चिसोमा लापरवाही नगरौं, दम होला

(भिडियोसहित)



Download our app to get more features

केही दिनयता काठमाडौंसहित देशभर चिसो निकै बढेको छ ।  यस्तो बेलामा सचेत नभए दम रोग देखिने र दमका पुराना बिरामीलाई झन गाह्रो हुनेगर्छ । दम लाग्नै नदिन र दमका पूराना बिरामीले  चिसोबाट कसरी बच्ने भनि कन्सल्टेन्ट फिजिसियन डाक्टर खेमराज भुषालले दिएको सुझाब यस्तो छ । 
सामान्य भाषामा दम भनेको विभिन्न कारणले श्वास नलीहरू साँघुरिदै जादा छाती फुक्दै जाने र श्वास प्रश्वासमा गाह्रो हुने, स्वाँ..स्वाँ.. आउने एक प्रकारको दीर्घ रोग हो । दमलाई दुई भागमा वर्गीकरण गरिएको छ ।
१. आज्मा 
२. सिओपिडी (क्रोनिक अब्स्टाक्टिभ पल्मोनरी डिजिज) ।
आज्मा दमलाई औषधिको माध्यमबाट निको पार्न सकिन्छ भने सिओपिडी भनेको निकै क्रोनिक भैसक्ने दम हो । यसलाई औषधिको माध्यमबाट निको पार्न सकिदैन् । दम जुनसुकै उमेर समूहका मानिसमा हुने भए पनि बढी  वृद्ध अवस्थामा हुन्छ । विशेषतः फोक्सोको समस्याले दम हुन्छ ।

मुख्य कारण :

  •  लामो समयसम्म धुम्रपान गरेमा । 
  • धुँवा धुँलोमा बसेमा ।
  • धुँलो आउने स्थानमा काम गरेमा ।
  • उनी, कपडा, माटो, ढुंगा, मार्बल लगायतका धुँलो निस्कने ठाउँमा काम गरेमा  ।
  • शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा ।

लक्षण:

  • स्वाँस्वाँ हुने ।
  • श्वास फेर्न गाह्रो हुने ।
  • खोकी लाग्ने ।
  • खकार बढी आउने ।
  • छाती फुले जस्तो भारी हुने ।
  • छाती दुख्ने ।
  • उकालोओरालो हिड्दा श्वास फेर्न धेरै असहज हुने ।

बच्ने उपाय :

  • धुम्रपान, मध्यपान नगर्ने ।
  • सम्भव भएसम्म धुँवा धुँलोबाट बच्ने । 
  • धुँवा वा धुँलो निस्कने ठाउँमा काम गर्नु पर्ने भए विशेष सावधानी अपनाउने । 
  • पैष्टिक आहारयुक्त सन्तुलित खाना खाने ।
  • रुघाखोकी निमोनिया विरुद्धको भ्याक्सिन लगाउने ।
  • न्यानो कपडा लगाउँने ।  

चिसोमा विशेष साबधानी :

चिसोयाममा दम हुने सम्भावना बढी रहन्छ भने भएकालाई पनि गाह्रो पर्ने गर्छ । सा–सानो लापरवाहीले गर्दा चिसोमा दमका रोगीले ज्यानै गुमाउने जोखिम पनि रहन्छ । चिसोका बेलामा न्यानो र तातो कपडा लगाउनुको साथै तातो झोलपदार्थ भएको खाना  प्रशस्त मात्रामा खानुपर्छ । रुघाखोकीबाट बच्ने, बिहान बेलुका हिँडडुुल गर्दा कान, टाउको, हातखुट्टा सबै छोपेर हिड्ने ।
तातो हुन खोज्दा आगो बाल्दा वा हिटर, एसी चलाउँदा झ्यालढोका थुनेर नबस्ने थोरै भए पनि अक्सिजन आउने ठाउँ खुल्ला राख्ने । स्वास्थ्यमा समस्या आए तुरुन्त अस्पताल जाने । 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-12-07 11:14:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts