शरीरमा उर्जा दिने ‘हठ योग’
हरेक दिन २५ मिनेट मात्रै ‘माइन्डफुलनेस मेडिटेशन’ अर्थात सचेत अध्यात्मका साथै हठ योग गर्नाले जीवनभर स्वस्थ रहन सकिने एक अध्ययनले देखाएको छ ।
क्यानडाको ओन्टारियोस्थित यूनिर्भसिटी अफ वाटरलूका सहायक प्राध्यापक पिटर हलका अनुसार हठ योग र माइन्डफुलनेस मेडिटेसन दुवैले ध्यानपछि शरीरमा केही सकारात्मक प्रभाव अनुभव गर्न सकिन्छ । जसले गर्दा मानिसले आफ्ना हरेक काममा ध्यान केन्द्रित गर्न सक्छन् । हठ योग पश्चिमी देशमा प्रचलित योग मध्ये सबैभन्दा लोकप्रिय योग हो । जसमा ध्यानलाई शारीरिक आसन र श्वास लिने व्यायामसँग जोडिन्छ ।
हठ योग जसमा आसन, प्राणायाम र ध्यानको समायोजन हुन्छ । हठ योगले मस्तिष्कका तन्त्रलाई क्रियाशिल बनाउनुका साथै काम गर्ने ऊर्जाको स्तरमा पनि सुधार ल्याउछ । एक अध्ययनका अनुसार नियमित हठ योग र माइन्डफुलनेस मेडीटेसन (ध्यान गर्ने एक स्थिति) गरे मस्तिष्क तन्त्रलाई क्रियाशिल, लक्ष्य–निर्देशित व्यवहारसँग सम्बन्धीत संज्ञानात्मक वा भावनात्मक प्रतिक्रियालाई नियन्त्रित गर्ने क्षमता बढाउनमा मद्दत गर्छ
माइन्डफुलनेस मेडिटेसनमा विचार, भावना र शरीरको उत्तेजनामाथि केन्द्रित गर्ने गरिन्छ । माइन्डफुलनेस मेडिटेसन र हठ योग दुवैले शरीरमा ऊर्जाको मात्रालाई बढाउनुका साथै प्रभावकारी बनाउनमा मद्दत गर्छ । तर, ध्यान मात्र गर्ने तुलनामा हठ योग र ध्यान दुवै एकै साथ गर्नाले यसको प्रभाव राम्रो हुन्छ । यो अध्ययन ‘माइन्डफुलनेस’ नामक पत्रिकामा प्रकाशित छ ।
(एजेन्सीको सहयोगमा)