डिभाइन क्लबद्वारा अयोजित मेडिटेशनमा हजार भन्दा बढीको सहभागिता



Download our app to get more features

काठमाडौं, ६ फागुन । डिभाइन युथ क्लब नेपालले सञ्चालन गरेको तीन दिने मेडिटेशन क्याम्पमा हजार भन्दा बढी युवाले सहभागिता जनाएका छन् । शनिबारदेखि भक्तपुरमा सुरु भएको क्याम्पमा देशभरका युवाले सहभागिता जनाएको क्लबका अध्यक्ष उत्सव पाण्डेले जानकारी दिए । 

नयाँ थिमीस्थित श्यामा श्यामा धाम परिसरमा भएको मेडिटेशन क्याम्पमा देशका लब्ध प्रतिष्ठित तथा सफल व्यक्तिहरूले युवालाई मोटिभेसन स्पिच दिएका थिए । हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसँगै युवा नेता महेश बस्नेत, चिकित्सक बाबुराम हुमागाईं र मेमोरी किङका रुपमा चिनिएका गुगल ब्वाई अर्पण शर्मा लगायतले उत्प्रेरणात्मक मोटिभेशन स्पिच दिएको क्लबका काठमाडौं सहसंयोजक संगम केसीले बताए ।

पछिल्लो पुस्ताका युवामा बढेको विकृति न्यूनिकरण गर्ने उद्देश्यका साथ मोटिभेसन क्याम्प राखेको आयोजकले जनाएको छ । यस्तो प्रकारणको कार्यक्रमले जीवन जिउनुको अर्थ बुझ्न सजिलो भएको सहभागिहरूको भनाइ छ । ‘युवाहरुमा गलत संगत, नैतिक शिक्षाको कमी एवं विभिन्न तनाव भोगिरहेको अवस्था छ, त्यसमा कमी ल्याउन कार्यक्रम सफल हुने ठानेका छौं ।’ सहसंयोजक केसीले भने ।
कार्यक्रममा पछिल्लो समय भक्तपुर जिल्लामा पर्ने अरनिको राजमार्गमा भइरहेको दुर्घटना न्यूनीकरण गर्ने प्रयासमा जनचेतनामूलक ¥याली पनि निकालिएको थियो । 

डिभाइन युथ क्लबले यसअघि पनि यस्ता खालका विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । ०७० सालमा स्थापना भएको यो क्लबले समाजकल्याण, वातावरण र देशको सेवाका क्षेत्रमा निकै महत्वपूर्ण काम गरिसकेको छ । 
क्लबले स्थापना कालदेखि आजसम्म नेपालभर २४ जिल्लामा ४६ वटा शाखा विस्तार गरेको छ । यस क्लबमा आबद्ध करिब २५ सय सदस्यमध्ये अधिकांश स्नातक तह माथिका छन् । दायित्व निर्बाह गर्ने क्रममा पाँच वर्षयता वार्षिक रुपमा यस क्लबले ५० देखि ८० वटा विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै आइरहेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts