नक्कली आँखा नराखे सद्दे आँखा पनि बिग्रन सक्छ

(भिडियोसहित)



Download our app to get more features

नक्कली आँखा राख्नेको संख्या केही वर्षयता नेपालमा पनि बढीरहेको छ । चोटपटक वा अन्य संक्रमणका कारण आँखा गुमाएका व्यक्तिका लागि नक्कली आँखा अनिवार्य जस्तै हो । नक्कली आँखा प्रयोग नगर्दा अर्को सद्दे आँखामा कस्ता समस्या देखिन्छ भनेर आँखा विशेषज्ञ रविशंकर चौधरीको  भनाइ यस्तो छ :—
विभिन्न चोटपटक वा जन्मजातै कतिपय व्यक्तिको एउटा वा दुवै आँखाले काम नगर्ने हुन्छ । यदि एउटा मात्रै आँखामा समस्या भए सो स्थानमा नक्कली आँखा नराखे अर्को आँखा पनि गुम्ने वा कुरुप हुने सम्भावना हुन्छ । 

नक्कली आँखाले दृष्टि प्रदान नगरे पनि यसले सौन्दर्य र थप संक्रमणबाट बचाउँछ । यो हेर्दा सक्कली आँखा जस्तै देखिन्छ । यस्तो आँखा अर्को जस्तो छ सोही अनुसारको बनाइन्छ वा सद्दे आँखाको बनावट हेरेर नक्कली आँखा बनाउने गरिन्छ । 

यसरी बनाइन्छ नक्कली आँखा
हुनत आजकल बजारमा धेरै प्रकारका नक्कली आँखा पाइन्छ । सामान्य मेडिकल पसलमा पनि नक्कली आँखा राखिएको हुन्छ । तर यस्ता सबै आँखा स्वास्थ्यका हिसाबले उपयुक्त नहुन सक्छ । नक्कली आँखा बनाउँदा प्रयोग गरिएको उपकरण कस्तो छ यसमा ध्यान दिनुपर्छ । नक्कली आँखामा शरीरलाई कुनै साइडइफेक्ट नगर्ने पिएमएमए सामान प्रयोग गरिन्छ । कुन व्यक्तिको लागि कत्रो साइजको आँखा आवश्यक पर्छ विशेष उपकरणले नापेर सोही अनुसार तयार गरिन्छ । 

नक्कली आँखाको स्याहार
नक्कली आँखा राखिसकेपछि केही कुरामा सचेत हुनुपर्छ । आँखा लागइसकेपछि सम्भव भएसम्म हरेक तीन महिनामा आँखा निकालेर विशेषज्ञकोमा गएर सफा गर्नुपर्छ । नत्र त्यहाँ जम्मा भएको फोहोरले संक्रमण गराउँछ । यस्तै फोहोर हातले नछुने, आँखा पाकेका व्यक्तिको छेउमा नजाने, सफा पानीले आँखा धुने गर्नुपर्छ । 
नक्कली आँखा सबै उमेर समूहका व्यक्तिका लागि बनाइन्छ । तर, बालबालिकाको लागि भने धेरै महत्वपूर्ण हुन्छ । किनकी उनीहरूको शारीरिक वृद्धिका क्रममा समस्यायुक्त आँखाको भाग बढ्दै जान्छ । नक्कली आँखा राखिएन भने उसको आँखा रहने वरपरको भाग साँघुरो हँुदै जान्छ । पछि गएर सो आँखाले अनुहारको पाटोलाई नै कुरुप बनाउन सक्छ । पछि शल्यक्रिया गर्दा पनि नक्कली आँखा राख्न र त्यो पाटोलाई सामान्य बनाउन सम्भव नहुन सक्छ । यसर्थ, बालबालिकाको लागि यो अझ अनिवार्य हुन्छ । 

खर्च कति लाग्छ 
नक्कली आँखा नेपालीले खरिद गर्न सक्ने क्षमताको हुन्छ । यो धेरै महंगो छैन् । आँखा मात्र या आँखा वरीपरीको छाला सहित राख्नुपर्ने हो सो अनुसार मुल्य निर्धारण गरिएको छ । २० देखि ३५ हजारसम्ममा नक्कली आँखा राख्न सकिछ । 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-02-07 20:10:25

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

2 Comments

  1. Very nice articles about prosthetic eye by hamrodoctornews team, for more information eye health visit www.eyehealthnepal.com


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts