किष्ट मेडिकल कलेज दश दिनदेखि बन्द, प्रशासन भने मौन !

What's This?


Download our app to get more features

काठमाडौं,९ पुष । किष्ट मेडिकल कलेजमा इमर्जेन्सी बाहेक सबै सेवा ठप्प भएको दश दिन बितिसक्दा समेत खुल्ने छाँट देखिएको छैन् । 

पुष २ गतेदेखि अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवाहरु ठप्प पारी कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । आन्दोलनरत कर्मचारीहरुको मागप्रति प्रशासनले बेवास्ता देखाउँदा आन्दोलन थप लम्बिने संकेत देखिएको छ ।  
अस्पतालमा कार्यरत करिब पाँचसय कर्मचारीहरुले काम रोकेको दश दिन बितिसक्दा पनि प्रशासनले आन्दोलनरत कर्मचारीहरुसँग एकपटक पनि सम्पर्क नगरेको उनीहरुको गुनासो छ । 

आन्दोलनरत कर्मचारी रुपेश केसीले भने 'हाम्रो माग सम्बोधन गर्ने त परै जाओस् हड्ताल भएयता प्रशासकहरु अस्पतालमा पसेकै छैनन् ।' 'करिब पाँचसय कर्मचारी दशदिन देखि काम रोकेर हड्ताल उत्रेको छ, यसमा प्रशासनले केही चासो दिएको छैन्' उनले गुनासो पोखे ।   

अस्पतालमा कर्मचारीहरु आन्दोलनमा उत्रेपछि किष्ट मेडिकल कलेजमा चलिरहेको परीक्षा समेत प्रभावित बनेको छ । सैद्धान्तिक परीक्षा चलेपनि अस्पतालमा विरामी नआएपछि भने परीक्षार्थीको प्रयोगात्मक परीक्षा समेत रोकेको छ ।   

प्रशासनपक्षसँग हाम्रो डक्टरले दुईदिन देखि पटकपटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन्, यस्तै गुनासो आन्दोलनरत कर्मचारीहरुको छ । 

पुष २ गतेदेखि कर्मचारीहरुले इमर्जेन्सी बाहेकका ओपिडी र प्रशासनिक कामहरु बन्द गरेका छन् । कर्मचारीहरु आन्दोलनमा आएको भन्दै प्रशासनले उनीहरुको हाजिरी समेत रोकेको छ ।  
तलब बृद्धि, कल्याणकारी कोष, कर्मचारीलाई गाडी भाडा, बिभिन्न बिदाहरु ब्यवस्था, जोखिम भत्ता लगायतका १५ सुत्रीय माग राखी कर्मचारीहरु आन्दोलित छन् ।


 

Last modified on 2017-12-25 17:19:58

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts