आँखा शिविरमा चार सय ७१ ले सेवा लिए

What's This?


Download our app to get more features

फागुन १६, इलाम । इलामको दक्षिणी क्षेत्रका गाविसमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६२ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया तथा लेन्स प्रत्यारोपण गरिएको छ । सानिमा माइहाइड्रो प्रालिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको सहयोगमा चिसापानी र दानाबारी गाविसमा शनिबार चार सय ७१ जनाले सेवा लिएको उपशाखाका सचिव मित्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविरलाई विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोग, शिक्षण अस्पताल काठमाडौँबाट डा प्रतावजङ्ग कार्कीको नेतृत्वमा आएको नौ सदस्यीय चिकित्सक टोलीले शल्यक्रिया तथा लेन्स प्रत्यारोपण गरेको हो । प्रभावित क्षेत्रमा सानिमा हाइड्रोपावरले स्वास्थ्य शिविर, आँखा शिविरलगायतका सामाजिक कार्य गर्दै आएको छ ।

-रासस

Last modified on 2016-02-28 17:28:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts