बायोमेडिकल उपकरण प्रयोगको चुनौती
प्रविधिको विविधायुक्त प्रयोग नेपालको स्वास्थ्य क्षेत्रमा अंगिकार गर्न थालिएको केही दशक भएको छ । यो केही दशकको समयावधीमा आम नेपाली समुदायले यसको प्रत्यक्ष लाभ उठाइरहेका छन्/छौं ।
सन् १९०१ मा कार्ल रिट्रले बिरामीको रक्तचाप मापनका लागी आविश्कार गरेको स्पाइग्नोम्यानोमिटर स्वास्थ्य क्षेत्रको लागी कोशेढुंङ्गा सावित भएको छ । यसपछि क्रमशः आविश्कार हँुदै गएका तमाम बायोमेडिकल उपकरणले बिरामीको उपचारमा महत्वपूर्ण सहायता गर्दै आएका छन् । क्स–रे को सहायताले विल्हेम रोएन्टेजनले फोटोग्राफिक प्लेटमा आफ्नी श्रीमतीको हात जब उतार्न सफल भए त्यसपछि उनको यो अमुल्य योगदानले आज पर्यन्त समग्र विश्व उपचारमा सहज बनिरहेको छ । सन् १९२४ मा नोबेल पुरस्कारले सम्मानित बन्न पुगेको आविश्कारको नाम हो, विल्लेम आइन्थोबिन । उनले आविश्कार गरेको इलेक्ट्रोक्याड्रियो ग्राफ (इसिजी) मेशिनले बिरामीको मुटुको तरङ्गलाई मोनिटर र पेपरमा देखाउँछ । आज यो उपकरण सर्वाधिक प्रयोगमा छ । बिरामीको निधनको अवस्था देखाउँदा समेत यसैको सहायता लिइन्छ । यी बायोमेडिकल उपकरण विश्वका लागी सहज भए पनि नेपालमा भने यसको प्रयोग, व्यवस्थापन जर्जर छ । हामी उपकरणको नाममा समेत सजग छैनौं । अरु तपशिलका कुरा हुन् । चलन चल्तीमा नेपालमा भिडियो एक्स–रे भनेर भनिदैं आइएको अल्ट्रा–सोनोग्राफी (अल्ट्रासाउन्ड) बारे जनमानसमा गलत उच्चारण र बुझाई छ । अल्ट्रासाउन्डमा कुनै विकिरण प्रयोग गरिदैंन । यसमा ध्वनी तरंगको प्रयोग हुने भएकाले यसलाई एक्स–रेसँग जोडिनु युक्तिसंगत देखिदैंन ।
नेपालमा वर्षेनी करोडौं पर्ने बायोमेडिकल उपकरण खरिद हुँदै आएका छन् । निजी तथा सरकारी अस्पतालले लगानीको ठूलो हिस्सा यसैमा खर्च गरिरहेका छन् । यो समग्र खर्च देशको हो । कतिपय खर्चमा औचित्यता देखिदैंन । चलाउने ज्ञान तथा व्यवस्थापनको अभाव खेपेका उपकरणले गर्दा नयाँ उपकरण खरिदमा ध्यान जाने गरेको छ । अर्को प्रमुख कारण भनेको उपकरण खरिद गर्दा पाइने कमिसनले पनि धेरै हदसम्म नयाँ नै खरिद गरिनुपर्ने अवस्था छ ।
नेपाल सरकारले स्वास्थ्य क्षेत्रका लागी भनेर छुट्याइएको बजेटको धेरै अंश उपकरण खरिदमा जाने गरेको छ । यसैबाट सम्भव भएसम्म देशभरका सरकारी स्वास्थ्य संस्थामा सरकारले उपकरण पु¥याउने गरेको छ । लामो समय कतिपय उपकरण स्टोरमै थन्किरहदाँँ बिग्रेर काम नलाग्ने स्थिती समेत रहेको बेलाबेलामा समाचार आइरहेका छन् । यो व्यवस्थापनको चरम लापर्बाही हो । जनताको पसिनाबाट राज्यमा आर्जन भएको पैसाको यतिसारो निर्मम प्रहार गर्ने छुट कसैमा रहदैंन । यसमा सम्बन्धित निकायले आम जनमानसमा चित्तबुझ्दो जवाफ दिनैपर्छ ।
कमिसनले आक्रान्त बनिरहेको स्वास्थ्य क्षेत्रमा बायोमेडिकलको सन्दर्भमा समेत यस्तै स्थिति छ । उपकरण मर्मत गर्न नसक्दा र नियोजित रुपमा नचाहँदा समेत देशले ठूलो आर्थिक भार बोक्नु परिरहेको छ । जसको पूर्ति भने आम नेपालीले गरिरहेका छन् । निजी लगानीमा खुलेका अस्पतालले गुणस्तरीय उपकरण भित्राएका छन् तर चर्को शुल्कले सबै नेपालीले सेवाको उपभोग गर्नबाट चुकिरहेका छन् । सरकारले कमसल र निम्न गुणस्तरिय उपकरण भित्राउन तत्काल बन्द गर्नुपर्छ । नियमन गर्ने नियमनकारी निकायको चुस्तता यसमा नरहेको देखिन्छ । उपकरण बारे जानकार व्यक्तिको संग्लनतामा खरिद प्रक्रियामा लाग्नु सरकारको लागी तड्कारो आवश्यकता हो ।
नेपालका अझै पनि बायोमेडिकल उपकरणका लागी आवश्यक दक्ष जनशक्ति अत्यन्तै कम छन् । नेपालका धेरै निजी अस्पतालले बायोमेडिकल इन्जिनियर तथा टेक्निसियन राखे पनि सरकारी अस्पतालमा यो जनशक्ति न्यून छ ।
उपकरणका कारण बिरामी गलत निदानको सिकार बन्न नपरोस् भन्ने आम चाहना हो । यदि उपकरण बिग्रिएको छ भने त्यसको मर्मतमा लाग्नुपर्छ की त परीक्षण अर्को उपकरणबाट गर्नुपर्छ । उदाहरणका लागी बिरामीको रक्तचाप मापन गर्न प्रयोग गरिने बिपी मेसिन (स्पाइग्नोम्यानोमिटर) संकेतात्मक सुईले आफ्नो सुरुवाती स्थान परिवर्तन गरेको छ भने त्यसबाट लिइएको नतिजा सही हँुदैन । त्यसले दिएको रक्तचापको नतिजालाई सही मान्दै उपचारमा लागियो भने बिरामी माथिको गलत निदान यहिबाट सुरु हुन्छ । यो एक सानो उपकरणको मात्रै प्रतिनिधि उदाहरण हो ।
चिकित्सा विज्ञानमा उपकरण बिनाको उपचार सम्भव छैन । कतिपय रोग निदानमा उपकरण बाधक पनि बनिदिन्छन् । तत्काल तिनको मर्मत तथा आवश्यकिय चलाउने ज्ञान÷सीप नहुँदा बिरामीको मृत्यु भएका धेरै घटना छन् । यसका लागी दक्ष जनशक्तिको विकल्प छैन । विश्वको उदाहरणलाई हेर्ने हो भने प्रत्येक अस्पतालमा बायोमेडिकल इन्जिनियरिङ्ग विभागको व्यवस्था गरिएको हुन्छ । जो उपकरण सम्बन्धी हरेक काममा जिम्मेवार रहन्छ । उसको संग्लनता खरिद प्रक्रियादेखि उपकरणको डिस्पोज सम्म हुन्छ । नेपालमा पनि बिस्तारै यसको आवश्यकतालाई मनन गर्न थालिएको छ । यो सुखद पक्ष हो ।
कुनै पनि उपकरणको कार्यक्षमता त्यस उपकरण चलाइएको समयले निर्धारण गर्छ । तर नेपालमा भने यसको हेक्का राखिदैंन । लामो समय चलाइएका उपकरणले गुणस्तरीय नतिजा दिने कुरामा सहमत हुनै सकिदैंन । त्यसका लागि उपकरणका विविध पक्षमा ध्यान दिनुपर्ने हुन्छ । उपकरण सम्बन्धी लगत राख्ने काममा अस्पताल तथा स्वास्थ्य संस्था आधुनिक डाटावेशमा जोडिनु आवश्यक छ । यो समयको माग पनि हो ।
(लेखिका महत बायोमेडिकल इन्जिनियरिङ्गमा स्नातक गर्दैछिन् ।)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>