इन्सुलिन लगाउन किन डर ?



Download our app to get more features

१. पेटमा रहेको प्यान्क्रियाजले इन्सुलिन हर्मोन प्रदान गर्छ । इन्सुलिनले रगतमा भएको सुगरलाई कम गर्छ । त्यसैले इन्सुलिनको कमी भएमा वा इन्सुलिनले राम्ररी काम गर्न नसकेको अवस्थामा सुगर हुन्छ ।

२. मानिसलाई सुगर भएमा घटाउने औषधि सेवन गर्नुपर्छ । खाने औषधिले प्यान्क्रियाजबाट इन्सुलिन उत्पादन गर्छ, जसले गर्दा सुगर कम हुन्छ । लामो समयसम्म यी औषधि लिएमा बिस्तारै प्यान्क्रियाजको इन्सुलिन निकाल्ने क्षमता घट्दै जान्छ । निश्चित समयपछि यसले कुनै पनि इन्सुलिन निकाल्न सक्दैन । त्यसपछि सुगर कन्ट्रोल गर्न बाहिरबाटै इन्सुलिन दिनुपर्ने हुन्छ ।

३. सुरुकै अवस्थामा इन्सुलिन लिँदा शरीरलाई फाइदा गर्छ । यदि सुरुकै अवस्थामा इन्सुलिन लिएमा प्यान्क्रियाजको इन्सुलिन उत्पादन गर्ने क्षमता रहिरहन्छ । अर्थात्, यसलाई आराम मिल्छ । विभिन्न अध्ययनले देखाएको अध्ययनअनुसार सुरुकै अवस्थामा केही समय इन्सुलिन लिएर बन्द गरेमा लामो समयसम्म विनाकुनै औषधि सुगर कन्ट्रोल हुन्छ । त्यसकारण सुगरमा इन्सुलिन सबैभन्दा राम्रो औषधि हो । इन्सुलिन लगाउन किन डर ? इन्जेक्सनको डर । सुगर कम भएर बेहोस हुने डर । एकचोटि इन्सुलिन सुरु भएपछि सधैँ लगाउनुपर्ने डर । महँगो होला कि भन्ने डर । बाहिर जाँदा इन्सुलिन लगाउन मिल्दैन भन्ने डर । इन्सुलिन लगाउँदा छालामा समस्या आउला भन्ने डर ।

के हो सत्य ?

१.अहिले इन्सुलिनका सुई यति मसिना भइसके कि सुई लगाएको पत्तै हुँदैन । औषधि खानुभन्दा पनि सजिलो भइसकेको छ ।

२. खाने औषधिले पनि सुगर कम गराएर बेहोस हुनसक्छ ।

सावधानी अपनाएमा यस्तो कहिल्यै पनि हुँदैन । सुगर कम हुँदा एकैचोटि पसिना आउने, मुटुको धड्कन तेज हुने, हात काम्ने हुन्छ । यस्तो भएमा एक गिलास पानीमा तीन चम्चा ग्लुकोज पाउडर घोलेर खाएमा बेहोस हुने अवस्था कहिल्यै आउँदैन । त्यसैले सुगरका बिमारीले साथमा ग्लुकोज पाउडर अथवा टफीजस्ता केही मिठा कुरा साथमै राख्न जरुरी हुन्छ ।

३. एकचोटि इन्सुलिन लगाएपछि सधैँ लगाउनुपर्छ भन्ने जरुरी छैन । सुगर कन्ट्रोल भएपछि इन्सुलिनको डोज घटाउँदै ट्याब्लेटमा चेन्ज गर्न सकिन्छ । तर, केही अवस्थामा सधैँ इन्सुलिन लगाउनुपर्छ । किड्नीको समस्या देखिएमा वा तीनवटा भन्दा बढी खाने औषधिबाट सुगर कन्ट्रोल नभएमा नियमित इन्सुलिन लगाउनुपर्छ ।

४.इन्सुलिनको प्रकृतिअनुसार सस्तो तथा महँगो हुन्छ । महँगा इन्सुलिन र सस्ता इन्सुलिनको काम एकै हो । फरक के मात्र हो भने महँगो इन्सुलिन खाना खानुभन्दा ५ मिनेटअगाडि लाउनुपर्छ । तर, सस्तो इन्सुलिन ३० मिनेटअगाडि लगाउनुपर्छ । ५.बाहिर जाँदा इन्सुलिन लिएरै जान सकिन्छ । भाइलवाला इन्सुलिनका लागि अइस प्याक चाहिन्छ, तर पेनवाला इन्सुलिन त्यतिकै लिएर जान मिल्छ । तर, घामबाट जोगाउनुपर्छ ।

६. इन्सुलिन तरिका जानेर लगाउँदा छालामा केही समस्या आउँदैन ।

Last modified on 2017-11-13 17:55:40

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

2 Comments

  1. अनि यसले पनि काम नगरे कहाँ बाट ल्याउने िन ।

  2. Good tip for every diabetic


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts