‘दुई मिनेट चाउचाउ : स्वास्थ्यलाई जाऊजाऊ’



Download our app to get more features

विकास प्रगति, आधुनिकता र सञ्चार प्रविधिको तीब्र गतिका कारण आज एक सेकेण्डमै विश्वसँग राम्रो सञ्चार र सम्बन्ध संभव भएको छ । तर ‘हरेक सिक्काका दुई पाटा हुन्छन्’ भनेजस्तै यिनका पनि विपरीत पाटा छन् । तयारी चाउचाउ (INSTANT NOODLES) विपरीत पाटामध्येको एक पाटो हो, जुन शहरी जीवनको अविभाज्य आवश्यकता बनिसकेको छ आज । पढौँ ‘इन्स्टेन्ट नुडल्स’बारे रोचक जानकारी । 

१. तयारी चाउचाउको धेरै प्रयोगले रगतको कमी हुन्छ ।  
२. तयारी चाउचाउ खानेलाई जोर्नी (JOINTS) दुख्ने समस्या हुन्छ ।
३. अनेक प्रकारका यस्ता उत्पादनको सेवनले स्मृति क्षमता कमजोर बनाउँछ । 
४. यस्ता ‘प्याकेट’का सामग्रीले हाम्रो किड्नीमा नराम्रो असर गर्छन् । 
५. २ मिनेटमा तयारी हुने विज्ञापनका साथ बजारमा बिक्री गरिने यस्ता उत्पादनले कलेजोलाई नराम्रो असर गर्छन् । 
६. हतारको यस्तो खाद्य सामग्रीले हाम्रो सुन्ने क्षमतामा नराम्रो प्रभाव पार्छ । 
७. यस्ता रेडिमेड खाद्य सामग्रीले टाउको दुख्ने रोग निम्त्याउँछ । 
८. बजारमा उपलब्ध यस्ता वस्तुको सेवनले भोक मार्छन् । 
९. छिट्टै तयार गर्न सकिने लोभले प्रयोगमा ल्याइने यस्तो भोजनले मोटोपना बढाउँछ । यसको प्रयोग नगरे नै वेस ।
१०. ‘हतारको भोजन’ भनिने तयारी चाउचाउ खानाले हाम्रो पाचन प्रणालीलाई नराम्ररी प्रभावित गर्छ । भोजन समयमा पच्दैन, जसले पेट दुख्ने समस्या निम्त्याउँछ । 
११. बिहानको खाजामा चाउचाउको प्रयोग गर्नु विषसरह नै हो । यसमा कार्बोहाइड्रेडको उच्च मात्रा रहेको हुन्छ । शरीरले यसलाई समयमा पचाउन सक्दैन । 
१२. यस्ता उत्पादनहरूमा हानिकारक रसायन(CHEMICAL) मोनोसोडियम ग्लुकोमेट (MONOSODIUM GLUCOMATE)   को मात्रा हुन्छ । यो रसायन शरीरका लागि अत्यन्त हानिकारक हो । 
१३. मोनोसोडियमा ग्लुकोमेटले क्यान्सरको खतरा निम्त्याउँछ । 
१४. भारतको राजधानी नयाँ दिल्लीमा भर्खरै म्यागी चाउचाउको जाँच गरियो । जाँचमा म्यागी चाउचाउमा सिसा (LEAD) को मात्रा १७ पीपीएम पाइयो, जुन स्वास्थ्यका लागि हानिकारक छ । 
१५. सिसा(LEAD) शरीरमा एकत्रित भएर दीर्घकालीन रूपमा विपरीत प्रभाव गर्छ । यसले मस्तिष्क, किड्नी र प्रजनन् क्षमतालाई नराम्रो असर पार्छ । 
१६. मानिस शरीरका लागि खाद्य पदार्थमा ०.००१ पीपीएम भन्दा बढी सिसाको मात्रा हानिकारक छ । 
१७. यस्ता सिसायुक्त खाद्य पदार्थले तपाईंको शरीरमा दुष्प्रभाव दिन्छन् । प्रचुर मात्रामा ‘अक्सिडेन्ट’युक्त फलको ताजा रस सेवन गर्नाले नकारात्मक असरलाई कम गर्न सकिन्छ । साथै प्रचुर मात्रामा पानि पिएर हरिया सागसब्जीको सेवनले शरीरको ‘टक्सिन’ बाहिर निकाल्न सघाउँछ । 
१८. यस्ता चाउचाउ परिष्कृत पिठो वा मैदाले बनाइन्छ । लामो समय सुरक्षित राख्न यसमा ‘प्रिजरभेटिभ’ मिसाइन्छ, जुन स्वास्थ्यका लागि राम्रो होइन । 
१९. चाउचाउको विज्ञापनमा पोषक तत्त्व र प्रोटिन रहेको भनिन्छ, तर यसमा कुनै पोषक तत्त्व हुँदैन, ‘फाइबर’ पनि हुँदैन । यसमा उच्च मात्रामा ‘कार्बोहाइड्रेड’ हुन्छ । 
२०. केही कम्पनीहरूले ‘ओट्स’ र पिठोबाट बनाइएको भनी प्रचार गर्छन् तर वास्तविकतामा मैदाको ठूलो मात्रामा केही मात्रामा मात्र पिठो र ‘ओट्स’ मिसाइन्छ । 
२१. केही कम्पनीहरूले आफ्ना चाउचाउका प्याकेटभित्र तरकारीका टुक्रा मिसाएका हुन्छन् । यी तरकारीका टुक्राहरूमा पनि ‘प्रिजर्भेटिभ’ मिसाइएको हुन्छ, जसले पाचन क्रियालाई सुस्त बनाउँछ । 
२२. दुई मिनेटमा खानलाई तयारीको रहस्य यति नै हो । तपाईंको हातमा आएको ‘प्याकेट’भित्रको सामग्री पहिला नै पकाएर पठाइएको हुन्छ । 
२३. चाउचाउ तयार गर्न ‘टा«न्सफ्याट’को प्रयोग गरिएको हुन्छ । ‘ट्रान्सफ्याट’ स्वास्थ्यका लागि हानिकारक छ । ‘ट्रान्सफ्याट’ले अति छिट्टै मोटोपना ल्याउँछ । 
२४. ‘मोनोसोडियम ग्लुकोमेट’ ‘स्लो प्वाइजन’ हो । सेतो रङको चम्किलो ‘मोनोसोडियम ग्लुकोमेट’ अथवा अजिनो मोटो एउटा ‘सोडियम साल्ट’ हो । यसले खानामा स्वाद ल्याउने काम गर्छ । तर वास्तवमा यसले स्वाद ग्रन्थीलाई नै निष्क्रिय बनाइदिन्छ । 
२५. अल्पमात्रामा प्राकृतिक भोजनमा पनि ‘एमएसजी’ हुन्छ । जस्तै ः आलु, टमाटर, च्याउ, अङ्गुर, पनिर आदि । 
२६. तयारी चाउचाउ मात्र होइन, अन्य रेडिमेड खाद्य सामग्रीमा पनि ‘एमएसजी’, ‘लिड’, ‘ट्रान्सफैट’ र प्रिजर्भेटिभ मिसाइएको हुन्छ । जस्तै ः टिन प्याकिङमा पाइने सामग्री, ‘प्रोसेस्ड फुड’ आदि यावतका चिप्स, कुरकुरेलगायतका समस्त सामग्री । 
२७. अहिले युवाहरूमा सफ्ट ड्रिङ्क्सका साथ प्याकेटको चिप्स, कुरकुरे आदि खाने फेसन बनेको छ । यो स्वास्थ्यलाई दोब्बर हानिकारक हो । 
२८. यस्ता अधिकांश उत्पादनमा स्वाद बढाउन ‘फ्लेवर इन्हेन्सर’(FLAVOUR ENHANCER 635) प्रयोग गरिन्छ । यो एउटा रसायन हो, जुन माछा मासुबाट प्राप्त हुन्छ । स्वाद ल्याउनलाई यसको प्रयोग गरिन्छ । ‘फ्लेबर इन्हेन्सर’ मिसाइएको कुनै पनि चाउचाउ शाकाहारी हुँदैन । 
२९. मुम्बईस्थित ‘होप एण्ड केयर क्लिनिक’का डाक्टर अक्षत चढ्ढाका अनुसार रेडिमेड चाउचाउका साथ उच्च सोडियमयुक्त पदार्थ सेवन गर्नुहुन्न, जस्तो ः प्याकेटका चिप्स, प्याकिङको मासु र अन्य ‘रेडी टु इट’ सामग्रीहरू ।
३०. सन् २००८ को अक्टुबरमा नेस्ले कम्पनीले बंगालादेशमा आफ्नो उत्पादन म्यागीबारे भ्रामक विज्ञापन प्रसारण ग¥यो । विज्ञापनमा भनिएको थियो, म्यागी खानेको हाड बलियो हुने, केश आउने । यस विज्ञापनका लागि नेस्लेलाई दण्डित गरियो । 
३१. सन् २०१३ मा खोजी पत्रकारिताका लागि पुलित्जर पुरस्कार पाउने न्यूयोर्क टाइम्सका पत्रकार माइकल मोसले ‘साल्ट सुगर फ्याट’ नामक किताब लेखेका छन् ।
३२. माइकलका अनुसार अत्यधिक गुलियो, नुनिलो र चिल्लोयुक्त खाद्य पदार्थले मस्तिष्कको त्यो भागलाई उत्तेजित बनाउँछ, जसलाई कोकिनले उत्तेजित बनाउँछ । 
३३. माइकलका अनुसार खाद्य र पेय व्यापारसँग सम्बन्धित बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना प्रयोगशालामा यस्ता तथ्याङ्क एकत्रित गर्छन्, जसले उनीहरूलाई नुन, चिनी, फ्याटको कति मात्रा मानव मस्तिष्कले सहज रूपमा ग्रहण गर्न सक्छ थाहा हुन्छ । 
३४. उक्त किताबका अनुसार केटाकेटीले प्राकृतिक रूपमा नुनिलो मनपराउँदैनन् । केटाकेटीलाई उच्च नुन भएका उत्पादन आलु, चिप्स, बेकन, सुप, हट डग्स, फ्रेन्च फ्राइज, पिज्जा खाएपछि बानी पर्छ र उनीहरूले जीवनभर यसको प्रयोग गर्छन् । 
३५. खाद्य र पेयसम्बन्धी उप्पादनको सबैभन्दा ठूलो कम्पनी नेस्ले हो । स्विट्जरलैण्डको वेवेमा मुख्यालय भएको यस कम्पनीका १९४ देशमा ४४७ फ्याक्ट्री छन् । यो कम्पनीसँग ३ लाख ३३ हजार कर्मचारी छन् । यस कम्पनीको वार्षिक आम्दानी २ लाख ३३ अर्ब अमेरिकी डलर छ । यस कम्पनीले कैयौँ देशमा नीति निर्माणसम्ममा दखल राख्छ । 
३६. भारतको ‘सेन्टर फर इनभाइरोमेन्ट एण्ड साइन्स’ (CSE) का अनुसार एउटा स्वस्थ मानिसले दिनभरमा ६ ग्रामसम्म नुन खानुपर्छ । तयारी चाउचाउको एउटा प्याकेटमा तीन ग्राम नुन हुन्छ र कार्बोहाइड्रेडको मात्रा ७० प्रतिशत हुन्छ । 
३७. सीएसईको ल्याब रिपोर्टका अनुसार स्वस्थ जीवनका लागि एउटा वयस्क पुरुषले एक दिनमा २ हजार ३२० क्यालोरी, २९०–३४८ ग्राम कार्बोहाइड्रेड, ६ ग्राम नुन, ३९–७८ ग्राम फ्याट, २० ग्राम चिनी खानुपर्दछ । 
३८. यसैगरी महिलाहरूले १९ सय क्यालोरी, २६३–३१५ ग्राम कार्बोहाइड्रेड, ६ ग्राम नुन, ३५–७० ग्राम फ्याट, २० ग्राम चिनी आवश्यक हुन्छ । 
३९. १०–१२ वर्ष उमेरका केटाकेटीहरूले २१ सय ग्राम क्यालोरी, २३८–२८५ ग्राम कार्बोहाइड्रेड, ६ ग्राम नुन, ३२–६४ ग्राम फ्याट खानुपर्छ । 
४०. तयारी चाउचाउलगायतका अन्य फास्ट फुड सेवन गर्दा तपाईंको शरीरमा नुन, चिनी र फ्याटको चाहिनेभन्दा बढी मात्रा प्रवेश गरीरहेको हुन्छ । चाउचाउ उत्पादन प्रक्रियामा कम्पनीहरूले के कस्तो तेल प्रयोग गरिरहेका छन् ? त्यो अर्को गम्भीर विषय हो । 
४१. तपाईंले सेवन गरेको चाउचाउ तपाईंको पेटमा पच्न अत्यधिक समय लाग्छ । एक जना डा. ब्राडन कुओ (BRADEN KUO) ले पेटमा एउटा सानो कैमरा फिट गरेर चाउचाउ कसरी र कतिबेरसम्म ‘डाइजेस्ट’ हुँदैन, त्यसको भिडियो छायाङ्कन गरेका छन् । 
४२. लामो समय राखी राख्न तयारी चाउचाउमा प्रिजर्भेटिभ (PRESERVATIVE) मिसाइएको हुन्छ । यसलाई(TERTIARY BUTYL HYDROQUINONE -TBHQ) भनिन्छ । यो पेट्रोलियम उद्योगको ‘बायो प्रोडक्ट’ हो । यसले ‘एन्टिअक्सिडेन्ट’को काम गर्छ । तर यो कदापि बिर्सनुहुन्न कि यो प्राकृतिक एन्टिअक्सिडेन्ट नभएर एउटा ‘सिन्थेटिक केमिकल’ हो (SYNTHETIC CHEMICAL) । यस केमिकलले यो जुन खाद्यवस्तुमा प्रयोग गरिएको हो, त्यसमा रहेको फ्याट र आयललाई ‘प्रिभेन्ट’ (PREVENT) गरेर वस्तुको आयु लम्ब्याउँछ । 
४३. यस टीबीएचक्यू (TBHQ) रसायनको प्रयोग रङ, वार्निस र कीटनाशक औषधिमा गरिन्छ । 
४४. एफएओ र डब्लूएचओ (FAO/WHO) का विज्ञ सम्मिलित १९औँ, २१औँ बैठकले मानवमा खपत हुने टीबीएचक्यूको मात्रा निर्धारण गरेको छ । ०.५ मिलिग्राम÷केजी को खपतलाई निर्धारण गरेको छ । यसभन्दा बढीको मात्रा शरीरका लागि हानिकारक हुन सक्छ । 
४५. अमेरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनले कुनै पनि खाद्यवस्तुमा रहेको ‘फ्याट’ र तेलको कुल मात्राको ०.०२ प्रतिशत टीबीएचक्यूको मात्रा निर्धारण गरेको छ । टीबीएचक्यूको मात्रा योभन्दा बढी भएमा त्यसलाई खानयोग्य मानिँदैन । 
४६. टीबीएचक्यू एक प्रकारको बिष हो । यसले शरीरमा प्रवेश नपाएकै उत्तम मानिन्छ । एक अध्ययन अनुसार यसको एक ग्रामको मात्राले शरीरमा ठूलै हानि पु¥याउँछ । 

(आज विमोचित पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ बाट)
 

Last modified on 2017-12-17 17:25:31

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts