मधुमेहबारे जनचेतना फैलाउन 'डिन'को पहल, सयौं स्वास्थ्यकर्मीहरुको साथ (फोटोफिचर)
काठमाडौँ, २८ कात्तिक । विश्व मधुमेह दिवसका अवसरमा डाइबिटिज एशोसिएसन एण्ड इन्डोक्राइनोलोजिस्ट (डिन)को आयोजनामा मधुमेह सम्बन्धी जनचेतनात्मक र्याली गरेका छन् ।
काठमाडौं लगायत देशका विभिन्न भागमा 'डिन'को अगुवाईमा मधुमेह दिवस मनाइएको छ ।
देशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक,नर्स लगायत स्वास्थ्यकर्मीहरुको सहभागीतामा 'डिन'ले मधुमेह सम्बन्धी साताव्यापी कार्यक्रम तय गरेको छ । यस अवसरमा मधुमेह सम्बन्धी जनचेतना जगाउन मंगलवार सयौं स्वास्थ्यकर्मीहरुको सहभागीतामा 'डिन'ले प्रभातफेरी कार्यक्रम गरेको छ ।
विकोसोन्मुख राष्ट्रमा मधुमेहको जोखिम उच्च रहेको भन्दै 'डिन'ले यससम्बन्धी विभिन्न जनचेतनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।
‘महिला र मधुमेह : स्वस्थ भविष्य हाम्रो अधिकार’ मूल नाराका साथ यस वर्षको विश्व मधुमेह दिवस मनाईँदैछ । गर्भावस्थामा मधुमेह बढी हुने कारण यसबर्ष विशेषगरी महिलालाई लक्षित गरी मधुमेह दिवस मनाउन थालेको डिनकी अध्यक्ष डा.दिना श्रेष्ठले जानकारी दिइन् ।
दिवसको अवसरमा नर्भिक ईन्टरनेशनल हस्पिटल थापाथलीले राइजिङ मल, डिटिइसिसी अस्पतालले ललितपुरको लविम मल, आर्मि अस्पतालले स्वयंभु, मेडिसिटि अस्पतालले बुंगमति, गोसाइकुण्ड अस्पतालले कोटेश्वर, चिरायु क्लिनिकले युएन पार्क, उत्तरगया पोलिक्लिनिकले गोकर्ण, भेनस अस्पतालले बानेश्वर, टियुटिएच डाइविटिक सेन्टरले महाराजगन्ज सहितका २८ वटा स्थानमा मधुमेह रोग विशेषज्ञ डाक्टहरुको नेतृत्वमा शिविरको आयोजना गरेको छ ।