पीडित नविनकी आमा भन्छिन्ः 'न्याय पाउनुपर्यो'
भिडियो सहित
काठमाण्डौ । किड्नी बिक्रि गरेको आरोप लागेका बेनी–११ म्याग्दीका नविन खत्रीकी आमा इलकुमार खत्री दलालले धम्क्याएर डर त्रास देखाई छोरालाई किड्नी निकाल्न बाध्य पारेको बताएकी छन् ।
नबिनकी आमा इलकुमारीले छोरालाई चितवन मेडिकल कलेजमा जाँच गर्दा डाक्टरले किड्नी चोरी भएको बताएपछि धेरैपछि मात्र नविनको शरिरमा एउटा किड्नी नभएको थाहा पाएकी थिइन् ।
हाम्रो डक्टरसँग कुरा गर्दै उनले भनिन्, “फागुन महिनामा छोरो एकै पटक बिरामी प¥यो । भरतपुरमा लगेर देखाउँदा डाक्टरले किड्नी चोरी भएको भन्नुभयो । त्यसपछि म रुदैँ हिडे ।”
नबिनका आफन्तले उनको किड्नी नभएको थाह पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मा मुद्दा दायर गरे । तर सिआईबीले उनीहरुको मुद्दा दर्ता गरेन । सिआईबी ‘पिडित भनिएका आफै किड्नी बेच्ने काममा संलग्न भएकाले’ मुद्दा दर्ता नभएको बताउँछ । सिआइबीमा उजुरी दिएपछि नबिनकी आमालाई किड्नी तस्कर प्रकाश बस्नेतले फोनबाट धम्की दिएका थिए । सिआईबीमा उजुरी गर्नु अघि नविनका आफन्तले ३० बैशाख २०७४ मा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा किड्नी बेच्ने एजेन्टलाई ‘कानुनी दायरामा ल्याई कारवाही गर्न’ निवेदन दिए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले उक्त निवेदनमाथि कारवाहि गर्न नसक्ने भनेर सिआईबीमा पठायो । सिआइबी पुगेका नबिनका आफन्तलाई प्रहरी कर्मचारीले किड्नी बेच्ने तस्कर प्रकाश बस्नेतसँग मिल्न भनेका थिए ।
उनले भने, “मैले के गरेर हुन्छ, न्याय पाउनुप¥यो ।” किड्नी दिएका नविन त्रिवि शिक्षण अस्पतालका कर्मचारी धनबहादुर गुरुङ र कुमार खनालसँगको आर्थिक लेनदेनमा किड्नी बिक्रि भएको बताउँछन् । उनी भन्छन्, “मलाई एजेन्ट प्रकाश बस्नेतले जसरी पनि किड्नी दिन धम्काए । तपाई भाग्न पाउनुहुन्न भनेर धम्काएपछि म किड्नी दिन बाध्य भए ।” नविनकी आमा इलकुमारीको पित्त थैली छैन । यस्तै उनका बाबु प्यारालाइसिसबाट ग्रसित छन् । बिरामीले थलिएको खत्री परिवारमा नविन पनि एउटा मिर्गौला विहीन हुनुले थप पीडा थपिदिएको छ ।
भिडीयो पनि हेर्नुहोस्
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।