उकालो ओरालो हिड्दा घुडा दुख्छ ? अर्थ्राइटिस हुनसक्छ

(भिडियोसहित)



Download our app to get more features


हड्डी खिइने समस्या धेरैको चिन्ताको बिषय हो । अधिकांश मानिसमा जीवनको कुनै न कुनै बेला घुँडाको हड्डी खिइने समस्या देखिन सक्छ । घुडाको हड्डी खिइने कारण र यसबाट बच्ने उपाय बारे हाड जोर्नी विशेषज्ञ डाक्टर सगुन डंगोलको भनाइ यस्तो छ :-
हड्डी वा जोर्नी खिइने रोगलाई अर्थ्राइटिस पनि भनिन्छ । यो रोग अधिंकाश नेपालीमा देखा पर्ने गरेको छ । नेपालीले गर्दै आएको परम्परागत काम, दैनिकी, खानपान लगायतले यस्तो समस्या निम्त्याउन सहयोग गरिरहेको छ । 
घुडाको हड्डी वा जोर्नी खिइने समस्या विशेष गरेर पाको उमेरमा हुने भए पनि अन्य उमेर समूहकालाई पनि यसको सम्भावना उत्तिकै छ । पाको उमेरका व्यक्तिमा देखिने यो समस्यालाई अस्टिओ अर्थ्राइटिस भनिन्छ । घुडाको कुरकुरे हड्डी खिइने र लामो समय भएपछि भित्री र बाहिर दुबै भागको हड्डी खिइने रोग नै अस्टिओ अर्थ्राइटिस रोग हो । 


घुडाको हड्डी खिइने मुख्य कारण :

  •  बाथ हुनु ।
  •  घुडामा चोटपटक लाग्नु ।
  •  क्याल्सियमको कमी हुनु ।
  • बढी तौल ।
  • हड्डीमा संक्रमण हुनु ।
  • लामो समय उभिएर काम गर्नु ।
  • पँलेटी कसेर बस्नु ।
  • कसरी थाहा पाउने 
  • घुडा दुख्नु ।
  • भर्याङ चढ्दा वा उकालो ओरालो हिड्दा बढी दुख्नु ।
  • हिडडुल गर्न गाह्रो हुनु ।
  • निहुँरिन अप्ठयारो हुनु ।
  • घुडा सुन्निनु ।

लक्षित वर्ग :
पुरुषको तुलानामा महिलामा यो समस्या बढी देखा पर्छ । प्रायः जसो महिला उभिएर घरायासी काम गर्ने हुँदा उनीहरूमा यो समस्या बढी देखिएको हो । महिलाहरूमा महिनावरी सुकेपछि स्टोजन हर्मोन र क्याल्सियमको कमी हुने भएकाले महिलामा यो समस्या बढी हुने गर्छ । 


बच्ने उपाय :

  • घुँडामा चोटपटक लागे तुरुन्त उपचार गर्ने । 
  •  सम्भव भएसम्म उकालो ओरालो नगर्ने ।
  • क्याल्सियमयुक्त खाना बढी खाने ।
  • तौल नियन्त्रणमा राख्ने ।
  • बाथ लगायतका रोगबाट बच्ने ।
  • बिहानको घाममा बसेर शरीर मसाज गर्ने । 

घुँडा खिइने रोगलाई सामान्य रुपमा दिनु हुँदैन । क्रोनिक भएपछि उपचार गर्न गाह्रो हुन्छ । कुनै पनि लक्षण देखिना साथ परीक्षण गराउने र कुन मात्रमा घुडा खिइएको जानकारी राख्ने । त्यसको प्रकृति हेरी थेरापी वा कुन उपचार पद्वति ठिक हुन्छ चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने । 

भिडियो हेर्नुहोस्:


Last modified on 2017-11-25 07:21:51

1 Comments

  1. Handsome Doctor with nice topic really #awsm


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts