चुनौति थपिँदै नयाँ किटजन्य संक्रमण
नेपाल १० प्रकारका किटजन्य रोगको उच्च जोखिममा
केही वर्ष अघि सम्म नेपालमा लामखुट्टे बाट सर्ने रोगहरू मध्ये मलेरीया प्रमुख रोग मानिन्थ्यो ।
तर पछिल्ला वर्षहरूमा पुराना रोग भन्दा पनि नया रोगहरू चुनौती बन्दै गएका छन् । केही वर्ष देखी नेपालमै देखीदै आएको डेंगु देखी लिएर विश्व मानव जातीलाई नै त्रसित बनाइरहेको जिका सम्मको जोखीमबाट नेपाल टाढा छैन । पछिल्ला दुर्ई वर्ष देखी पहिचानमा आएको किटजन्य रोग स्क्रव टाइफस अर्को चुनौती बन्दै गएको छ ।
किटजन्य पुरानारोगहरू औलो, कालाजार, हात्तीपाईले, डेंगु ज्वरो, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगले निर्मूल नभइसकेको अवस्थामा नयाँ रोगहरू देखा पर्नु हाम्रो जस्तो विकासन्मुख देशकोलागि खानामा ढुंग पर्नु जस्दै हुदै गएको छ । दशक अघिसम्म नेपालमा लामखुट्टेबाट सर्ने मलेरिया प्रमुख रोग मध्येमा पथ्र्याे भने कालाज्वरो, जापानिज इन्सेफ्लाटिस, हात्तीपाईले आदि रोगले बर्षौसम्म प्रभाब परे । डेंगु, चिकनगुनिया, वेस्टनाइल भाइरस नेपालमा केही वर्ष देखा पर्दै आएको छन् ।
नेपाल नयाँ पुराना गरी झण्डै १० प्रकारका किटजन्य रोगबाट उच्च जोखिममा रहेको विज्ञहरू बताउछन् । कालाज्वर, जापानिज इन्सेÏलाइटिस, डेँगु, चिकनगुनिया, वेष्ट नाइल भाइरस, चाँदीपुरा भाइरस, हात्तीपाइले र स्क्रब टाइफस रोगबाट नेपाल जोखिममा रहेको उनिहरूको दावी छ । त्यस्तै विश्वलाइ आतंकित पारेको जिकाको पनि उच्च जोखीममा रहेको किटजन्य रोगको लामो अनुसन्धान गरेका चिकित्सक शेरबहादुर पुन बताउछन् ।
अन्तराष्ट्रिय यात्राको फलस्वरूप मानिसहरू सँगसँगै लामखुट्टे, भुसुना जस्ता किटको सहज आवागमनले गर्दा विश्वका अन्य देशमा देखिने नयाँ रोगहरू जस्तैं इबोला भाइरस, जीका भाइरसको जोखिम पनि बढ्ेको इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखामा लामो समय नेतृत्व गरेका पुर्व निर्देशक डा. बाबुराम मरासीनी बताउछन् ।
दुई वर्ष पहिले विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६ जना वालवालीकामा पहिलोपटक देखापरेको स्क्रब टाइफस भएको पुष्टी भएको थियो । ति मध्ये ४ जनाको मृत्यु भएको थियो (हेर्नुहोस्ः अबको चुनौती स्क्रब टाइफस) । सो रोग नेपालमा भएको प्रमाणित भएसँगै सोही वर्ष स्क्रव टाइफसबाट १६ जिल्लामा एक सय एक बिरामी परेका थिए । उक्त रोगको समयमै उपचार नहुँदा ८ बिरामीको मृत्यु भएको थियो । लगत्तै अर्को वष १६ जिल्लाबाट ४७ जिल्लामा फैलिएर आठ सय ३१ जना बिरामी परेका थिए भने १४ जना बिरामीको मृत्यु भएको महाशाखाको तथ्यांङक छ ।
सरकारी तथ्यांक अनुसार बढ्दो किटजन्य रोगको प्रकोपमा डेँगुको तथ्याङ्क पनि माथि उक्लदै छ । तथापी यसबाट मृत्यु हुनेको संख्या भने कम हुदै गएको छ । महाशाखले उपलब्ध गराएको तथ्यांक अनुसार ०७२/०७३ मा यसको संक्रमणबाट एक हजार पाँच सय विरामी भएका थिए । गत बर्ष मात्रै ३० जिल्लामा एक हजार पाँच सय १२ जनामा डेंगुको संक्रमण देखिएको थियो । जबकी आव २०७१/०७२ मा ३१ जिल्लामा जम्मा एक सय ३४ जनामा डेंगु पाइएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यो पछिल्लो चार वर्षकै उच्च हो । महाशाखाका निर्देशक डा. भिम आर्चाय नेपालमा समयमै कीटजन्य रोग नियन्त्रणका लागि योजनाबद्ध कार्यक्रम नल्याउने हो भने धेरै ठूलो समस्या निम्तने चेतावनी दिन्छन । उनका अनुसार नेपालमा एडिस नामक लामखुट्टेबाट डेँगु, चिकनगुनियाँ, चाँदीपुरा भाइरस, मलेरियाजस्ता डरलाग्दा रोगको खतरा छ ।
यस्तै भुसुनाको टोकाइबाट कालाजार र मुसा प्रजातीमा पाइने एक प्रजातीको किर्ना(त्रोम्बिक्युलिड माइट) को टोकाइबाट स्क्रब टाइफस र मुसा प्रजातीबाटै सर्ने प्लेगजस्ता रोगको खतरा रहेको छ । यी मध्ये कुनै एक रोगले महामारीको रुप लिए यसको नकारात्मक असर नेपालको अर्थतन्त्र, उद्योग, शिक्षा तथा पर्यटनमा पर्ने उनी बताउछन् ।
व्यापारिक केन्द्र उच्च जोखिममा
महाशाखाका अनुसार काठमाडौँ, पोखरा, चितवन, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगरजस्ता ठूला व्यापारिक केन्द्रमा बढ्दो जनसङ्ख्यासँगै कीटजन्य रोगको जोखिम पनि उच्च रहेको छ । समयमै यस्ता रोग नियन्त्रणका लागि सरकारले कार्यक्रम नल्याउने हो भने यी रोग महामारीको रुपमा जुनसुकै बेला फैलने खतरा छ । नेपालमा कीटजन्य रोगहरू बढ्नु र नयाँ नयाँ रोगको सम्भावना देखिनुको मुख्य कारण मानिसहरूको विश्वव्यापी आवागमन नै हो । साथै ती रोगहरू फैलाउने किटहरू (मुख्यतय लामखुट्टे, भुसुना) आदिको अन्तराष्ट्रिय स्तरमा र देशभित्रै पनि सहज प्रवेश र विस्तार मुख्य समस्याको रुपमा देखिएको निर्देशक डा. आचार्य बताउँछन् ।
कीटजन्य रोगको जीवाणुबाट संक्रमित लामखुट्टे र भुसुना आदि किट पाइने स्थानमा रहेका सबै व्यक्तिमा रोग संक्रमणको जोखिम रहन्छ । यसकारण जंगल र तिनको वरिपरी काम गर्ने व्यक्तिहरू, खेतमा काम गर्ने, बाहिर खुला क्षेत्रमा काम गर्ने व्यक्तिहरू बढी सजग रहनुपर्छ । साथै विदेशमा कीटजन्य रोगहरूको संक्रमण बढी हुने (विशेष गरेर अफ्रिकी मुलुक र भारतको विभिन्न क्षेत्र) स्थानहरूमा कामको सिलसिलामा यात्रा गर्ने व्यक्तिहरूमा पनि संक्रमण बढ्दो क्रममा देखिएको छ ।
रोगको नियन्त्रणको काम भइरहेको छः महाशाखा
नेपाल सरकारले कीटजन्य रोगको नियन्त्रणका लागि विभिन्न स्तरमा कार्य गरिरहेको महाशाखाका निर्देशक डा. आर्चाय बताउँछन् । ‘हामीले कीटजन्य रोगको जोखिम क्षेत्र र किटको प्रजाति पहिचानका लागि समय समयमा सर्वेक्षण गर्दै आएका छौ ।’ डा. आर्चायले भने ‘जोखिमको स्तर हेरी जोखिम न्यूनीकरणका लागि एवं ती रोगको रोकथाम, निदान तथा उपचारका लागि विभिन्न कार्यक्रम संचालन भईरहेका छन् ।’
सरकारले औलो र कालाजार न्यूनिकरणका लागि स्वास्थ्य संस्थाहरूमा निःशुल्क जाँच र उपचारको व्यवस्था गरेको उनले बताए । साथै औलो रोकथामका लागि जोखिमयुक्त क्षेत्रहरूमा निःशुल्क विषादियुक्त झुल वितरण तथा दुवै रोगको प्रभावित क्षेत्रमा विषादी छर्कने काम भइरहेको उनले जानकारी दिए । कीटजन्य रोग नियन्त्रणको लागि साधन श्रोत अभाव चुनौति बनेको डा. आर्चायले बताए ।
नेपाल सरकारले क्रमशः आÏनो लगानी बढाउंदै लागेको पनि प्राविधिक एवं आर्थिक रुपमा अझै पनि विदेशी दातृ निकायको सहयोगमा निर्भर रहनु परेको उनको भनाइ छ । नेपाल–भारतबीचको खुला सिमानाका कारणले पनि नेपालको एक्लो प्रयासले यी कीटजन्य रोगको रोकथाम र निवारण चुनौतिपूर्ण देखिन्छ ।