शरद ऋतुमा किन बढ्छ उदासीपना ?
बीबीसी,२४ भदौ । शरद ऋतुमा आम मानिसमा उदासीपन बढी छाउने बताइएको छ ।
विदेशतिर यस्तो हुनुलाई सेटेम्बर ब्लूज भएको भनिन्छ । तपाईलाई पनि यो ऋतुमा बढी उदाशीपना महसुस शुन्छ भने नआत्तिनुहोस् यस्तो अनुभव गर्ने तपाई एक्लो हुनुुहुन्न । विशेषज्ञहरुका अनुसार शरद ऋतु शुरुभएदेखी समाप्तीसम्म नै मानिसमा एक प्रकारको उदाशीपना देखा पर्दछ । यो एकप्रकारको मौषमसँग सम्बन्धित मानसिक अवस्था भएको विज्ञहरु बताउँछन्
यो ऋतुमा क्रमशः दिन छोटा हुँदै जाने गर्दछन् । दक्षिणी गोलाद्र्ध भन्दा उत्तरी गोलाद्र्ध अर्थात पश्चिमी देशमा त यो अवस्था अझै धेरै र गहिरो प्रभाव पार्ने खालको हुने बीबीसीले लेखेको छ । लण्डनमा बस्ने २५ वर्षिय केल स्ट्रोड सीजनल अफेक्टिभ डिसअर्डर अर्थात एसएडीबाट पीडीत छन् । उनी भन्छन् –प्रत्येक वर्ष मलाई यो लाग्छ की यो मेरो अन्तिम जाडो महिना हो ।
एसएडी यस्तो रोग हो जस्मा मानिसहरु शरद ऋतु तथा जाडो मौषममा अति पीडीत हुने गर्दछन् । केल भन्टन् –जब दिन ढल्किदैं जान्छ जाडो बढ्दै जान्छ त्यसपछि मलाई उदाशीपनले घेर्दै जान्छ अनि लाग्छ शरीरमा अब दम बाँकी छैन् ।
ब्रिटेनको सरकारी स्वास्थ्य सेवा एनएचएसका अनुसार ब्रिटेनमा १५ जना व्यक्तिमा एक व्यक्ति यस रोगद्धारा पीडीत रहेका छन् । मानसिक स्वास्थ्यलाई लिएर काम गर्ने एक संस्था एनेक्सिटी यूकेका अनुसार यो रोग सम्बन्धी फोन सेप्टेम्बर महिनामा बढी आउने गर्दछन् ।