दुई सय १० जनाको मुटु परीक्षण

What's This?


Download our app to get more features

इलाम, २६ वैशाख । जिल्ला अस्पताल इलाममा मुटुरोगसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । 

शिविरमा मुटुरोगका बिरामीलाई मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. भगवान कोइरालासहित १२ जना चिकित्सकको टोलीले सेवा दिएका थिए ।  

शिविरमा २ सय १० जनाको मुटुको इको, १२० जनाको इसिजी, मुटु परीक्षण गरी औषधि वितरण गरिएको थियो । शिविरमा इलामसहित पाँचथर र ताप्लेजुङका बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । 

शिविरलाई समापन गर्दै डा. कोइरालाले पैसाको अभावका कारण कोही पनि नेपालीलाई अकालमै मर्न नदिने र त्यस्ता जटिल किसिमका रोगीलाई काठमाण्डौंमा बोलाएर निःशुल्क सेवा दिइने बताए । 
करुणा फाउण्डेसन नेपालको आयोजना र मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौं, इलाम अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, इलाम उद्योग वाणिज्य सङ्घ तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा शिविर सञ्चालन भएको शिविरमा ४ सय २६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।  

सरकारले १५ वर्षमुनिका बालबच्चा र ७५ वर्षमाथिका वृद्धवृद्धालाई मुटुरोगसम्बन्धी निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको छ भने १६ वर्षदेखि ७४ वर्ष उमेर समूहका बिरामीलाई एक लाखसम्म निःशुल्क सेवा दिने गरेको छ । शिविरमा आएकामध्ये मुटुरोगसम्बन्धी २० जना रोगीलाई उपचारका लागि काठमाडौं बोलाइएको छ । 
रासस

 

Last modified on 2016-05-08 10:56:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts