आँखा दान गर्ने मृतकको सामुहिक श्रद्धाञ्जली सभामा भावुक आफन्त [फोटोफिचर]

What's This?


Download our app to get more features

काठमाडौं,१६ पुष । 'आँखा दान महादान' भन्ने उक्तिसँगै नेपाल आँखा बैंकले शनिवार मरणोपरान्त आँखाको नानी दान गरि निधन हुने व्यक्तिहरुको सम्झनामा सामुहिक श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । श्रदाञ्जली सभामा मृतकका आफन्तको सम्झनामा दीपप्रज्वलन तथा फूलमाला अपर्ण गरेका छन् । 

श्रद्धाञ्जली सभामा उपस्थित अधिकांश आफन्तहरु निकै भावपूर्ण देखिएका थिए । मृतक आफन्तको सम्झनामा उनीहरुले तिलगंगा आँखा अस्पताल प्राङगणमा बनाइएको स्मारकमा दीपप्रज्वलन तथा फूलमाला अर्पण गरिरहँदा वातावरण शोकाकुल बनेको थियो ।  

जन्मजात फुलो परेर वा आँखामा चोट लागेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ ।
नेपालमा दृष्टिविहिन हुनुको दोश्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हो । नेपालमा आँखाको नानीका कारण दृष्टिविहिन भएका थुप्रै व्यक्तिहरु छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन् । मृत्यु पश्चात आँखा दान गरिदिने हो भने दुई भन्दा बढी दृष्टिविहिनले यो संसार देख्न पाउँछन् ।  

नेपाल आँखा बैंकले सुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा दृष्टिविहिनहरुको लागि वरदान सावित भएको छ । बैंकमा अहिले ७० हजार भन्दा बढी दाताले मृत्यु परयन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने  झण्डै १२ हजार ५ सय जनाले आँखाको नानी दान प्राप्त गरि पूनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ । 

विभिन्न कारणवश आँखाको नानी विग्रिएर दृष्टिविहिन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो । आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानी  उपलब्ध गराउने गदर्छ । सुरुवातको अवस्थामा पशुपतिको आर्यघाट लगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धि मानिसहरुमा जनचेतना जगाई यस सम्बन्धी बुझाइन्थ्या भने अहिले यी सँगै आर्यघाट विद्युतीय शवदाह गृह लगायत काठमाडौंमा रहेका ३ वटा ठूला अस्पताल वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बैकंबाट खटाइएका परामर्शदाताहरुले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ । 

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले भनिन् 'धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई धन्यवाद दिन, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो ।'  

नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायनाले भने, 'मानिसको मृत्युपश्चात जसरी धार्मिक रितीरिवाज अनुसार संस्कार गरिन्छ त्यसरी नै आँखादान लाई पनि संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहिनलाई पूःन दृष्टि प्रदान गर्न  अझ प्रभावकारी सावित हुनसक्छ ।'

Last modified on 2017-12-31 12:14:58

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts