उपचार खर्च तिर्न नसकेपछि रामभक्तलाई अस्पतालले भन्यो : चाँडो बेड खाली गर
काठमाडौं,६ मंसिर । बाथरोग लागेर वीर अस्पतालमा उपचारमा गराइरहेका काभ्रेका रामभक्त राई उपचार खर्चको अभावमा विचल्लीमा परेका छन् ।
बाथरोगले च्यापेर अस्पताल भर्ना भएका उनको उपचार खर्चमै घरखेत बेचेर सकिसकेको तर पनि उनी निको भएका छैनन् । उपचारको लागि पैसा अभाव भएपछि उनी अप्ठ्यारोमा परेका छन् । अस्पतालले उपचारको लागि थप रकम मागेको छ तर राईसँग भने पैसा तिर्ने क्षमता छैन् ।
उपचारकै क्रममा आफूसँग भएको पैसा सबै खर्चिएपछि उनी विचल्लीमा परेका हुन् । 'न रोग निको भयो न उपचारको लागि थप पैसा नै छ' उनले दुखेसो पोखे । 'अस्पतालले पैसा बिना उपचार नगरिने बताएको छ' उनले भने 'यत्रो बर्ष उपचार गरिसके तर थप उपचार गर्ने क्षमता मसँग छैन् ।'
'अस्पतालले पैसा नभएमा यतिकै अवस्थामा घर फर्किन समेत दबाब दिइरहेको उनी बताउँछन् । म त निकै अप्ठ्यारोमा परेको छु ' उनले भने ।
बाथरोगका कारण उनको कम्मरभन्दा तलको भाग नचल्ने अवस्था छ । अस्पतालले उनको मेरुदण्डको शल्यक्रिया गर्नुपर्ने भन्दै थप रकम आवश्यक रहेको बताएको छ । 'अस्पतालले उनलाई थप पैसा तिर्न नसक्ने भए अस्पतालमा बसिरहेको बेड खाली गर्न भनेको छ' उनले हाम्रो डक्टरसँग दुखेसो पोखे ।
यो पनि हेर्नुहोस् ।
उपचारमा घरखेत सक्यो तर रामभक्त निको भएनन्
हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।