भक्तपुर क्यान्सर अस्पतालको निरीक्षण गर्दै यसो भने राज्यमन्त्रीले



Download our app to get more features

नगरकोट, २८असोज (रासस) : स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले भक्तपुर क्यान्सर अस्पतालको आज निरीक्षण गरेका छन् । 

देशभरका करिब ४० प्रतिशत अर्बुद बिरामीको उपचार गर्दै आएको अस्पतालले प्रदान गर्दै आएको सेवासुविधाबारे जानकारी लिन राज्यमन्त्री यादव त्यहाँ पुगेका हुन् । राज्यमन्त्री यादवलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र मेडिकल डाइरेक्टर डा. ऋषिकेषनारायण श्रेष्ठले अस्पतालले दिँदै आएको सेवा सुविधाबारे जानकारी दिएका थिए ।  

राज्यमन्त्री यादवले अस्पतालका सम्पूर्ण कक्षको भ्रमण गरी त्यहाँका बिरामी तथा स्वास्थ्यकर्मीसँग अन्तरसंवादसमेत गर्नुभएको थियो । उक्त अवसरमा उनले नेपाल अर्बुद रोग निवारण संस्था, स्थानीय बासिन्दालगायतको सक्रियतामा सञ्चालित सामुदायिक भएर पनि अस्पतालले सरकारी अस्पतालसरह सहुलियतमा गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको भन्दै अस्पतालको प्रशंसा गरेका थिए । 

उनले अस्पतालका लागि चालू आवभित्रै भेन्टिलेटर उपलब्ध गराइने तथा अस्पताललाई आवश्यक अन्य उपकरणसँगै नियमित बजेटको व्यवस्था गर्न पहल गरिने आश्वासन दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले अर्बुद रोगको उपचार खर्च महँगो भएकाले निःशुल्क गर्न राज्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । उनले निःशुल्क गर्न नसकिए विपन्न नागरिकलाई दिइँदै आएको अनुदान कम्तीमा रु पाँच लाख पु¥याउन माग गरे । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts