यसरी बच्न सकिन्छ क्यान्सरबाट 



Download our app to get more features

क्यान्सर जो सुकैलाई जहिले पनि लाग्न सक्छ । महिला अथवा पुरुष बालकदेखि वृद्धवृद्धा जनुसुकै उमेरमा यो रोग लाग्न सक्छ । जती उमेर बढ्दै जान्छ यो रोग लाग्ने सम्भावना त्यति नै बढ्दै जान्छ ।

अनियन्त्रित शहरीकरणसँगै परिर्वतन भइरहेको जीवनशैलीका कारण नसर्ने प्रकृतिका रोगहरूको प्रकोप बढ्दो छ । त्यस मध्ये पनि क्यान्सर अझै तिव्र रुपमा बढ्दो क्रममा छ । यस्तो परिस्थितिमा आफुलाई यस रोगबाट जोगाएर राख्नु एक चुनौति भएको छ । क्यान्सर शरीरको बाहिरी या भित्री अंगमा हुन सक्छ । शुरूमा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । तर, जब यो फैलिन्दै जान्छ तब दुखाई लगायत विभिन्न लक्षण देखाउन थाल्छ । क्यान्सरको चार चरण हुन्छ । सुरुवाति अवस्थामै उपचार गरे थोरै खर्चमा नै सजिलै निको हुन्छ ।
यो रोग कसरी लाग्छ यसको उपचार बारेमा सबैले जानकारी राख्नु जरुरीे छ ।

यो रोगबाट बच्न निम्न कुरामा ध्यान दिन जरुरी छ

  • खैनी, चुरोट, बिंडी, पान, गुट्खा जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्दै नगर्ने । गरिरहेको भएको जतिसक्दो छिटो चटक्कै छोड्ने । बिस्तारै बिस्तारै छोडी हाल्छु भनेर हँुदैन । चटक्कै छोड्नु पर्छ ।
  • खानपानमा विशेष ध्यान दिने । खानामा सकेसम्म ताजा फलफूलको प्रयोग धेरै गर्ने । तारेको, भुटेको, पोलेको, बासी, ढँुसी परेको खानेकुरा खानु हँदैन । रातो मासु भन्दा सेतो मासु राम्रो तर धेरै मासु खानु भन्दा साकाहारी खाना राम्रो हुन्छ । जंक फुड, प्याकेट र डब्बाको खानेकुरा सकेसम्म नखाने ।
  • रक्सी धेरै खान हुँदैन । कहिलेकाही थोरै खान भने सकिन्छ । ठिक्क मात्रामा कफी, ग्रिन टी खाँदा राम्रोे हुन्छ । बोटलको पानी भन्दा ताजा पानी खानुपर्छ ।
  •  नियमित रुपमा शरीरिक कसरत गर्ने । मोटाउनु हुँदैन । 
  • पुरानो निको नभएको घाउ छ भने तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । 
  • स्तनपान गराइरहेका आमालाई स्तन क्यान्सरको सम्भवना कम हुन्छ । तेसैले कमसे कम ६ महिना बच्चालाई आमाको दुध खुवाने ।
  • आफ्नो शरीर आफंैले पनि नियमित जाँच गर्ने । कुनै नयाँ गाँठागुठी या गिर्खा, घाउ देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिने । 
  • ४० बर्ष काटेका महिलाले कमसेकम तीन बर्षमा मेमोग्राम परीक्षण गर्ने । 
  •  धेरै व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राख्नु हुँदैन । किशोरीहरूले यौन सम्पर्क शुरू नगर्दै क्यान्सरविरुछको खोप लगाउने । यसले पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्छ । हरेक महिलाले पाठेघरको जाँच गाराउनु पर्छ ।
  • रगत नातामा कसैलाई क्यान्सर भएको छ भने त्यस्ता व्यक्तिले सो व्यक्तिलाई क्यान्सर भएको उमेर भन्दा १० बर्ष अगाडिदेखि नै सो सम्बन्धी जाँच नियमित गराउने । 
Last modified on 2018-02-05 07:39:21

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts