के हो ओस्टिओपोरोसिस रोग ?
प्रत्येक वर्षको अक्टोबर २० तारिखको दिन विश्व ओस्टिओपोरोसिस दिवस मनाईने गरिन्छ ।
यो वर्ष आफ्नो हड्डीलाई माया गरौं, आफ्नो भविष्य जोगाऔ भन्ने नाराको साथ विश्व भरि नै यो दिवस ओस्टिओपोरोसिस रोग बारे जनचेतना फैलाउने उद्देश्यका साथ मनाईदै गर्दा यो लेखमा सो रोगको जोखिम, रोकथाम र उपचारबारे केही जानकारी दिन खोजेको छु । ओस्टिओपोरोसिस एक प्रकारको हड्डी कमलो हुने रोग हो जसले गर्दा बिना चोटपटक या साधारण चोटपटकबाट पनि हड्डी भाचिन पुग्छ । विशेष गरि ५० वर्ष उमेर लागेपछी यो रोग निम्तने गर्छ भने महिलाहरुमा महिनावारी रोकिएपछि हड्डी कमलो हुने रोग देखा पर्न सुरु हुन्छ ।
एउटा तथ्याँक अनुसार हरेक वर्ष प्रत्येक ३ महिलामध्ये १ र प्रत्येक ५ पुरुष मध्ये १ जनाको हड्डी ओस्टिओपोरोसिस ले गर्दा भाँचिने गर्छ भने सन्सारमै प्रत्येक ३ सेकेण्डमा एक जनाको हड्डी ओस्टिओपोरोसिसले गर्दा भाँचिने गरेको देखिन्छ । मेरुदण्ड तथा हिपका हड्डी भाँचिने जोखिम बढी हुन्छ । यसरी हड्डी भाँचिएपछि कठिन खालको अपरेसन गर्नै पर्ने हुन्छ जुन आफैमा जोखिमरहित हुदैन र महङ्गो पनि हुन्छ । अपरेसन सफल भए पश्चात् पनि २५५ विरामीको १ वर्ष भित्रमा मृत्यु हुने गर्दछ भने बाँचेका मध्ये ४०५ विरामी फेरि कहिल्यै हिडडुल गर्न सक्दैनन र बाँकी ६०५ विरामीलाई हिडडुल गर्न कुनै न कुनै सहारा चाहिन्छ । यी तथ्यांक हेरे पछि यति स्पष्ट हुन्छ सकिन्छ कि ओस्टिओपोरोसिस एक भयावह खालको रोग हो तर विडम्बना यसबारे हाम्रो समाजमा त्यति चेतना छैन।
ओस्टिओपोरोसिस रोग सबैलाई लाग्न सक्ने हुँदा ५० वर्ष कटेको जो सुकै व्यक्ती र महिनावारी रोकिएका महिलाले सो रोगको जोखिम आफुलाई छ कि छैन भनी बेलामा नै बुझेको खण्डमा र समयमा नै उपचार गर्ने हो भने उक्त रोगबाट निम्तने गम्भीर खालका परिस्थितिबाट मुक्त हुन सकिन्छ । आफुमा ओस्टिओपोरोसिस को जोखिम बारे बुझ्न चिकित्सकको सल्लाह अनुसारFRAX Score र DEXA Scan गर्न सकिन्छ । यसरी जाँचेपछि ओस्टिओपोरोसिस देखिएको खण्डमा उपचार शुरु गरिहाल्ने हो भने यो रोगबाट हुने सम्भावित हड्डीको फ्राक्चरबाट जोगिन सकिन्छ । तर हाम्रो जस्तो अल्पविकसित देशमा ओस्टिओपोरोसिस बारे जाच्ने DEXA Scan मसिनको उपलब्धता त्यति सहज नभएको अवस्थामा यो रोगको रोकथामतिर लाग्नु नै बुद्धिमानी देखिन्छ ।
रोकथामका उपाय यस्ता छनः
१) हड्डी र मांसपेशीलाई बलियो बनाउन नियमित व्यायाम गर्ने।
२) प्रत्येक दिन एक जना मान्छेलाई ७००(१२०० मिलिग्राम क्याल्सियम र ७००(८०० युनिट भिटामिन डी को आवश्यकता पर्छ। तसर्थ क्याल्सियम तथा भिटामिन डी भएका खानेकुरा प्रशस्त खाने जस्तै दूध, दही, चिज, सोयाबिन, गेडागुडी, च्याउ, बन्दाकोभी, ब्रोक्कोली, मटरकोसा, सुन्तला,अण्डा,टुना माछा, कलेजो आदि।
३) शरीरलाई चाहिने ८०५ भन्दा बढी भिटामिन डी घामबाट नै पाउन सकिन्छ । तसर्थ हप्ताको ३(४ दिन २० मिनेट प्रती दिनका दरले आफ्नो अनुहार, हात, खुट्टा देखाएर घाममा बस्नु पर्छ । यसरी घाममा बस्दा विहान १० बजे भन्दा पहिला वा बेलुका २ बजे पछिको घाममा बस्दा फलदायी हुन्छ । कालो वर्णको मानिस र ७० वर्ष कटेका व्यक्तिले माथि लेखिए भन्दा अलि बढी समय घाममा बस्नु उपयुक्त हुन्छ ।
४) क्याल्सियम तथा भिटामिन डी भएका खाना यथेष्ट नपाएको र घाममा पनि नबसेको अवस्थामा चिकित्सकको सल्लाह अनुसार क्याल्सियम र भिटामिन डी मिसिएको औषधी सेवन गर्दा राम्रो हुन्छ । तर चिकित्सकको विना निगरानी यस्ता औषधी लामो समय सम्म सेवन गरेको खण्डमा पाचन प्रणालीको गडबडी हुनुको साथै मुटुको रोग र मिर्गौलाको पत्थरी हुने सम्भावना बढी हुन्छ । तसर्थ क्याल्सियम युक्त औषधीको भर पर्नुको साटो व्यायाम, खानपान र घाममा बस्नु नै बुद्धिमानी ठहर्छ।
५) रक्सी सेवन र धुम्रपान तथा अन्य सुर्तीजन्य पदार्थ ले ओस्टिओपोरोसिसको जोखिम एकदमै बढाउने हुनाले यस्ता कुलत बाट टाढै रहनुपर्छ ।
६) चिनी रोग भएका व्यक्तिहरुलाई ओस्टिओपोरोसिस रोग हुने सम्भावना बढी हुने देखिएको ले चिनी रोगका विरामीहरु बढी सतर्क रहनुपर्छ ।
७) गर्भावस्थामा यो रोगले गर्दा गर्भवती महिलाहरुको हड्डी भाँचिने जोखिम बढी हुने हँुदा क्याल्सियम युक्त खाना बढी खाने र क्याल्सियम चक्की नियमित खानुपर्छ।
८) विभिन्न रोगहरुमा दिईने केही औषधीहरुले पनि ओस्टोपोरिओसिस रोग निम्त्याउने उच्च सम्भावना रहन्छ जस्तै प्रेड्निसोलोन जस्ता स्टेरोइड, क्यान्सर विरुद्धका औषधि, ग्यास्टृकको औषधी, मानसिक रोगमा दिईने लिथियम , हेपारिन आदि। यस्ता औषधी सेवन गरिरहनुभएका विरामीहरुले आफू ओस्टिओपोरोसिस रोगको जोखिममा रहे नरहेको बारे आफ्नो चिकित्सक सङ्ग बुझेर रोकथाम तथा उपचार प्रकृया प्रारम्भ गरिहाल्ने।
९) यो रोग लागेका व्यक्तिहरुमा प्राय हिड्दाहिड्दै लडेर मेरुदन्ड तथा हिपको हड्डी भाचिने गर्छ। तसर्थ हिड्दा होसियारी अपनाउनु पर्छ। वृद्दरवृद्दाले सकभर लट्ठीको सहाराले हिड्नु राम्रो हुन्छ । साथै, चिप्लो जस्तो देखिने बाटोघाटोबाट नहिड्ने र भर्याङ उक्लदा ओर्लदा रेलिङ समात्नु नै बुद्धिमानी हुन्छ ।
१०) ओस्टिओपोरोसिस रोगले गर्दा हड्डी भाँचिएपछि पुन अर्को हड्डी भाँचिने सम्भावना ८०५ सम्म हुने हुँदा एक चोटि हड्डी भाच्र्चिसकेको छ भने फेरि अर्को पटक भाँचिन नदिनको लागि चिकित्सकको सल्लाह अनुसार ओस्टिओपोरोसिस विरुद्वका औषधी चलाउन पर्ने हुन्छ ।
(डा. दिपेन्द्र पाण्डे रष्ट्रिय ट्रमा सेन्टेरमा हाड जोर्नि शल्य चिकित्सकको रूश्पमा कार्यरत छन् ।)