विलासी जीवनशैलीले निम्त्याउँछ हृदयघात

(भिडियोसहित)



Download our app to get more features

मुटुको धड्कन एक्कासी बढ्ने र घट्ने हुँदा मुटुको भल्भ ब्लक हुने अवस्था आउँछ । मुटुको धमनी शतप्रतिशत बन्द भएको खण्डमा हृदयघात हुन्छ । यसकारण ४० वर्षको उमेरपछि मुटुको नियमित जाँच गराउनु पर्ने बताउँछन् मुटुरोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्य । मुटु रोग र हृदयघातको जोखिमबाट बच्न डा. वैद्यको सुझाब यस्तो छ:—

लक्षण 
–श्वास प्रश्वासमा समस्या आउनु ।
–छाती भारी हुनु ।
–छातीको दायाँ बायाँ दुख्नु ।
–पसिना आउने ।

कारण 
हृदयघात हुनुमा वंशाणुगत गुण पनि महत्वपूर्ण मानिन्छ । विलासी जीवनशैली, व्यायम नहुनु आदि कारणले शरीरमा रक्त सञ्चालन राम्रोसँग हुदैन जसका कारण पनि हृदयघातको जोखिम बढ्छ । साथै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । 
 
बच्ने उपाय
–नियमित व्यायाम गर्ने ।
–खानपानमा ध्यान दिने ।
–सागपात र फलफूल नियमित सेवन गर्ने ।
–तौल नियन्त्रणमा राख्ने ।
–धुम्रपान त्याग्ने ।
–मानसिक तनाव नलिने ।
–रक्तचाप, रगतमा चिनीको मात्रा नियमित परीक्षण गर्ने । 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-02-19 07:28:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts