भक्तपुर क्यान्सर अस्पतालमा एनेक्स वार्ड सञ्चालनमा



Download our app to get more features

काठमाडौं, २२ फागुन । भक्तपुर क्यान्सर अस्पतालले नयाँ एनेक्स वार्ड थपेको छ ।

विरामीको चापलाई ध्यानमा राखी अस्पतालले मंगलवारदेखि एनेक्स वार्ड सञ्चालनमा ल्याएको हो ।  

अस्पतालको २३ औं बार्षिकोत्सवको अवसरमा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले एनेक्स वार्डको उद्घाटन गरेकी हुन् । सन् २०१७ मा ६८ हजार विरामीले सेवा लिएको अस्पतालका मेडिकल डाइरेक्टर डा.ऋषिकेश नारायण श्रेष्ठले जानकारी दिए । 

अस्पतालमा दैनिक करिब ९६ जना विरामी बेडमा उपचाररत रहने र ओपिडीमा ३ सय विरामीले सेवा लिने गरेको डा. श्रेष्ठले बताए । जसमध्ये २० जना नयाँ विरामी र दैनिक ९ जना क्यान्सरका विरामी भर्ना हुने गर्छन् ।
विरामीको चापलाई ध्यानमा राखी एनेक्स वार्ड सञ्चालनमा ल्याएको उनले बताए । 

०५५ सालमा १५ बेडबाट शुरु भएको अस्पतालमा अहिले १ सय ३५ बेड र २ सय ६६ कर्मचारी रहेका छन् । अस्पतालमा SICU 6, MICU 5, Post Op 5, Hematological ICU 3, Emergency 4 Bed र सुविधा सम्पन्न ४ वटा अप्रेशन थियटरहरु छन् । 

अस्पतालले निकट भविष्यमै रेडियोथेरापीको लागि अत्याधुनिक लिनायक मेसिन जडान गर्न लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । 

लिनायक मेशिन जडानलगतै निजी अस्पतालले लिने शुल्कभन्दा कम शुल्कमा सेवा प्रदान गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाई छ । उनले भने 'चाँडैं अस्पतालले न्यूरो ( मस्तिष्क ब्रेन) र थोरासिक (छाती) को क्यान्सर उपचार शुरु गर्दैछौं ।'

अस्पतालले देशको विभिन्न ठाउँमा मेडिकल क्याम्प, जनचेतनामूलक कार्यक्रम, स्क्रिनिङ प्रोग्राम( क्यान्सरको लागि जाँच) गर्दै आएको छ । 

Last modified on 2018-03-07 08:47:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts