एकीकृत स्वास्थ्य तथ्यांक प्रणालीको महत्व



Download our app to get more features

हामी तथ्यमा आधारित स्वास्थ्य योजनाको कुरा गर्छौ । तर, योजना तर्जुमाका लागि तथ्यलाई उपयुक्त तवरले भण्डारण गर्ने र अद्यावधिक गर्ने व्यवस्थित प्रणाली आवश्यक पर्छ । गुगल या अन्य कुनै सर्च इन्जिनमा नेपालको कुनै स्वास्थ्य तथ्यांक खोज्यो भने सयौँ नतिजा भेटिन्छन् । तर, हामीले खोजेको विश्वसनीय तथ्याकं भेट्न हम्मे–हम्मे पर्छ । गुगल जस्तो सर्च इन्जिनको आफ्नै विशेषता छ । यद्यपि, कुनै देशको सम्बन्धीत क्षेत्र (स्वास्थ्य) को आफ्नै एकीकृत तत्यांक प्रणाली हुनु आवश्यक छ । जसभित्र तथ्यांक, त्यसको अद्यावधिक मिति, श्रोत तथा प्रकाशन गर्ने संस्था आदि समेटिनु पर्छ । जसले गर्दा सोहीअनुसार कार्यक्रम तर्जुमा गर्न सहज हुन्छ ।

स्वास्थ्य तथ्यांक भण्डारणको अवस्था

नेपालमा सरकारी क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था (जस्तै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, सरकारी अस्पताल) तथा निजी क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको सेवाको तथ्यांक स्वास्थ्य सेवा विभागले प्रकाशन गर्छ । यसको साथै हरेक पाँच वर्षमा हुने जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणले समुदायमा आधारित स्वास्थ्य सूचाकंको अवस्थालाई चित्रण गर्छ । साथै अन्य संघ संस्थाले पपनि आफ्नो तहबाट स्वास्थ्य सम्बन्धित तथ्याकं सम्प्रेषण गर्ने गर्छन् ।

मन्त्रालयको डिजिटल लाइब्रेरी आपीएसी डट एमओएचपी डट जीओभी डट एनपीमा स्वास्थ्य सम्बन्धी कुनै जानकारी खोज्दा चाहेको नतिजा आउँदैन । डिजिटल लाइब्रेरीको वेबसाईट पनि सुरक्षीत छैन । त्यसमा राखिएका सामाग्रीहरु अपर्याप्त छन् । कुनै सूचकको जानकारी पाउनु परेमा उक्त सूचक त्यससम्बन्धी तथ्यांक अद्यावधिक नभएको प्रष्ट देखिन्छ ।

यसका साथै स्वास्थ्य सेवा विभागको वेबसाइट (www.dhos.gov.np) मा पनि नेपालको एचएमआइएस मार्फत आएका केही तथ्यांक पाउन सकिन्छ । तथापि, यसले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई मात्र समेट्छ । साथै स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले (www.nheicc.gov.np) पनि जनचेतनामूलक सामाग्रीको प्रकाशन गरेको पाइन्छ । तर, यसको उदेश्य स्वास्थ्य सूचकको भण्डारण गर्ने नभै स्वास्थ्य जनचेतना फैलाउने रहेको छ । स्वास्थ्य अनुसन्धान परिषदको पनि आफ्नै डिजिटल लाइब्रेरी छ तर, त्यसको उदेश्य प्राय अनुसन्धानात्मक कृतिको अभिलेक राख्नु हो र यसले देशको स्वास्थ्य तथ्याकं अद्यावधिक गर्न खासै सहयोग गर्दैन ।

अब के गर्ने ?

स्वास्थ्य तथ्यांकलाई एकीकृत गर्ने अग्रणी भूमिका सरकारले अर्थात स्वास्थ्य मन्त्रालयले निभाउनु पर्छ । तर, यसको लागि सरकारले सरोकारवालाको सहयोग लिन सक्छ । डिजिटल लाइब्रेरी भित्र पनि डकुमेन्ट सर्च र सूचक सर्चको छुट्टा छुट्टै विकल्प राख्न सकिन्छ । सुचकांकको सिंगो कृति वा प्रतिवेदनको सट्टा केवल सूचकांक मात्र आउने व्यवस्था गर्न सकिन्छ । सुचकांकको छेवैमा श्रोत्रको लिंक, लेखक र प्रकाशको नाम, मिति, कृतिको नाम आदि देखिने व्यवस्था ल्याउन सकिन्छ ।

देश तथा विदेशमा रहेका कम्प्युटर प्राविधिक तथा स्वास्थ्य सूचकको क्षेत्रमा जानकार व्यक्तित्वको उपस्थितिमा सर्वप्रथम त राष्ट्रिय स्तरमा यसको बहस हुनु आवश्यक छ । बहसमा एकीकृत स्वास्थ्य तथ्यांक प्रणालीका निम्नलिखित फाइदाको चर्चा गर्न सकिन्छ ।

एकीकृत तथ्यांक प्रणालीका फाइदा

चाहेको बेला तुरुन्तै तथ्यांक पाउन सकिने ।

स्वास्थ्य अनुसन्धानलाई सघाउ पुग्ने ।

विश्वसनीय श्रोतको उपलब्धता अहिलेको युगमा पत्रपत्रिका तथा इन्टरनेटमा थुप्रै सूचना सामाग्रीहरु पाउन सकिन्छ तुर, विभिन्न श्रोतबाट आउने स्वास्थ्य सूचनामा एकरुपता नहुने हुँदा एकीकृत स्वास्थ्य प्रणाली आवश्यक छ ।

 

(सुवेदी नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा मोनिटरिंग एण्ड इभ्यालुएसन म्यानेजरको रुपमा कार्यरत छन्) 

Last modified on 2017-10-07 07:17:28

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts