मधुमेह दिवसका अवसरमा ‘वाकाथुन’



Download our app to get more features

काठमाडौं, २८ कात्तिक । भक्तपुर हार्ट एण्ड डाइबेटिक सेन्टर प्रा.लि ले विश्व मधुमेह दिवसका अवसरमा मंगलबार ‘वाकाथुन’ आयोजना गरेको छ । वाकाथुनमा सहभागिहरू हार्ट एण्ड डायबेटिक सेन्टरको सल्लाघारी शाखाबाट अरनिको राजमार्ग हँुदै बाराही मन्दिर र न्यातपोल मन्दिरसम्म पुगेका थिए । 

¥याली आयोजना गर्नुको मुल उद्देश्य सर्वसाधारणमा डाइबेटिज (मधुमेह) बारे जनचेतना जगाउनुका रहेको आयोजकले जनाएको छ । वाकाथुनमा लायन्स क्लब अफ् गुप्तेश्वर, जुद्ध बारुणयन्त्र कार्यालय, भाषशेवी माष्टर जगत सुन्दर बचत तथा ऋण सहकारी संस्था लि., हिमाल बचत तथा ऋण सहकारी संस्था लि. तथा स्पेक्ट्रा डिभिजन अफ् नेशनल हेल्थ केयरका प्रतिनिधिहरूको उपस्थिति थियो । संस्थाले यसअघि पनि हरेक महिना मधुमेह सम्बन्धी विभिन्न जनचेतनामुलक अभियान सञ्चालन गर्दै आएको छ । 
 

Last modified on 2017-11-14 17:23:43

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts