ग्यास्ट्रिक बिग्रिए क्यान्सर
(भिडियोसहित)
खनपान र जीवनशैलीमा लापर्वाही गर्दा ग्यास्ट्रिकको समस्या हुने गर्छ । यो समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ । ग्यास्ट्राइटिस् के हो र यसबाट बच्ने आयुर्वेदिक उपचार पद्धति बारे आयुर्वेदिक चिकित्सक डा. नविन बाँस्तोलाको भनाइ यस्तो छ :-
ग्यास्ट्राइटिस्लाई नै बोलीचालीको भाषामा ग्यास्ट्रिक भन्ने गरिन्छ । चिकित्सकीय भाषामा ग्यास्ट्रिक भनेको पेट हो । ग्यास्ट्रिकमा देखापर्ने समस्या भएकाले नै ग्यास्ट्राइटिस् भनिएको हो ।
के हो ग्यास्ट्राइटिस् ?
मानव शरीरमा विभिन्न पाचन रसहरू हुन्छन् । खाना खाँदा आमाशयभित्र हाइड्रोक्लोरिक एसिड नामको अम्ल उत्पादन भइरहेको हुन्छ । जसले खानालाई पचाउनुको साथै, आमाशायभित्र रहेका किटाणुलाई मार्ने काम गर्छ । हेलीकोब्याक्टर पाइलोरी एक प्रकारको किटाणु हो । पेटभित्र हाइड्रोक्लोरिक एसिड र हेलीकोब्याक्टर पाइलोरीको समायोजित उत्पादन र मात्रा नमिले ग्यास्ट्राइटिस् हुन्छ ।
ग्यास्ट्राइटिस्का कारण :
- असन्तुलित खानपान हो ।
- खाना बढी खानु ।
- मसलेदार खानाका साथै, अमिलो, पिरो, चिल्लो बढी खानु ।
- पानी कम पिउनु वा शरीरमा पानीको मात्र कम हुनु ।
- धुम्रपान तथा मध्यपान बढी गर्नु ।
- खाली पेटमा दुध हालेको चिया÷कफी पिउनु ।
- खाना खाने बित्तिकै सुत्नु ।
- दिशापिसाब लामो समय रोक्नु ।
लक्षण:
ग्यास्ट्राइटिस् कुन स्टेजमा छ सोही अनुसार लक्षण देखिन्छ । साधारणतया पेट दुख्नु यसको प्रमुख लक्षण हो ।
- श्वास फेर्न असजिलो हुने ।
- मुखमा अमिलो पानी आउने ।
- पेट फुल्ने ।
- वान्ता आउने ।
- खान मन नलाग्ने ।
- छाती पोल्ने ।
- दिसा कालो आउने ।
- खाना अपच हुने ।
- नाइटो वरपरको भाग दुख्ने ।
- लामो समय भए तौल घटदै जाने ।
ग्यास्ट्राइटिस् बिग्रिए क्यान्सर
ग्यास्ट्राइटिस्लाई सामान्य रुपमा लिनु हुँदैन् । यसको बेलैमा उपचार नगरे ज्यानै जान पनि सक्छ । ग्यास्ट्राइटिस् बिग्रिए क्यान्सर जस्तो घातक रोग लाग्न पनि सक्छ ।
आमाशयको भित्तामा हुने इन्फ्लामेसन सुन्निएर दुख्ने समस्या पछि गएर ग्यास्ट्राइटिस्मा परिणत हुन्छ । ग्यास्ट्राइटिस्लाई उपचार गरिएन भने बिस्तारै यसले आन्द्रामा असर पुर्याउँछ र अल्सर समेत हुन्छ ।
बच्ने उपाय :
यसबाट बच्ने सबै भन्दा उपयुक्त तरिका भनेको नियमित र सन्तुलित खाना खानु नै हो । भोक लागेको बेला खाने नलागेको बेला कोचेर नखाने । धुम्रपान मध्यपान नगर्ने । सुख्खा खानेकुरा भुजिया, चिउरा जस्ता कुरा नखाने । बढी अमिलो, पिरो, चिल्लो खाना नखाने ।
ग्यास्ट्राइटिस् उपचारमा आयुर्वेदिक पद्धति
सही समयमा सही तरिकाले उपचार गरियो भने ग्यास्ट्रिक पूर्ण ठीक हुन्छ । आयुर्वेद उपचार पद्धतिमा ग्यास्ट्रिक उपचारको दुई विधि छन ।
समन चिकित्सा : यो भनेको जडीबुटी औषधि दिने हो । यसले एसीड नियन्त्रण गर्छ र ग्यास्ट्राइटिस् हुन दिदैन् ।
पञ्चकर्म विधि : यो विधि भनेको पेटमा भएको नराम्रो पित्तलाई विशेष प्रक्रिया वा वीरेचन विधिबाट बाहिर पठाउने हो ।
ग्यास्ट्राइटिस्का बिरामीले ध्यान दिनुपर्ने कुरा भनेकै उपचारपछि पूर्ण ठीक भइयो भनेर पुनः खानपानमा लापर्वही गर्यो भने पुनः ग्यास्ट्राइटिस् हुनसक्छ ।
भिडियो हेर्नुहोस्: