यसकारण हुन्छ फोक्सोको क्यान्सर

(भिडियोसहित)



Download our app to get more features

क्यान्सर भन्ने बित्तिकै सबैको ध्यान आकृष्ट हुन्छ । जुनसुकै अंगमा क्यान्सर भए पनि यसको खर्चिलो उपचार पक्रियाका कारण मानिसहरू आत्तिने गर्छन । 

विशेषगरी पुरुषहरूमा फोक्सोको क्यान्सर बढी हुने गरेको छ । यो क्रम केही वर्षयता तिव्र रुपमा बढिरहेको विभिन्न अध्ययनले देखाएको बताउँछन् क्यान्सर रोग विशेषज्ञ डा. उज्वल चालिसे । फोक्सोको क्यान्सर के हो ? किन हुन्छ ? र यसबाट बच्न के गर्ने भन्ने विषयमा डा. चालिसेले केही सुझाब दिएका छन् ।

फोक्सो शरीरको महत्वपूर्ण अंग हो । यसले शरीरलाई आवश्यक पर्ने अक्सिजन लिने र अनावश्यक कार्बनडाइअक्साइड बाहिर फ्याँक्ने गर्छ । फोक्सोको भित्री भागमा रहेका कोषहरूको जीनमा म्युटेसन भएर कोषहरू अनियन्त्रित रुपमा वृद्धि हुनु नै फोक्सोको क्यान्सर हो । 

महिलामा पाठेघरको क्यान्सर बढी देखिए जस्तै पुरुषमा तुलानात्मक रुपले फोक्सोको क्यान्सर बढी देखिएको छ । विभिन्न अध्ययन अनुसार पुरुषमा हुने कुल क्यान्सर मध्ये १५ देखि २० प्रतिशत फोक्सोको क्यान्सर हुने गरेको छ । 

प्रमुख कारण
फोक्सोको क्यान्सर हुने प्रमुख कारण भनेकै धुम्रपान हो । नेपालको सन्दर्भमा महिलाको तुलानामा पुरुषमा फोक्सोको क्यान्सर बढी देखिनुको कारण पनि धु्म्रपान नै हो । यसबाहेक निम्म कारणले पनि फोक्सोको क्यान्सर हुनसक्छ ।

धुँवा धुलोमा धेरै समय काम गर्नु ।

प्रदुषित वातवरण ।

आगोमा खाना बनाउँदा त्यसबाट निस्किने धुँवा । 

इट्टा, ढुंगा, माटो वा धुँलो निस्कने उद्योगमा लामो समय काम गर्नु ।

लक्षण
फोक्सोको क्यान्सरका लक्षणहरु निकै ढिला मात्र देखा पर्छ । सुरुवाती अवस्थामै लक्षण देखा नपर्दा बिरामी निकै ढिला अस्पताल पुग्ने गर्छन । त्यती बेला बिरामीको अबस्था निकै कमजोर भइसकेको हुन्छ ।

साथै यसका लक्षणहरु टिबी रोगका लक्षणसँग पनि मिल्दोजुल्दो भएकाले फोक्सोकै क्यान्सर भएको हो भनेर एकीन गर्न स्वास्थ परीक्षण नै गर्नु पर्छ । सामान्यतया फोक्सोको क्यान्सर हुँदा यस्ता लक्षण देखिन्छन् । 

♦    लामो समय निरन्तर खोकी लाग्ने ।
♦    श्वास फेर्न गाह्रो हुने ।
♦    स्वर परिवर्तन हुने ।
♦    तौल घट्ने ।
♦    खकारमा रगत देखा पर्ने ।
♦    निकै ढिला भए क्यान्सर अन्य अंगमा पनि सर्ने ।
♦    खाना मन नलाग्ने ।

बच्ने उपाय :
फोक्सोको क्यान्सरबाट बच्ने सबै भन्दा उत्तर उपाए भनेको धुम्रपान, मध्यपान नगर्नु नै हो । धुम्रपान, मध्यपान नगर्नेलाई फोक्सोको क्यान्सर नै हुदैन् भन्ने पनि हैन । तर एकदमै न्यून मात्र हुन्छ ।

साथै सम्भव भएसम्म धुँवा धुलोबाट बच्ने, धुँवा धुलो भएको स्थानमा नियमित काम गर्नु पर्ने भए पनि विशेष सावधानी अपनाउने । सन्तुलित खाना खाने, नियमित व्यायम गर्ने, नियमति स्वास्थ परीक्षण गराउने । 

उपचार पद्धति 
फोक्सोमा क्यान्सर भएको सुरुवाती चरणमै थाहा भए पूर्ण निको पार्न सकिन्छ । तर, क्रोनिक भइसकेको अवस्था बिरामी बचाउन निकै गाह्रो हुन्छ ।

यसको उपचार पद्धतिमा रेडियोथेरापी र सर्जरीलाई प्रथामिकता दिइन्छ । यी बाहेक पनि जुन उपचार पद्धति अवलम्बन गर्नु पर्ने हो, विशेषज्ञले निर्कोल गरि सोही पद्धति अपनाइन्छ । बिरामीले चिकित्सकले भने बमोजि औषधि सेवन गर्नुको साथै खानपानमा ध्यान दियो भने केही समय भए पनि आयु बढाउन सकिन्छ । 

भिडियो हेर्नुहोस्

Last modified on 2018-03-03 14:43:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts