मधुमेहले आँखा जाला है !
मधुमेह अल्पबिकसित र विकाससिल देशहरुमा अन्धोपनको एक प्रमुख कारण हो । मधुमेहले मस्तिष्क, किड्नी र मुटु लगायत आँखा जस्तो अति महत्वपुर्ण अंगमा असर गर्दछ । मधुमेह सिर्जित दृष्टि समस्या बिस्तारै बढ्दै जाने र बिरामीले थाहा नपाई धेरै क्षति भैसकेको पनि हुन सक्छ । त्यस कारण यसलाई “silent disease” को रुपमा पनि लिन सकिन्छ । मधुमेह भएका मानिसहरुले समस्या आए पछी मात्र आँखा परिक्षण गर्ने सोच बनाउनु हानिकारक हुन्छ । नियमित जांचमा सामान्य किसिमको समस्या आइसकेको थाहा लागेमा दृष्टि कमजोर हुनबाट बचाउन र त्यो भन्दा बढी हानी हुनबाट रोक्न सकिन्छ । समयमा नै रोग पत्ता लगाउन नसकिएमा दृष्टि बचाउन कठिन हुने तथा कतिपय अवस्थामा त अन्धोपन जस्तो समस्या भोग्नु पर्ने हुन सक्छ ।
कसरी बचाउन सकिन्छ दृष्टि ?
१. मधुमेह भएको थाहा हुने बित्तिकै आँखाको बिस्तृत परिक्षण गराउने ।
२. दृष्टिमा केहि क्षति भैसकेको छ भने चिकित्सकको सल्लाह अनुसार उपचार र परिक्षण गराउने ।
३ . कम्तिमा हरेक २ बर्षमा एक पल्ट retina specialist वा नेत्ररोग विशेषज्ञ (ophthalmologist) बाट आँखाको जांच गराउने ।
मधुमेहबाट कस्ता समस्याहरु हुन सक्छन ?
१. मोतिबिन्दु
हाम्रो आँखा लाई विभिन्न दुरीमा हेर्न मद्धत गर्ने महत्व पूर्ण अंग हुन्छ जसलाई लेन्स भनिन्छ । लेन्सको फोकस गर्ने क्षमतामा मधुमेहले असर गर्न सक्छ । अर्को चाही मोतिबिन्दुको समस्या हो । मधुमेह नभएका मानिसहरुमा भन्दा मधुमेह भएका मानिसहरुमा मोतिबिन्दु हुने सम्भावना दुई गुना बढी हुन्छ र उनीहरुमा चाडै सुरु हुने तथा छिटो वृद्धि हुने हुन्छ ।
२. जलबिन्दु
मधुमेह नभएका मानिसहरुमा भन्दा मधुमेह भएका मानिसहरुमा जलबिन्दु हुने सम्भावना धेरै हुन्छ । जलबिन्दुले गर्दा आँखा भित्र हुने पानीको बहाबमा अबरोध आउने हुन्छ जसले गर्दा आँखामा पानीको चाप बढ्छ । त्यसले आँखाको पर्दा र दृष्टि नशा लाई क्षति पुग्दछ । यसरी गुमेको दृष्टि कुनै पनि उपचारबाट पुनः प्राप्त गर्न सकिन्न ।
३. आँखाको पर्दा (Retina) सम्बन्धी समस्याहरु
मधुमेहले धेरै असर गर्ने अर्को अति सम्बेदनसिल अंग भने आँखा पर्दा (Retina) हो जुन हाम्रो आँखा को पछाडीको भाग हो । यो भागमा दृष्टि नशा तथा प्रशस्त मात्रामा रक्त नलीहरु हुन्छन । Retina र यसमा हुने रक्त नलीहरु र कोशिकामा हुने परिबर्तन (Retinopathy) हरु नै दृष्टि कम्जोर हुने मुख्य कारण हो । मधुमेहबाट हुने आँखाको रोगलाई सुरुको अवस्था , बिचको अवस्था र अन्तिम अवस्था गरी तिन तहमा बिभाजन गर्न सन्छ ।
रक्त नलीहरुमा हुने पहिलो खालको समस्या ( background retinopathy) मा Retina का रक्त नलीहरुबाट रगत र प्रोटिन जस्ता पदार्थहरु चुहिने हुन्छ । यो तहको खरावीमा दृष्टि क्षमतामा नगन्य असर पर्दछ । यही अवस्थामा रोग निदान गरि उपचार गर्न सके दृष्टि सामान्य बनाउन सकिन्छ र मधुमेह नियन्त्रण भएमा गम्भीर खालको समस्या आउदैन ।
दोश्रो अवस्थामा ( non proliferative diabetic retinopathy) पर्दामा रगत नालिसगै स-साना रगतका पोकाहरु बन्ने, पर्दाको मुख्य भाग (macula) मा पानी जम्मा भई सुन्निने, केहि भागहरु सुक्ने र नलीबाट रगत चुहिने हुन्छ । समयमा उपचार गरेमा बचेको दृष्टिलाई यथास्थितिमा रोक्न सकिन्छ ।
तेश्रो किसिमको समस्या (Proliferative retinopathy) अझै खतरा पूर्ण हुन्छ । यो तहको समस्यामा पर्दामा नयाँ रक्तनलीहरु बढने र ति रक्तनलीहरु चाडै नै फुट्ने हुन्छ । यसले गर्दा पर्दामा रगत जम्मा हुने दृष्टि कम्जोर हुने, पर्दामा स्थाई प्रकृतिको दाग बस्ने हुन सक्छ । Retina मा एकपल्ट हानी भैसकेपछी पूर्ण दृष्टि रुपमा निको पर्न कठिन हुन्छ र अन्धोपन हुने सम्भावना रहन्छ ।
कस्तो मान्छेहरुमा पर्दाको समस्या बढी हुन सक्छ ?
पर्दामा यस्ता समस्याहरु ल्याउनमा विभिन्न तत्वहरु जस्तै उच्च रक्त चाप, मधुमेह सुरु भएको अबधि , अनुबंशिकता ,रगतमा ग्लुकोजको मात्राले भूमिका खेल हुन्छन । टाइप १ मधुमेह भएका प्राय सबै रोगीहरूमा retinopathy हुने सम्भावना हुन्छ भने टाइप २ मधुमेह भएका धेरै मानिसमा पनि retinopathy बिकसित हुन सक्छ ।
दृष्टि क्षमतामा कस्ता परिबर्तन आउँदा चिकित्सकसंग परिक्षण गराउने ?
- आँखा धमिलो देखिदै गएमा
- नजिकको पढ्न कठिन हुदै गएमा
- डबल भिजन अर्थात् एउटा बस्तु लाई दुइटा देखिने भएमा
- एक वा दुवै आँखा दुखेमा
- आँखाहरु भारी महशुस भएमा
- हेरेको दृष्टि क्षेत्रमा किरा, भुसुना, माकुरा जस्ता आकृतिहरु देखिने भएमा
- सधै हेरिने क्षेत्र वा परिधिको कुनै साइडमा बस्तुहरु नदेखिने भएमा
साधारण आँखा परिक्षण र मधुमेह सम्बन्धि आँखा परिक्षण उस्तै हो ?
साधारण आँखा परिक्षण र मधुमेह सम्बन्धि आँखा परिक्षणका केहि जांच समान भए पनि कतिपय परिक्षण फरक हुन्छन । साधारण आँखा परिक्षणमा दृष्टि क्षमता र आँखाका सामान्य रोगहरुको परिक्षण एवं उपचार हुन्छ भने मधुमेह भएका मानिसहरुमा विशेष गरि आँखाको पछाडीको भाग अर्थात् Retina को बिस्तृत परिक्षण गरिन्छ । यस्तो परिक्षण Retina सम्बन्धि बिशेषज्ञ चिकित्सकले गर्दछन । आँखाको नानी ठुलो पारेर , बिशेष यन्त्रबाट खिचिएको Retina को फोटो र विभिन्न भागहरुको स्क्यानहरुको अध्ययन गरेर Retina को सहि अवस्था थाहा पाउन सकिन्छ । कुनै कुनै अवस्थामा हातको नशाबाट औषधि पठाएर चभतष्लब का नशाहरुको angiogram गरेर पनि Retina को अवस्थाको जानकारी लिन सकिन्छ । त्यसै गरि भिडिओ एक्सरे (Ultrasound) गरेर पनि Retina का धेरै समस्याहरुको निदान गरिन्छ ।
रोकथाम
मधुमेह सिर्जित आँखा समस्याहरु सुरु भैसकेपछि क्षतिलाई पूर्ण रुपमा निर्मुल गर्न नसके पनि त्यस्ता समस्याहरु आउन नदिन र समस्या सुरु भए पछी पनि त्यसलाई बढ्न नदिन सकिन्छ । नियमित आँखा तथा Retina को परिक्षण गराउने , नियमित रुपमा रगतमा ग्लुकोजको मात्रको जांच गराउने, रक्त चाप र कोलेस्ट्रोल नियन्त्रण गर्ने, धुमपान नगर्ने र दृष्टि क्षमतामा परिबर्तन आउने बित्तिकै चिकित्सक संग परामर्श लिने गर्नाले मधुमेह बाट हुने आँखा र दृष्टि सम्बन्धि हानी लाई रोक्न सकिन्छ ।
नयाँ प्रबिधि र खोजहरुको प्रयोगबाट समयमा नै रोकथाम तथा उपचार गरि मधुमेहबाट दृष्टिमा पुग्न सक्ने हानी र नकारात्मक परिवर्तनबाट समस्या हुने मान्छेहरुको संख्या घट्दै गएको छ ।
मधुमेह सम्बन्धि आँखा रोगहरुको उपचारका बिधिहरु के के छन् ?
आँखामा नशाबाट रगत चुहिने र रक्त नलीहरु फुट्ने धेरै जस्तो समस्याहरुमा लेजर उपचार पद्धति प्रयोग गरिन्छ । यसले तत्काल रगत रोक्ने मात्र नभई अरु क्षति हुनबाट पनि रोकथाम गर्दछ । लेजर उपचार पद्धतिबाट उपचार गर्न अस्पतालमा भर्ना हुनु भने पर्दैन । आँखा भित्र धेरै रगत भएमा वा पर्दा च्यातिएमा अपरेशन गरेर पनि उपचार गर्न सकिन्छ ।
सम्झनुहोस !
- मधुमेहले हाम्रो आँखाको दृष्टि कम्जोर बनाउन सक्छ ।
- मधुमेहबाट हुन सक्ने हानीलाई रोक्न धेरै उपायहरु गर्न सकिन्छ ।
- दृष्टि कमजोरी हुनबाट बचाउन समयमा नै रोगको निदान हुन आवश्यक छ ।
- मधुमेहबाट आँखामा केहि कमजोरी आइसकेको रहेछ भने पनि त्यो भन्दा बढी हानी हुनबाट बचाउन सकिन्छ ।
- मधुमेहबाट आँखामा भएको असरको बिस्तृत जांचका लागि सम्भव भएमा आँखाको पर्दा Retina सम्बन्धी विशेषज्ञ चिकित्सक ( Retina Specialist ) सँग परिक्षण गराउनु पर्छ ।Retina Specialist चिकित्सक उपलब्ध नभए नेत्ररोग विशेषज्ञ ( General ophthalmologist) सँग आवश्यक परिक्षण गराई परामर्श लिन सकिन्छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।