बालबालिकालाई तन्दुरुस्त बनाउन खेलकूद



Download our app to get more features

तपाईंका बालबालिका फुर्सदको समय के गरी बिताउँछन् ? आफ्ना बालबालिकालाई भुलाउनका लागि टेलिभिजन, कम्प्यूटर, इन्टरनेट, भिडियोगेमस्मा छाडिदिने त गर्नुहुन्न ? याद राख्नुहोस्, आफ्ना बालबालिका मनोरञ्जनका लागि चौरमा कुद्ने, खेल्ने, उफ्रने भन्दा बढी टेलिभिजन, इन्टरनेट, भिडियोगेममा भुल्ने गर्नाले शारीरिक कसरतमा कमी आई शरीरलाई सक्रियता भन्दा बढी निस्कृय र अल्छी बनाइरहेको छ ।

खासगरी शहरका बालबालिकाहरू पढ्ने स्कूलमा पर्याप्त स्थानको अभाव हुँदै छ । सहरिकरणले गर्दा घरको वरपर पनि खेल्न पर्याप्त ठाउँ पुग्दैन फलस्वरूप एउटा कोठामा टेलिभिजन, कम्प्यूटर, इन्टरनेटलाई मनोरञ्जनको रूपमा प्रयोग गर्ने गर्दछन् । जसले गर्दा स्कूले केटाकेटीको शारीरिक गतिविधि एकदमै कम भएर गइरहेको विज्ञहरूको बताएका छन् ।

केटाकेटीलाई शारीरिक क्रियाकलापमा सक्रिय बनाउन अभिभावकको महत्वपूर्ण भूमिका रहेको वरिष्ठ बालरोग विशेषज्ञ प्रा.डा. विष्णु पण्डित बताउँछन् । उनका अनुसार बालबालिकाको माशंपेशीलाई मजबूत बनाउन शारीरिक सक्रियताको अति जरुरी पर्छ । व्यायामले केटोकेटीलाई राम्रो निन्द्रा लाग्न, दिनभर शरीर स्फुत राख्न एकदम मद्दत गर्छ । त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई आफूसँगै बिहान मर्निड्डवाकमा लिएर जाने, उनीहरूसँगै खेल्ने उफ्रिने गरिदिनुपर्छ । जसले उनीहरूको शरीर तन्दुरुस्त र फिट रहन मद्दत पुग्छ । व्यायाम तथा शारीरिक क्रियाकलापलाई सजाय वा बाध्यात्मक क्रियाकलापको रूपमा नभई रमाइलो खेलका रूपमा बुझाउनुपर्छ । यसमा आमाबाबुको पनि सक्रिय हुनुपर्छ ।

अहिलेका केटाकेटीको शारीरिक सक्रियतामा कमी हुनुमा मुख्यतः बसीबसी प्रयोग गरिने मनोरञ्जनका साधनको बढ्दो प्रयोग नै मुख्य कारण रहेको छ । यसको साथै बिना व्यायाम बाहिरी खानेकुराको बढ्दो प्रयोगको कारण शरीरको तौल बढ्ने, मोटोपनको समस्या देखापर्ने गर्दछन् । त्यसैले टेलिभिजन, इन्टरनेटभन्दा शारीरिक सक्रियता बढाउन मनोरञ्जनात्मक खेलकुदमा बढी जोड दिनु आवश्यक छ । जसले गर्दा शरीर तन्दुरुस्त भइ स्वास्थ्यमा लाभ पुग्छ । 

बिना कसरत हुर्केका बालबालिकालाई के घाटा पर्छ ? 

–    सामान्य दुर्घटनामै ठुलो स्वास्थ्य समस्या निम्त्याउने । 

–    सामान्य स्वास्थ्य समस्याले पनि गम्भीर अवस्था सृजना हुने ।

–    रोग प्रतिरोधात्मक क्षमतामा कमी । 

–    शरीरका मांशपेशीहरू राम्रोसँग् विकसित नहुने ।

–    रोग लाग्दा चाँडो निको नहुने ।
 

Last modified on 2018-02-18 10:12:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts