के हो नवजात शिशु सघन उपचार कक्ष



Download our app to get more features

नवजात शिशुको स्वास्थ्य निकै संवेदनशील बिषय हो । गर्भावस्थाबाट शिशु अवस्थामा रुपान्तरण निकै जटिल हुन्छ । शिशुले जीवनको निम्ति चाहिने उर्जा र अक्सिजन आफैंले पुर्याउनु पर्ने हुन्छ । यो रुपान्तरणको घडीमा करिब ३० प्रतिशत शिशुमा स्वास्थ्य समस्या देखिन सक्छ । यी शिशुहरूको जीवन रक्षाको लागि बिशेष स्वास्थ्य उपचार आवश्यक हुन्छ ।

यस्ता शिशुहरूको उपचारको निम्ति नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को आवश्यकता पर्छ । नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) मा जन्मेदेखि चार सातासम्मका बालबालिकाको उपचार हुन्छ । एक महिना भन्दा कम उमेरका बिरामी बच्चाको लागि एनआइसियू अत्यावश्यक जस्तै हुन्छ । एनआइसियुको लागि जनशक्तिको आवश्यकता बढी पर्छ साथै उपकरणहरू पनि सामान्य वार्ड भन्दा जटिल र बढी हुन्छ । 

एनआइसियू कक्षमा संक्रमण नहोस् भनेर बिषेश व्यवस्था गर्न जरुरी हुन्छ । सुरक्षित वातावरणको लागि दोहोरो ढोकाको व्यबस्था अनिवार्य गर्नुपर्छ । सिकिस्त भएका, ज्वरो एकदम बढी आएका, दुध चुस्न नसक्ने, सास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसियूमा नै राखेर उपचार गरिन्छ र यो विश्वव्यापी मान्यता हो । आधिकारिक तथ्यांङ्क त छैन । तर, हाम्रो देशमा एनआईसियुको सुबिधा निकै कम छ ।

राजधानी मै पनि जनसंख्याको अनुपातमा एनआईसियूको सुबिधा निकै कम छ । म आफु कार्यरत नेपाल नेशनल अस्पतालमा शिशुहरूको लागि नै भनेर १० शय्याको एनआईसियु कक्ष व्यवस्था गरिएको छ । यहाँ भेन्टिलेटरसहितको एनआइसियू छ । सबै अस्पतालमा सुबिधायुक्त एनआइसियू हुँदैनन् । नेपाल नेशनल अस्पतालमा पेडियाट्रिक सर्जरी सर्भिससहितको एनआइसियू भएकाले जन्मने बित्तिकै बच्चालाई जटिल शल्यक्रिया गर्नुपर्यो भने पनि सजिलो छ । साथै, यो अस्पताल मेडिकल र सर्जिकल रोगको लागि सहज छ ।

एनआइसियूमा लाग्ने खर्च अलिक बढी नै हुन्छ । तर, विदेशको तुलनामा भने नेपालमा धेरै नै सस्तो छ । एनआईसियूमा उपचार लामो समयसम्म गर्नु पर्ने हुनसक्छ । एनआइसियू उपचारमा डाक्टर बिरामी दुवै पक्षले धैर्य गर्नुपर्छ । विदेशमा त बिरामीको आमाबुबालाई परामर्श र ढाडस दिन टिम नै बनाइएको हुन्छ । यहाँ पनि संकोच नमानी बिशेषज्ञसँग जानकारी र परामर्श लिन सकिन्छ । 

Last modified on 2017-11-10 07:31:28

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts