सभामुख घर्तीले गराइन् शल्यक्रिया 

What's This?


Download our app to get more features

काठमाण्डौं, ३ जेठ । सभामुख ओनसरी घर्तीेको पित्त थैलीको शल्यक्रिया गरीएको छ । सोमबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी सभामुख घर्तीको पित्त थैलीमा रहेको पत्थरीको सफल सल्यक्रिया भएको उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । 

अस्पतालका डा. डिभी कार्की नेतृत्वको चिकित्सकको टोलीले उनको शल्यक्रिया गरेका हुन् । पत्थरीको आकार बढ्दै गएपछि केही दिन यता सभामुख घर्ती अस्वस्थ भएकी थिइन् । 

आइतबार अपरान्ह अस्पताल भर्ना भएकी सभामुख घर्तीलाई चिकित्सकहरुले केही दिन अस्पतालमै आराम गर्न सुझाव दिएका छन् । सभामुख घर्तीको बिगत देखीनै सुमेरु अस्पतालमा स्वास्थ्य परिक्षण हुँदै आएको थियो ।
 

Last modified on 2016-05-17 10:12:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts