल ब्रेक डाउन गर्ने इन्जाइम्स निकै नै कम मात्रामा हुन्छ, जसले गर्दा महिलामा नशालु पदार्थले बढी नशा दिने गर्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-03-25 09:30:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts