कमोटको सिटभन्दा १७ गुणा बढी फोहोर हुन्छ ब्यागयुक्त चिया !



Download our app to get more features

कार्यालय वा घरको कामबाट थकान महशुस भएका बेला चिया पिउन सबैले रुचाउँछन् । चिया पिउनाले थकान तुरुन्तै गायब हुने उनीहरूको विश्वास हुन्छ । चियाका शौखिनहरूका लागि त टिव्याग वरदान नै सावित भएको छ । तर, हालै बेलायतमा सार्वजनिक एक अध्ययनले भने व्यागयुक्त चिया अत्यन्तै फोहोर हुने जनाएको छ । 

लण्डनको इनिशल वासरुम हाइजीन नामक संस्थाले गरेको अध्ययन अनुसार अफिसमा प्रयोग हुने ब्यागयुक्त चियामा कमोटको सिट भन्दा १७ गुणा बढी ब्याक्टेरिया पाइन्छ । प्रायः जसो अफिसमा ब्यागबाला चिया प्रयोग गर्ने गरिन्छ । किनकी अफिसका लागि ब्यागयुक्त चिया सहज मानिन्छ । तर, अध्ययनका अनुसार कमोटको सिटमा २२० ब्याक्टेरिया हुन्छ तर अफिसमा प्रयोग हुने टिब्यागमा ३७ सय ८५ ब्याक्टेरिया हुन्छन । 

त्यति मात्र नभई चिया पकाउने किट्लीको ह्यान्डिलमा २४ सय ८३ ब्याक्टेरिया, प्रयोग गरिसकेको ह्यान्डिलमा १७ सय ४६ ब्याक्टेरिया र फ्रिजको ह्यान्डिलमा १५ सय ९२ ब्याक्टेरिया हुने गर्छ । यसबाहेक अध्ययन रिपोर्टका अनुसार अध्ययनमा अफिसमा काम गर्ने लगभग ८० प्रतिशत कर्मचारीले फ्रिज खोल्ने, चिया र कफी बनाइ सकेपछि हात धुदैनन् । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-12-31 10:22:16

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts