दन्त स्वास्थ्यको हेलचक्रयाइँले ज्यानै जानसक्छ 



Download our app to get more features

 स्वास्थ्य नै धन हो । स्वस्थ भए मात्रै मानिस खुसी रहन्छ । धन छ तर शरीर स्वस्थ छैन भने उ सधै चिन्तित रहन्छ । शरीरका हरेक अंग स्वस्थ भए मात्र     हामी स्वस्थ भएको ठहरिन्छौं । हरेक अंगको उतिकै महत्व हुन्छ । शरीरका यावत अंग मध्ये दाँत पनि एक हो । दाँतको स्वास्थ्यलाई आम मानिसले सामान्य रुपमा   लिने  गरेको पाइन्छ । 

 जटिल रोगले ग्रस्त नभएसम्म अहिले पनि धेरै मानिस स्वास्थ्य परीक्षण गर्न जादँैनन । दाँतको उपचारप्रति मानिसको सोचाइ अझै नाजुक छ । कतिपय स्वास्थ्यकर्मीमा   समेत दाँत सम्बन्धी सामान्य ज्ञानको समेत कमी छ । दाँत त हो नी भनी हेलचेक्रयाई गरेका उदाहरण भेटिन्छन । सहनै नसकिने दाँतको दुखाई, पाक्ने, सुन्निने, पीप     भरिएर जटिल नभएसम्म परीक्षणको लागि नजाने, औषधि मात्रै सेवन गरेर बस्ने गरेको पाइन्छ । अलि अलि किराले खाँदासम्म चासो नै नदिने, जब असह्य पीडा  हुन   थाल्छ, त्यसबेला सम्ममा दाँतको नसामा संक्रमण भइसकेको हुन्छ । यस्तो बेलामा जरादेखि उपचार गराउनु पर्ने हुन सक्छ । तर, पनि बिरामी उपचार गराउन   हिच्किचाउछन् र एन्टिबायोटिक्स सेवन गर्दै घरमै बस्छन । पछि संक्रमणले गर्दा पिप भरिने, मुख, मुहार घाँटीमा पीप फैलिएर सास फेर्न पनि गाह्रो बनाइ दिन्छ ।   घाँटीको दाया, बाँया र बीचमा पीप भरिँदा मानिसको ज्यान पनि जान सक्छ । 

यसैगरी गिजा सम्बन्धी रोगहरूको समयमै उपचार नगराउँदा सम्पूर्ण दाँतको आयू घट्छ । बांगो दाँतको समयमै उपचार नपाउँदा अनुहार नै बांगो हुने, अनुहारको जोर्नीमा समस्या आउने हुनसक्छ । बुद्धि बंगारालाई सामान्य रुपमा लिँदा पनि मानिसको ज्यानै जाने अवस्था आउन सक्छ । 

माथिका केहि उदाहरण मात्रै हुन् । त्यस्ता कयौं सामान्य लाग्ने तर समयमा उपचार नपाउँदा समान्य रोगले नै मानिसको ज्यान सक्छ । दाँत  विनाको जीवन निरस हुन्छ । यसले मानिसको दैनिक भोजन आहारमा मात्र सहयोग नगरी  सौन्दर्यमा पनि त्यतिकै महत्वपूर्ण भुमिका निर्वाह गर्छ । मुस्कानमा दाँतको चमकले सौन्दयमा निखार आउँछ । दाँतबिना मानिस स्वस्थ रहन मुस्किल छ । बिना दाँत मानिसले पौष्टिक खानेकुरा खान मुस्किल हुन्छ । राम्रो सँग चपाउन नपाउँदा खाना अपच्य हुनेदेखि कुपोषणले ग्रस्त हुन सक्छ । त्यसैले जीवन खुसी सुखसँग.जीउन र आफ्नो मुहारमा सौन्दर्य कायम राख्न दाँतको अपरिहार्यता छ ।  यसकारण हरेक ६÷६ महिनामा दाँत परीक्षण गराऔं । स्वस्थ दाँत सहितको स्वास्थ्य जीवन  खुसीसाथ यापन गरौं ।

Last modified on 2017-11-14 09:23:04

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts