कसरी गर्ने माइग्रेनको उपचार ?
माइग्रेन एक प्रकारको न्यूरोलोजिकल रोग भएपनि मनोशारीरिक रोग पनि हो । अत्याधिक तनावमा रहने, ग्यास्ट्रिकले ग्रस्त, अनिन्द्राले ग्रस्त, एसिडिटीका रोगी, पूरानो कब्जियत, टाउको र मष्तिस्कका अन्य विभिन्न समस्याहरु, उच्च रक्तचाप, र हार्मोनहरुको गडबडी भएकाहरुलाई यो रोगको धेरै जोखिम हुन्छ । सहनै नसक्ने गरी टाउको दुखेको अवस्थामा औषधिहरुको सहायताले उपचार गर्नुपर्ने हुन्छ । तर यो दीर्घकालीन उपचार भने होइन । माइग्रेनलाइ दीर्घकालीन रूपमा ठीक गर्न जीवन शैली तथा प्राकृतिक उपचार उपयोगी मानिन्छ ।
जीवन शैली उपचार
१ निन्द्रा पूरा गर्न कुनै कनजुष्याई नगरी दैनिक कम्तिमा ६ देखि ८ घण्टा नियमित गहिरो निन्द्रा सुत्ने गरौं । सुत्ने र उठने समय नियमित एउटै समयमा गर्नाले माइगे्रनबाट बच्न सकिन्छ । सुताईमा अनियमितता हुनेहरूमा यो समस्या ज्यादा पाइएको छ ।
२. तनाब, चिन्ता, भय, र उदासिनता जस्ता मानसिक समस्याले यो रोगलाई बढावा दिने हुँदा उल्लेखित समस्याहरुको यथोचित व्यावस्थापन गर्नुपर्छ ।
३. उत्तेजक प्रकाश, होहल्ला र खैला–बैलाले पनि यो लाई बढावा दिने हुँदा यस्ता कुराबाट बच्नुपर्छ ।
४. प्रसस्त पानी नपिउनेहरु पनि यो समस्याको शिकार हुने गर्छन् । अतः दैनिक ४ देखि साढे पाँच लिटर पानी पिउनुपर्छ ।
५. लामो समयसम्म निस्क्रिय जीवन जिउनेहरुमा यो रोग ज्यादा देखिएको छ तसर्थ हप्तामा कम्तिमा ५ देखि १२ घण्टा व्यायाम, श्रम वा सक्रिय जीवनमा संलग्न हुनु जरुरी हुन्छ ।
६. तारेको, भुटेको मसालादार खानेकुरा खानेहरु, खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकीन सेवन गर्ने, तातो र अति चिसो खाद्य पदार्थ तथा बोतल र बट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु, फास्ट तथा जंक फुड खानेहरु पनि यो रोगको शिकार हुने गरेका छन् ।
७. भोजनको नियमिततामा ध्यान दिनु जरुरी हुन्छ । समयमा भोजन नगर्नाले एसिडिटी बढ्न गई माइग्रेनको प्रकोप बढ्न सक्छ ।
८. योग, ध्यान, प्राणायाम, जस्ता उपायहरु सिकेर नियमित अभ्यास गर्ने गर्नुपर्छ । माइग्रेन तनावपूर्ण जीवन जिउनेहरु, डर, चिन्ता, खिन्नता, उदासिनता र अनिन्द्राका रोगीलाई सताइहने समस्या हो । तसर्थ तनाव व्यवस्थापन नै माइग्रेन निवारणको कडी हो ।
९. शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागि योग आसन, योग निद्रा, माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक (MSRT), प्राणिक–इनरजाईजीङ्ग–टेक्निक (PET), सेल्फ– मेनेजमेन्ट–अफ–एक्सेसिभ –टेन्सन (SMET), जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक (JPMRT) डिप–रिल्याक्सेसन्–टेक्निक (DRT), क्विक–रिल्याक्सेसन–टेक्निक (QRT), ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु सिकेर नियमित अभ्यास गर्ने गरौं ।
१०. अमिला फलफूल, काँक्रो, बन्दाकोभी, गाँजर, खरभुजा जस्ता क्षारीय फलफूलका रस तथा नरिवल पानीको सेवन गर्नु पर्छ । उपवासले पनि यो रोगलाई फाइदा पुर्याउँछ ।
प्राकृतिक उपचार
१. टाउकाको मालिसले माइग्रेनलाई विशेष फाइदा पुर्याउँछ । शीत गुणले युक्त जडीबुटीको बासनादार एरोमेटिक तेलले मालिस गर्दा यो रोग निवारण्मा अझ राम्रो हुन्छ ।
२. उष्ण पादस्नानको प्रयोग पनि यो रोगमा रामवाण तुल्य कम गर्छ ।
३. रुमाललाई तातो पानीमा डुबाएर दुखेको ठाउँमा मालिस गर्दा पनि माइग्रन कम हुन्छ ।
४. एक्युपंचर पनि माइग्रेनको उपचारको महत्वपूर्ण विधि हो ।
५. माइग्रेन रोकथामका लागि किरोप्राक्टिस, फिजियोथेरेपी, मालिस, एक्यूप्रेसर र रिफ्लेक्सोलोजी पनि प्रभावकारी उपचार हुन् ।
६. अध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा बिरामीले आराम महसुस गर्छन् ।
७. म्याग्नेसियम, कोइन्जाइम क्यू (त्त), राइबोफ्लेविन, विटामिन बी १२ जस्ता पोषक तत्वयुक्त खाद्यान्नले पनि माइग्रेन कम गर्न सहयोग गर्छ ।
८ शिरोधारा, शिरोवस्ती, उपयुक्त औषधीय द्रव्यको नास्य जस्ता आयुर्वेदिक उपचार विधिहरु पनि यो रोगमा लाभकारक छन् ।
९. दैनिक रुपमा ठूलो बादाम सेवन गर्ने, तुलसीको पातको रस महसँग बिहान बिहान खाने र दूबोको रसको सेवन गरेपनि माइग्रनबाट छुट्कारा पाउन सकिन्छ ।
१०. जलनेति, सूत्रनेती, कुन्जल, एनीमा, जस्ता योगिक सोधन बिधिहरू पनि यो रोगको उपचारका महत्वपूर्ण आयामहरु हुन् ।