डाक्टर सा’प मेरो छोरी मार्देउन !



Download our app to get more features

सूर्य सुवेदी

 

आजभोलि एकथरी मान्छे डक्टरहरूलाई मान्छे मार्ने लाइसेन्स लिएको समाजको एक कलंकित वर्गको हिसाबमा चित्रण गर्न व्यस्त छन् । डक्टरलाई समाजको सबैभन्दा अब्बल नागरिकको हिसाबमपनि यही समाजले राख्दै आएको छ । आफू र आफन्तलाई शारीरिक रुपमा अफ्ठ्यारो पर्दा यिनै डक्टर गुहार्ने नागरिकहरू किन तिनै डाक्टरी पेशालाई अपव्याख्या गरिरहे छन् । यो विषयवस्तुलाई गहन रुपमा अध्ययन गर्न जरुरी देखिन्छ । पहिला पहिला उपचारको क्रममा बिरामीको मृत्यु भए अस्पतालका नाम मात्र मुछिने गथ्र्याे । तर, निजी अस्पतालहरूले आफ्नो अस्पतालको गरिमा र लोकप्रियता नघटोस् भनेर उपचारको क्रममा मृत्यु भएका बिरामीका आफन्तलाई गुपचाप रुपमा दिने गरेको आकर्षक र मोटो रकमले गर्दा कतिपय बिरामीका आफन्त सके बिमारी ठीक पारेर लाने नभए दिवंगत व्यक्तिको ठाउँमा पैसा लिएर जानेसम्मको मनस्थितिमा पुगेका छन् । जसले गर्दा पहिला पहिला अस्पतालको नाम मुछिने केसहरूमा आजभोलि सम्बन्धीत डाक्टरहरूलाई नै प्रत्यक्ष रुपम मुछ्न थालियो र चिकित्सकहरूको न्यायालयसम्म जान पाउने ढोका बन्द गरियो । साथै उनीहरूमा आक्रोशित भिड र अस्पताल प्रशासनको निर्णयलाई सर्वाेपरी ठानेर बस्नु पर्ने बाध्यता छ । जति खर्च गरेर पढे पनि सरकारी तलबबाट जीवन धान्न मुस्किलमा रहेका डाक्टरहरू निजी अस्पतालसँगको सम्बन्ध तोड्न सक्ने क्षमता राख्दैन । किनकी उनीहरूले समाजले दिएको अब्बल दर्जाको नागरिकको पदबीको पनि सुरक्षा गर्नुछ । एउटा डक्टरले सामान्य मान्छे भन्दा फरक देखिनु पर्ने बाध्यता यही समाजले पारेको छ 

खानपिन, लवाईखवाई साथै यातायातको उपयोग पनि फरक किसिमले गर्नुपर्ने हुँदा समाजले दिएको अब्बल दर्जालाई जोगाउन पनि डाक्टरलाई मुस्किल छ । प्रसंग बदलौं के डाक्टरहरू साँच्चै जानीजानी मान्छे मार्छन त । अरु देशहरूमा मानव अंग चोरीको शिलशिलामा यस्ता घटना भए पनि नेपालमा त्यस्तो सम्भावना छैन । डक्टरलाई आफ्नो बिरामी मारेर के फाइदा हुन्छ ? के उसले पैसा कमाउँछ ? कमाउदैँन । के उसले समाजले दिएको इज्जत कमाउँछ ? कमाउदैँन । अनि किन डक्टरलाई हामी यो आरोप लगाई रहेका छौं ? डाक्टर पनि हामी जस्तंै एउटा मानिस हो । उ अध्ययन र तालिमका भरमा एउटा बिरामीलाई बचाउने प्रयास गर्छ । डाक्टर पनि मान्छे हो । उसमा पनि मानविय त्रुटि हुन सक्छन् । मुर्तिकारले बनाएको सबै मुर्ति मुर्ति नबन्न सक्छन् । कुमालेले बनाउने घैंटो सबै घैंटो नबन्न पनि सक्छन् । यस्तै डाक्टरहरूले गरेका उपचार र सर्जरी पनि सबै सफल नहुन सक्छन् । डाक्टरले पनि अन्य पेशाकर्मीले जस्तैं आफ्नो सिपको भरपुर प्रयोग गर्ने मात्रै हो । डाक्टरको एउटा असफलताले उसको हजारौं सफलतालाई निमिट्यान्न पार्नु कत्तिको जायज हुन्छ ? यो विषयमा मनन् गर्नु पर्छ ।

कुनै दिन पङ्क्तिकार आफंैले जन्माएको छोरी मारिदिएको हुन्थ्यो भनेर डक्टरकोमा पुगेको थियो । छोरीको रोगको जटिलता र आफ्नो कम्जोर आर्थिक अवस्थाले गर्दा मलाई त्यस्तो सोच्न बाध्य बनाएको थियो । मेरो छोरीमा संसारमा विरलै देखिने ‘भेन अफ ग्यालेन एनोरिजम’ थियो । दिनानु दिन आफैंले थाहा पाउने गरेर छोरीको टाउको ठूलो हुँदै गएको थियो । जटिलता यस्तो थियो की एनोरिजम फुटे ‘ब्रेन ह्याम्रेज’ भएर मर्ने र एनोरिजम नफुटे ‘हार्ट अट्याक’ भएर मर्ने । मर्नु बाहेक मेरो छोरीको विकल्प थिएन । मैले डाक्टर उपेन्द्र देवकोटादेखि भारत, बेलायतहुँदै अमेरिकाको न्यूयोर्कस्थित बोस्टर्न चिल्ड्रेन अस्पतालमा समेत इन्क्वाइरी गरेँ । डा. देवकोटाले त छोरीको रिपोर्ट हेर्ने बित्तिकै मलाई सोध्नु भयो काठमाडौँमा तपाईंको कति रोपनी जग्गा छ भनेर । मैले छैन भने पछि तपाईंको यस्तै भाग्य रहेछ जस्तो पर्छ त्यही सहेर बस्नुस भन्नु भयो ।

मैले उहाँलाई अनुनय विनय गरे तर अप्रेसन गर्न मान्नु भएन । मैले अन्त्यमा उहाँलाई सर मेरो छोरी यस्तै जन्मि कमसे कम तपाईंले प्रयास गर्नुस् । मेरो छोरी ‘एक्स्पेरिमेन्ट’को लागि दिन्छु । किनकी मेरो छोरीको कारण पछि यस्तो समस्या लिएर जन्मेका बच्चा मर्नु नपरोस । तर, पनि उहाँ मान्नु भएन । उहाँ त पुरै पैसाको खेती गर्नु हुँदोरहेछ । भारतमा यो रोग उपचारका लागि ६० लाख आइसी लाग्ने हिसाब देखियो । न्यूयोर्क र बेलायतका अस्पतालले उपचार धेरै महँगो हुने भएकाले सक्नु हुन्न भने । मेरो सबै आशा र विश्वास टुटँे । छोरीको दिनदिनैको अवस्था देख्दा असह्य पीडा हुन्थ्यो । निदाउनको लागि दिनहुँ मदिरा सेवन गर्थे । घर परिवार पुरै लथालिंङ्ग थियो । न्यूरो सर्जरीका अब्बल मानिएका डाक्टर गोपालरमन शर्मा र उहाँका चेला डाक्टर केआई सिंह केसीसँग भेटेपछि झन् होस उड्यो । छोरीको केस कति जटिल रहेछ की अप्रेशन थियटरबाट फर्कने सम्भावना शून्य थियो । मैले उहाँहरूलाई धेरै ‘रिक्वेस्ट’ गरे । ‘सर, कम्तीमा अप्रेशन त गरिदिनुहोस् ।’ छोरी जम्मा १४ महिनाको थिई । यस्तो समस्या भएका बच्चा यो उमेरसम्म बाँच्नु पनि अचम्म रहेछ । अन्त्यमा उहाँहरू राजी हुनुभयो । तर, अप्रेशनमा प्रयोग हुने सामान र डाक्टर चीनबाट बोलाउनु पर्ने भयो । म केमा खुसी भए भने छोरी त बाँच्दिन । तर, छोरी मरे पनि समाजले उपचारविनै मार्याे भन्ने कलंक चाही मेटिने भयो । डा. शर्मा, डा. केसीले चीनबाट डाक्टर र अवश्यक सामाग्री मगाउनु भयो । चिनियाँ टोलीसहित डाक्टर शर्मा, डाक्टर केसी साथै डा. पपन शुल्तानिया, डा. प्रकाश विष्टलगायतको टोलीले करिब १६ घन्टा लगाएर अप्रेशन गर्याे । भाग्य बल्झियो, डाक्टरहरूको मिहिनतले अचम्मै भयो । चमत्कारै भयो । मेरो छोरी बाँची । न्यूरो सर्जरीमै चमत्कार भयो । यो घटना सम्पूर्ण मिडियामा ‘कभर स्टोरी’ बन्यो । यो सन् ०१३ को जनवरी महिनाको कुरा हो । छोरी अहिले ६ वर्षको भईन । यूकेजीमा पढ्छिन् । दिमाग पनि अचम्मकै छ । चाइनिज प्रोफेसरले चाइनिज नाम राख्छु भनेका छन् । अलि अगाडि नेपाल आएका ती प्रोफेसरले भेटेर गए । डाक्टर शर्मा र डाक्टर केसी सधंै सोध्नु हुन्छ । र अन्त्यमा, यो बिषयवस्तु मैले किन उठाए भने डाक्टरले मानविय गल्ती गरे पनि संसारमा एकाध नियतबस घटना भए पनि नेपाली डाक्टरहरूले जानिजानि मान्छे मार्दैनन् । समाजको अब्बल नागरिक करोडौं खर्च गरेर त्यसपछि पनि अथक मिहिनेतपछि कमाएको इज्जत, मान प्रतिष्ठा, घर, परिवार, समाज जानिजानि लहडको भरमा कसले तोड्न सक्छ । तेसैले म त डाक्टरको सम्मान गर्छु । तपार्इंहरू पनि आउनुहोस् हातेमालो गरौं ।
 

(लेखक सुवेदी नेपाल पत्रकार महासंघ काठमाडौं  शाखाका उपाध्यक्ष हुन् ।)

 

Last modified on 2017-10-16 14:15:25

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

3 Comments

  1. Thanks patrakarjiu. Maie bhanne yeti matti ho aaru kura sabaile aaphai bhujhihaalchan.

  2. Thank you for your support! I am only the student of biology, but still can imagine the responsibility and the dedication of Doctors in saving a life. I am always thankful to doctors because only whom we can offer our lives with trust, may it be our biological child or our biological parents!

  3. Thank you subedi sir!! dherai paxi chatpate news banauna bhanda pani yathartha ojhel ma naparne khalko news padhna paiyekoma harsit xu. tapai le bhannu bhae jasari nai chikitsak hatyara hoinan. truti pani huna sakxan chikitsak haru bata.kamikamjori pani xan.tesko baigyanik xanbin bhaera existing law anusar chikitsak lai karbahi hunu pardaxa. tara aaja samma bhidtantra ra sarkar ko fitalo niyam le garda chikitsak haru lai nirutsah bhanda kei mileko xaina.tei mathi kehi media ma kurai nabujhi bina investigation bina praman aaune samachar haru le garda sabai chikitsa jagat nai dharap ma pareko xa.birami ra chikitsak bich ko duri aakash patal jasari badheko xa.esto sthiti ma na kunai birami ko bhalo hunxa na kunai chikitsak ho.akhir birami parne hami sabai haun. swasthya sbai ko adhikar ho tyasaile hami sabai milera yo sector lai ramro banaunu awasyak xa..ra yasma hajur jasto asal patrakar haru ko jhan dherai thulo bhumika rahanxa.. tyasai le sabai milera chikitsa jagat lai sudharaun.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts