बाजुरामा बीमा कार्यक्रम शुरु
बाजुरा, २२ माघ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा बाजुरामा पनि सञ्चालन हुने भएको छ ।
स्वास्थ्य बीमाको समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य बीमा सञ्चालन गर्न थालिएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए ।
जिल्लामा रहेका विपन्न, अतिगरिब, सीमान्तकृत, पिछडिएका वर्गको स्वास्थ्योपचारमा सहयोग पुग्ने गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको उल्लेख गर्दै स्वास्थ्य बीमा बोर्डका संयोजक भरत बोहराले स्वास्थ्यमा पहुँच पु¥याउनका लागि यो कार्यक्रम हरेक जिल्लामा लागू गर्न आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रमले एक घरका पाँच जनाको परिवाले रु दुई हजार ५ सय तिरेमा वर्षभरि सरकारले बिरामीको उपचारका लागि रु ५० हजार सहयोग गर्ने व्यवस्था रहेको संयोजक बोहराले जानकारी दिए ।
बीमाले आकस्मिक बिरामी मात्र नभई अन्य समयमा कुनै बीमाकर्ता बिरामी भए सरकारले छनोट गरेको स्वास्थ्य कार्यालयमा निःशुल्क उपचारका साथै कम पैसामा उपचार गर्न पाइने जनस्वास्थ्य अधिकृत कुँवरले बताए । जिल्लामा बीमा सञ्चालनका लागि जिल्लाका जनप्रतिनिधि, विभिन्न संघसंस्था, सञ्चारकर्मी, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको छ ।
स्वास्थ्य बीमाले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवा उपयोगका क्रममा हुनसक्ने अनियोजित व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै आर्थिक जोखिम व्यवस्थापन गर्ने बीमाको उद्देश्य छ ।
स्वास्थ्य बीमा कार्यक्रमले आमा सुरक्षा कार्यक्रमसँगै सरकारले आव ०६८/०६९ बाट लागू भएको कार्यक्रम सरकारले आव २०७२/०७३ बाट कार्यक्रम सञ्चालनमा ल्याएको हो । हालसम्म स्वास्थ्य बीमा सञ्चालन भएको जिल्लाबाट चार लाख ५१ हजार जनाले स्वास्थ्य बीमा गरेको बताइएको छ भने बीमाबाट रू १५ करोड आठ लाख १३ हजार संकलन भएको छ ।
रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>