कोलेस्ट्रोलबाट यसरी राख्न सकिन्छ मुटु र मस्तिष्कलाई सुरक्षित

हामीले सँधै सुन्ने गर्छौ, कोलेस्ट्रोल हाम्रो स्वास्थ्यका लागि धेरै नै खतरनाक हुन्छ भनेर । रगतमा बिकारयुक्त कोलेस्ट्रोलको मात्रा बढेपछि धमनिहरुमा रगत बग्नमा बाधा पुर्याउँछ र यसले दिमागलाई पनि हानि पुर्याउन सक्छ । यस अवस्थामा सकेसम्म कम वोसोयुक्त खाना खाने प्रयास गर्नुपर्छ ताकि तपाईंको मुटु र मस्तिष्क स्वस्थ रहन सकोस ।
आहारमा हानिकारक वोसो हुनु खतरनाक हुन सक्छ, यसको अत्यधिक मात्राले कोलेस्ट्रोल बढाइदिन्छ जसले मस्तिष्कमा बिटा एमिलोइड प्लेक्स बन्न थाल्छ । यसले मस्तिष्कको कोषिकाहरुलाई क्षति पुर्याउने गर्छ र सूक्ष्म धमनिहरुमा रुकावट उत्पन्न गर्छ । जसको सिधा असर मस्तिष्कको कार्यक्षमता र स्मरणशक्तिमा पनि पर्न जान्छ ।
भारत लखनऊका डा. अमृत राजका अनुसार सैचुरेटेड फ्याटयुक्त पदार्थ जस्तै: घ्यू, मक्खन, चीज, पनिर, मासु आदि र ट्रान्स फ्याटयुक्त पदार्थ जस्तै: तारेको परिकार, नुनिलो, चिप्स, बिस्कुट आदिको सेवन गर्नाले मानसिक स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । यि सब खाना खानुको साटो अनसैचुरेटेड फ्याटयुक्त पदार्थ जस्तै: जैतून, सूर्यमुखि, बदाम, मुंगफली, सोयाबीन तथा आलसको तेलको उपयोग गर्नु राम्रो हुन्छ ।
उनले भने, ‘ड्राइ फ्रुट्समा पनि यस प्रकारको बोसो हुन्छ जुन मस्तिष्क विकासका लागि फाइदाजनक हुन्छ । फल, हरीयो साग, तरकारी, अनाज, जैतून वा आलसको तेल आदि दिमागको सुक्ष्म रक्त वाहिनि नलिहरुलाई ठिक राख्नमा सहयोगी हुन्छ ।’
आलसमा ओमेगा–३ फ्याटी एसिड हुन्छ, जुन एक उत्तम एन्टी अक्सिडेन्ट हुनुका साथ साथै रगतमा बीटा–एमिलोइड प्रोटीन को मात्रा पनि कम गर्छ ।
डा. राजका अनुसार, उमेर बढ्नुको साथ साथै कोलेस्ट्रोल र शरीरमा रगतको मात्रा र ब्लड प्रेसरलाई नियन्त्रणमा राख्नु आवश्यक छ । किनकि रक्तचाप, मधुमेह तथा मोटोपना जस्ता रोेगले पनि स्मरणशक्ति कमजोर हुन्छ ।
(एजेन्सीको सहयोगमा)