धेरै फ्याट खानाले झन् धेरै समय बाँच्न सकिने !



Download our app to get more features

अहिलेसम्म विभिन्न अध्ययनहरुले धेरै मात्रामा बोसोयुक्त खानेकुरा खानु स्वास्थ्यको लागि हानिकारक हुन्छ भनेर भन्दै आएको थियो । किनकी धेरै बोसोयुक्त खानेकुरा खानाले हामीलाई विभिन्न प्रकारका रोगहरु लाग्न सक्छ । यहाँ सम्मकी ज्यानै समेत जान सक्ने हुन्छ । तर, पछिल्लो अध्ययनका अनुसार यस तथ्यको ठिक उल्टो परिणाम देखाएको छ । हालै गरिएको एक अध्ययनमा कम बोसो भएको खाना खाने हो भने समय भन्दा पहिले नै मृत्यु हुन सक्ने बताएको छ । 

उक्त अध्ययनमा भनिएको छ, जो मानिस आफ्नो खानामा कम मात्रामा फ्याट समावेश गराउँछन् उनको आयू चीज, मक्खन, पनीर जस्ता राम्रो फ्याट भएको खानेहरुको भन्दा कम हुँदै जान्छ । यो अध्ययन भन्दा पहिले ‘नेशनल हेल्थ सर्भिस’ ले खानामा कम मात्रामा फ्याटको प्रयोग गर्न सल्लाह दि सकेको छ । NHS ले अत्यधिक मात्रामा बोसोयुक्त खाना खानाले हृदय रोग बढ्ने सम्भावना धेरै हुने भएकाले कम बोसोयुक्त खाना खान भनेको थियो ।

अध्ययनका अनुसार यो नतिजा आउनुको कारण, मानिसले आफ्नो खानामा फ्याटको मात्रा कम गरेपछि पाउरोटी, पास्ता, भात जस्ता खाने कुरामा केन्द्रित हुन्छन् । जसमा ं कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । यस्ता खाद्य पदार्थको लगातार सेवन गर्नाले मृत्यु हुने सम्भावना २८ प्रतिशत सम्म बढेर जान्छ । क्यानेडाका म्याकमास्टर यूनिभर्सिटीका प्रमुख महशीद दहघानका अनुसार, ‘फ्याटको सेवनमा कमी गर्नाले कार्बोहाइड्रेटको खपतमा वृद्धि हुन जान्छ र हाम्रो अध्ययनका अनुसार दक्षिण एशियाका देशहरुमा जो अत्यधिक मात्रामा फ्याट नभई कार्बोहाइड्रेटको उपभोग बढी गर्छन् उनको मृत्यु दर अधिक हुन्छ भन्ने प्रमाणित भएको छ । 

उक्त अध्ययनका लागि महाद्वीपको १८ देशको १ लाख ३५ हजार मानिसमाथि सर्वेक्षण गरिएको थियो । यो अध्ययन ‘ल्यासेन्ट’ पत्रिकामा प्रकाशित गरिएको छ । अध्ययनकर्ता  एन्ड्रियू मेन्टेका अनुसार, ‘डाइटमा फ्याट भन्दा ३५ प्रतिशत सम्म क्यालोरीलाई स्वीट स्पोट मान्न सकिन्छ । जबकी खानामा ६० प्रतिशत भन्दा बढी कार्बोहाइड्रेट खानेहरुको मृत्यु चाँडै हुने सम्भावना बढी हुन्छ । पुरुषहरुमा सैचुरेटेड फ्याट ३० ग्राम प्रतिदिन र महिलाहरुमा २० ग्राम प्रतिदिन लिन सक्ने सिमित मात्रा तय हुन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-01 17:38:02

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts